तराई डुवर्सको भु भाग जीटीएमा गाभिए पछि मात्र जीटीए र पञ्चायत चुनाव हुनेछ- बिमल गुरुङ

कालेबुङ १५ नोभेम्बर : डी के वाइबा-“ हामीले तराई डुवर्सको मौजाहरु जति दाबी गरेका छौं त्यो पहिले जीटीएमा गाभिनु पर्छ। अहिले हाईपावर कमिटिले काम गरिरहेको छ। तराई डुवर्सको भु भाग  जीटीएमा गाभिए पछि मात्र जीटीए र पञ्चायत चुनाव हुनेछ। अहिले हामीले नगरपालीका चुनाव मात्र गर्न अनुमति दिएका छौं। नगर पालीका चुनाव भयो भन्दैमा जीटीए र पञ्चायत चुनाव पनि भईहाल्छ भन्ने कुरा छैन । हामीले सरकारलाई स्पष्ट भनिदिएका छौं पहिले जीटीएमा तराई डुवर्सको मौजाहरु गाभिएको हुन पर्छ भनेर – उक्त कुरा गोजमुमो प्रमुख बिमल गुरुङले भनेका हुन्। तिनले आज बिशेष कुराकानी गर्दै अहिले नै पञ्चायत चुनाव र जीटीएको चुनाव नहुने स्पष्ट पारे। तिनले पहाडको सर्वाङ्गीन बिकाश गर्ने चाह राखेको बताउँदै नगरको बिकाशको निम्ति नै बिभिन्न वार्डहरुमा समिति समेत बनाइदिएको बताए। जीटीएमा भ्रष्टचारलाई कुनै पनि हालतमा प्रश्रय नदिने बताउँदै अब यहाँको समस्याहरु समाधान गर्न एउटा प्रतिनिधि टोलीले मुख्य मन्त्री ममता ब्यानर्जीलाई पनि चाँडै भेट गर्ने बताए। यसै क्रममा गुरुङले जीटीएको पूर्ण गठन पछि सबैको बिकाश गर्ने अनि मानिसहरुलाई जीटीएमा रोजगारको अवसरहरु पनि प्रदान गर्ने बताए। तिनले कालेबुङमा निर्माण हुन लागिरहेको मोटर स्ट्याण्ड अनि मल्टीकम्प्लेक्स जीटीएकै बिकाशको नमुना हुने पनि बताउँदै यसमा कतिपय भुल भ्रान्ति समेत सृजना भएको जनाए। बिशेष मल्टिकम्प्लेक्स निर्माणाको निम्ति चयन गरिएको स्थानमा ३७ परिवारहरुलाई हटाउँनु पर्ने जुन समस्या देखा परेको छ त्यो समस्या पनि समाधान हुने बताउँदै त्यस क्षेत्रका मानिसहरुको पहिले बैकल्पिक ब्यवस्था समेत गरिने स्पष्ट पारे । मानिसहरुलाई हटाउँनु गाह्रो कुरा रहेको बताउँदै पहिला ती परिवारहरुको सम्या समाधान गर्न प्रयासरत रहेको बताउँदै जता भावी जब्बर जस्ती नगरेर बिकल्प मिलाउवने पनि गुरूङले जनाए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.