बिकासको चाहना र योजनामा समस्याको थुप्रोले निम्ताउँदै छ ठूलो चुनौति

कालेबुंग/डी० के० वाइबा – कालेबुङको बिकाश गर्ने चाहना र योजना बनाएर पनि अहिले बिकाश कार्य गर्न गोजमुमोलाई ठूलो समस्या देखा परेको छ। मोर्चाले याहँको नोभेल्टी परिसरमा ठूलो मल्टिकम्प्लेक्स र ब्यवस्थित स्ट्याण्ड बनाउँने योजना बनाएको छ तर काम शुरु गर्न अगावै अनेकौं समस्याहरु देखा परेको छ। अक्त स्थानमा सबैभन्दा ठुलो समस्या त्यहाँ बसो बास गर्दै आएका ३७ परिवार भएको छ। मोर्चाले बिकाश कार्य गर्न जुन योजना बनाएको छ उक्त योजना कार्यन्वय हुनु ती परिवारहरुलाई हटाउँनु जरुरी रहेको छ । ती परिवारहरू अबैद्य रुपले बसेको भन्दै कतिपय परिवारहरुलाई घर खाली गर्न प्रशासनिक अधिकारीले नोटिस समेत दिएको छ । तर मानिसहरु आफ्ना पुर्खौली जमीन छोड्न चाहदैनन्। यस्तो परिस्थितिमा मोर्चाले राजनैतिक हल निकाल्ने प्रयास गरिरहेको छ। मोर्चाले राजनैतिक निकास खोज्दै ति परिवारहरुलाई घर छोड्ने वा नछोड्ने बिषयमा कुराकानी गर्दै यस अघि क्षेत्रबासी संग कुराकानी समेत गरेको थियो। समस्याको समाधान गर्न क्षेत्रबासी संग कुराकानी गर्न मोर्चा प्रमुख बिमल गुरुङ समेत यस अघि पुगेका थिए , तर कुनै समाधान निस्कन सकेको थिएन। यस्तो परिस्थितिमा आज उक्त क्षेत्रका बासिन्दाहरुले समाजको सभा बसेर निकालेको निर्णय गोजमुमोलाई सुम्पेको छ।उनीहरुले शहरको बिकाशको निम्ति आफनो घर छोड्न तयार रहेको तर घर छोडेपछि उचित छतिपुर्ती पाउनु पर्ने माग गरेको छ। उनीहरुले घर छोड्न अघि उच्च पदस्थ अधिकारी गिल्ला शासकबाट छतिपुर्ती दिने लिखित बचन दिनुपर्ने माग गरेको छ। जबसम्म लिखित बचन दिंदैन तबसम्म आफ्नो घर नछोड्ने पनि निर्णय लिखित रुपमा पार्टीलाई सुम्पेको छ। यस्तो परिस्थितिमा मोर्चाको बिकाश योजना कति सार्थक होला भन्ने रहस्यमय प्रश्न हल्झेको छ।
स्मरण रहोस कालेबुंग शहरको बिकास र सुन्दरीकरणको निम्ति गोजमुमो पार्टीले अगावै दिल्लीबाट  आर्किटेक ल्याएर घुमाइसकेको छ | यता नगर प्रशासन एवम महकुमा अधिकारीले पनि कालेबुंग शहरको विकास र सुन्दरीकरणको निम्ति पहल गरिसकेको छ | यतिमात्र होइन शहरको बिकास कसरी र कहाँ कहाँ के निर्माण गरेर गर्नु पर्ने भन्ने बिषयमा  खाका ( ब्लु प्रिन्ट ) समेत तयार भइसकेको छ | दार्जीलिंग पहाडमा जीटीए वा जी एण्ड एटीए लागु भएपछि पहाडको सर्वांगीण बिकास हुनपर्छ भनेर मोर्चा नेतृत्ववर्ग लागी परेको छ | तर शहरको बिकास साथै सुन्दरीकरण गर्नको निम्ति नगर प्रशासन लगायत शक्तिशाली राजनैतिक पार्टी समेतलाई गतिलो चुनौतीहरु देखा परेको छ | यता छोयो यतै ह्वांग र उता छोयो उतै भ्वांग भएर समस्याहरु बग्रेल्ती निस्केपछि अहिले बिकास कार्यको निम्ति पाइला अघि सार्न पहिले फुकेर टेक्न पर्ने स्थितिहरू  सृजना भएको छ | मोर्चा र नगर प्रशासन मिलेर कालेबुंग शहरको बिकास एवम सुन्दरीकरणको निम्ति एउटा मल्टिकम्प्लेक्स अनि व्यवस्थित मोटर स्ट्याण्ड बनाउने योजना तयार पारेको छ | तर उक्त योजना कार्यन्वय हुनु एउटा गतिलो चुनौती अघि देखा परेको छ | यहाँको नोवेलटी परिसरमा मल्टिकम्प्लेक्स र व्यवस्थित स्ट्याण्ड निर्माण गर्न ब्लु प्रिन्ट समेत तयार पारिएको छ | चुनौती सबैभन्दा ठुलो क छ भने जुन स्थानमा कम्प्लेक्स बनाइने योजना छ त्यहाँ हाल ३७ परिवारहरुलाई पहिले हटाउन पर्ने भएको छ विभागले ती परिवारहरुलाई अवैधरुपले बसेका हुन्  भन्ने तर्क राखेर हट्ने नोटिस समेत कतिपय परिवारहरुलाई दिसकेको छ | तर उक्त परिवारहरुको तर्क भने पुर्खेली जमीन रहेको कारण हट्दैनौ भन्ने रहेको छ | यतिमात्र होइन उक्त उक्त जमीनबारे अगावै आफुहरुले मुद्दा समेत जितेको दस्तावेज रहेको ठोकुवा गर्दै हट्ने पक्षमा छैनन् | यता गोजमुमो पार्टी भने यसलाई राजनैतिक समाधान गर्ने दिशामा प्रयाशरत छन् | मोर्चाले ती परिवारहरुलाई मोटर स्ट्यान्डमा निर्माण हुने बहुतले भवनको स्टलहरुमा उनीहरुलाई सारेर मालीकानाको अधिकार समेत दिएर राजनैतिक समाधान गर्ने प्रयाश गरिरहेको छ | यस्तो परिस्थितिमा बिकास र उच्छेदको समस्या खुबै चुनौतीपूर्ण बन्न गएको छ ।|
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.