जनतालाई भ्रममा पार्ने राजनीति गर्नु हुँदैन – शंकरहाङ सुब्बा

कालेबुङ १५ नोभेम्बर : डी के वाइबा
            अहिले दार्जीलिङमा चलिरेहेको छुट्टै राज्यको आन्दोलनले मानिसहरुमा ब्यापक भ्रम सृजना गरेको सिक्किम दार्जीलिङ एकिकरण मञ्चका सचिव शंकरहाङ सुब्बाले दाबी गरे। तिनले पत्रकारहरूसित कुराकानी गर्दे छुट्टै राज्यको मागलाई बिशेष गोर्खा जातिसित मात्र जिडेर हेर्ने गरेको कारण पनि यसरि भ्रम सृजना हुने गरेको पनि बताए। हामीले छुट्टै राज्य माग्नुको औचित्य के हो भन्दै जातिय चिनहारीको निम्ति हो कि राष्ट्रीय  सुराक्षाको निम्ति हो भनि पत्रकारहरुलाई नै उल्टो प्रश्न पनि तेर्साए। वास्तवमा दार्जीलिङका मानिसहरुले छुट्टै राज्यको मागको मुल कारण बंगालको दासत्वबाट छुट्टिनु रहेको दाबी गर्दै यसले गोर्खाहरुको जातिय सुरक्षा र राष्ट्रीय चिन्हारि बोक्छ भन्ने कुराहरु सबै भ्रम मात्र रहेको पनि दाबी गरे। यदि गोर्खाल्याण्ड राज्य नामकरण भएको राज्य गठन हुँदा गोर्खाहरुको राष्त्रीय सुरक्षा हुन्छ भने ८० प्रतिशत गोर्खाहरु भएको राज्य सिक्किममा समेत गोर्खाल्याण्ड राज्य गठन हुन सक्ने थियो भन्दै यी कुराहरु केवल मानिसहरुलाई भ्रम सृजना गर्ने मुद्दाहरु मात्र रहेको पनि तिनले दाबी गरे। दार्जीलिङ पहाडमा मुद्दाहरुको एकपछि अर्को थाक हुँदै गएको कारण पनि मानिससहरुमा ब्यापक अन्योलता सृजना भएको पनि तिनले जनाए। यहाँ सबैभन्दा मूख्य मुद्दा पहिले बंगालबाट छुट्टिनु रहेको बताउँदै यसैको निम्ति मानिसहरु लागीपर्नु पनि तिनले दाबी गरे। यो बिशेष जातिवादी नामकरण भएको कारण पनि लगातार बिरोधी दलहरुलाई अप्रत्यक्ष रुपले जन्माउँने कार्य भएको पनि सुब्बाले दाबी गरे। वास्तवमा गोर्खाल्याण्ड राज्य गठन हुँदैमा गोर्खाहरुको राष्ट्रीय सुरक्षा बोक्छ भन्ने कुरा नितान्त भुल रहेको बताउँदै सिक्किमे नेपालीहरुको राष्ट्रीय सुरक्षा भातरको संविधानको धारा ३७१ ले बोकेको पनि तिनले बताए। भारतको संविधानले सुरक्षा दिएको नेपालीहरुलाई गोर्खाल्याण्ड किन चाहिन्छ भन्दै यो राष्ट्रीय सुरक्षाको कुरा नरहेर वास्तमा बंगालको दासत्वबाट निक्लनु पर्ने मूल कुरा रहेको पनि बताए। हामी दिन प्रतिदिन संकिर्ण बिचारधारामा अल्झिरहेको कारण नै समस्याहरु दिनोदिन बडीरहेको पनि तिनले दाबी गर्दै गोर्खाल्याण्ड होइन तर छुट्टै राज्यको मुद्दा मुख्य रहेको पनि बताए। तिनले यसै सन्दर्भमा भागोप नामकरण माथी पनि टिप्पणी गर्दै कुनै पनि नामकरण गर्दा जातिवादीको संकिर्णताबाट माथि उठ्न आवश्यक रहेको जनाए। आज भागोप गठन हुँदा यसता जाति बिशेष नाम भएका अन्य दलहरुपनि अनेकौं गठन हुने दाबी गर्दै आमरा बंगाली जस्ता संगठनहरुको जन्म हुनुमा हाम्रै कमजोडीहरु रहेको पनि सुब्बाले बताए। यहाँ मूल कुरा छुट्टै राज्य रहेको अनि यस छुट्टै राज्यको कुरा बंगालबाट छुटिनु पर्ने उपाय रहेको बताउँदै पहिले बंगाबाट छुटिएर मात्र राज्यको नामकरण भने पछि गर्नु पर्ने पनि सुब्बाले बताए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.