अस्थायी निर्देशक डा० यु० के० सोम विरुद्ध मंग्पूमा व्यापक पोस्टरिंग

मंग्पू/ केशर मोक्तान : स्थानीय भूमिपुत्र निर्देशक डा० ज्ञानचन्द्र सुब्बाले सिन्कोना बगानमा तीन वर्षको निर्देशक पदभार सम्हाले पछि उनले ३१ अक्टोबर २०११ मा अवकाश ग्रहण गरे भने हिज १८ निबेम्बर देखि सिन्कोना बगान अस्थायी निर्देशकको पदमा मंग्पू कुइलेन कारखानाका कुइनोलोजिस्ट डा० यु० के० सोम नियुक्त भएको छ | कोलकाताबाट डा० सोमले फोन मार्फत सम्बाददातालाई बताए अनुसार उनी सिन्कोना बगान निर्देशक पदभार १ नोबेम्बर देखि नियुक्त भयेतापनि हिजदेखि उनले कोलकाता स्थित सिन्कोना कार्यलयमा आफ्नो निर्देशकको पदभार सम्हालेको जानकारी गराए | स्मरण रहोस डा० सोम सिन्कोनामा प्रथम चोटि १९८३ सालमा एसिस्टेन्ट कुइनोलोजिस्ट पदमा नियुक्त भएर आएका थिए भने उनी ९ दिसम्बर २०११ भारप्राप्त कुइनोलोजिस्ट बनी मंग्पू  कुइलेन कारखानामा कार्यरत थिए | अर्को तिर पुर्व निर्देशक डा० जी० सी० सुब्बाको कार्यकाल ३१ अक्टोबर २०११ सम्म मात्र रही आएको थियो भने उनले आफ्नो सरकारी कार्यबाट अवकाश ग्रहण गरेतापनि स्थानीय जनता अनि सिन्कोना श्रमिकहरुले डा० सुब्बाले सिन्कोना बगानमा थुप्रै बिकासमुलक कार्य गरेको कारण उनको कार्यकाल बढोत्तरी गरिदिने माग गर्दै सरकार समक्ष आह्वान समेत गरेका थिए जसको सरकार पक्षबाट कुनै चासो दिएन | यस विषयमा डा० सुब्बासित जान्न चाहदा उनले आफ्नो निर्देशक पदको कार्यकाल अवधि बढोत्तरी सम्बन्धमा सरकारी तौरमा कागज पत्र चलिरहेको बताए | उनको भनाइ अनुसार केही दिनको निम्ति सिन्कोना निर्देशकको पद सम्हाल्ने अस्थायी जिम्मेवारी मात्र डा० सोमलाई दिईएको बताए | बगान निर्देशकको कार्यभार सम्हाल्ने सन्दर्भमा जनतामा अन्योलता छाएपनि यस विषयलाई केन्द्र गरेर आज अस्थायी निर्देशकको पदमा नियुक्ति पाएका डा० सोमको विरुद्ध मंग्पूमा व्यापक पोस्टरिंग भएको छ | दा० त० दु०  पला०ले० यु० द्वारा गरिएको पोस्टरिंगमा १)बंगाल सरकारले यु० के० सोमलाई दिएको निर्देशकको अस्थायी पदभारलाई सम्पूर्ण सिन्कोनाबासी विरोध गर्दछ |
२)सम्पूर्ण सिन्कोना बगानको मजदूर कर्मचारी साथै बगानको हितको निम्ति हामीलाई स्थायी निर्देशक चाहिन्छ |
३) तनखा भोगी अधिकारी यु० के० सोम गो ब्याक भनि पोस्टरिंग गरिएको छ |
स्मरण रहोस २००८ साल भन्दा अघि पनि सिन्कोना बगानमा अस्थायी निर्देशक अतिरिक्त जिल्लापालको देखरेखमा हुँदा बगानको अवस्था धेरै नै बिग्रेर गएको थियो भने मोर्चाको ट्रेड युनियन दा० त० डु० पला० ले० यु० ले स्थायी निर्देशकको माग राज्य सरकार सम्म गरेपछि ३ सेप्टेम्बर २००८ मा भार प्राप्त निर्देशकको पदमा भूमिपुत्र डा० जी० सी० सुब्बा नियुक्त भएर आए पछि बगानमा धेरै सुधार आएको सबैलाई विधितै छ | यसैले अस्थियी पदमा आएका निर्देशकले के यी सबै कामहरुलाई निरन्तरता देला भन्ने सम्पूर्ण सिन्कोनाबासीको मनमा प्रश्न उठेको छ |यही बिषयलाई मध्य नजरमा सिन्कोना बगानमा स्थायी निर्देशकको माग गर्दै भोलि मंग्पूमा सिन्कोना बगान श्रमिक कर्मचारी ट्रेड युनियन अनि कर्मचारी संगठनको प्रतिनिधि  माझ एक जरुरी सभा हुने जानकारी मोर्चा मंग्पू  जोन सचिव रतन लामाले दिएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.