गोजमुमोलाई चुनौती दिन चाडैं एउटा राजनैतिक पार्टी गठन हुने संकेत

कालेबुंग/डी के वाइबा -दार्जीलिंग पहाडको चारवटा नगरपालीका चुनावमा गोर्खा जनमुक्ति मोर्चाले निर्विरोध बिजय हुने निश्चित भैसकेको छ | मोर्चाले नगरपालीका चुनावमा निर्विरोध आधिपात्य जमाउने तय भएकै समय दार्जीलिंग पहाडको राजनीतिमा नयाँ मोड आउने सम्भावना बढेको छ | दार्जीलिंग पहाडमा २१ वर्षको गोरामुमोको शासनलाई पतन गर्ने  गोजमुमोलाई चुनौती  दिन चाडैं एउटा राजनैतिक पार्टी गठन हुने संकेत पिपल्स फोरमका महा सचिव प्रवीन गुरुंगले दिएका छन् | तिनले आज यहाँको एउटा होटलमा आयोजित पत्रकार सम्मेलनमा आगमी दिसम्बर महिना भित्र नयाँ राजनैतिक पार्टी गठन गरेर घोषणा समेत गरिने संकेत दिए | अहिले दार्जीलिंग पहाडमा अराजक परिस्थिति सृजना भएको अनि मानिसहरुमा आतंकको वातावरण छाएको कारण मोर्चाको विकल्पमा एउटा राजनैतिक पार्टी तथा नेतृत्वको खाँचो रहेको पिपल्स फोरमका सचिव गुरुंगले बताए | हाल फोरमले यस कार्यलाई तिब्र रुपले अघि बढाईरहेको दाबी गर्दै चाडै राष्ट्रिय स्तरको पिपल्स फोरम समेत गठन गर्ने दाबी गरे | अहिले दार्जीलिंग पहाडमा गोजमुमोले मानिसहरुमा आतंकको माहोल सृजना गरेको आरोप लगाउँदै  जनतालाई भ्रममा पार्ने कार्यहरु समेत गरिरहेको आरोप लगाए | मोर्चा प्रमुख गुरुंगले पहिले दिएका बचनहरु कुनै पनि पुरा गर्न नसकेको दाबी गर्दै पहिले गोर्खाल्याण्ड नभएसम्म आन्दोलन गर्छु भनेर अहिले नगरपालिकाको चुनावमा अल्झेको पनि प्रविन गुरुंगले आरोप लगाए | हाल बिकासको मुद्दालाई प्रमुखता दिएर मोर्चाले आन्दोलन छोडी नगरपालीका चुनाव गरिरहेको आरोप लगाउदै यदि बिकास नै गर्न चाहान्छ भने पञ्चायत चुनाव र दागोपापको समेत चुनाव गर्नु आवशयक रहेको उनले बताए | मोर्चाले जनतालाई ढाट्को राजनीति गरिरहेको आरोप लगाउदै अब जनताको आकांक्षालाई पूर्ण गर्न योग्य नेतृत्व जन्माउने कार्य गरिरहेको पनि बताए | अब छुट्टै राज्य गोर्खाल्याण्ड गोजमुमोले ल्याउन नसक्ने दाबी गर्दै छुट्टै राज्य ल्याउन सक्ने योग्य नेतृत्व जन्माउने कार्यमा फोरम लागिपरेको पनि दाबी गरे | तिनले अहिले नै नयाँ पार्टी जन्माउने कुरोको सम्पूर्ण खुलासा नगरेपनि संकेत दिंदै  बिमल गुरुङ र मोर्चाले जनआकांक्षा पुरा गर्न नसक्ने ठानेर नै एउटा दह्रिलो राजनैतिक पार्टी जन्मिने कुरोको संकेत भने गरे | तिनले यी सबै कुराहरु दिसम्बर महिनामा खुलासा गरिने बताउँदै  हाल यस दिशामा सक्रिय रुपले कार्यहरु अघि बढाईरहेको बताए | तिनले नयाँ राजनैतिक पार्टी गठन हुने संकेत दियेतापनि यस पार्टीमा को को हुनेछन्  भन्ने कुरोको चाही खुलासा गर्न चाहेनन् |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.