साई कोलकतालाई २ गोल गरेर टाटा फुटबल एकाडमी जमसेदपुर विजयी

कालेबुङ ६ नोभेम्बर : डी के वाइबा- अल ईण्डिया ब्रिगेड अफ गोर्खाजको आयोजनमा सम्पन्न भएको १३ औं अल ईण्डिया ब्रिगेड गोल्डकप फुटबल खेलको तेस्रो खेल आज यहाँको मेला ग्राउण्डमा सम्पन्न भयो। कालेबुङको मेला ग्राउणडमा समपन्न भएको खेलमा आज टाटा फुटबल एकाडमीको भिडन्त साई कोलकता माझ भएको थियो। पहाडको ऐतिहासिक उक्त फुटबल खेल हेर्न मानिसहरुको पनि ब्यापक भीड जमेको थियो। दुवै दलको खेलाडीहरुले उच्च खेलको प्रदर्शनी गर्दै मानिसहरुलाई मैदान बाहिर बुरुक बुरुक उफारे। खेल शुरु भएको समय देखि नै दुवै दलका खेलाडीहरुले आक्रमक रणनीति अप्नाएको थियो। दुवै दलका खेलाडीहरुले प्रथमआर्द्धमा आक्रमक खेल खेलेर गोल गर्ने प्रयास गरेता पनि गोल गर्ने मौकाहरु भने थुप्रै पल्ट चुकाए। फलस्वरुप पहिलो हाफमा दुवै दल शुन्यमा नै रह्यो। पहिलो हाफमा कुनै गोल गर्न नसके पछि दोस्रो हाफमा अझ आक्रमक रणनीति बनाएर दुवै दलका खेलाडीहरु मैदानमा और्लीएका थिए। दोस्रो हाफमा खेलाडीहरू मैदानमा और्लिन साथ कालेबुङको मौसम अत्याधिक चिसो बनेको थियो। उक्त चिसो मौसममा पनि दर्शकहरुलाई भने खेलाडीहरुले खेलको भरपुर मनोरञ्जन दिए आफ्ना उत्कृष्ट खेल प्रदर्शन गरेर। दुवै दल आक्रमक खेल खेलेता पनि दुवै दलले यसपल्ट पनि शुरुमा नै गोल गर्ने मौका चुकाएर समर्थकहरुलाई एकाधिक खल्लो बनायो। तर दोस्रो हाफमा भने टाटा फुटबल एकाडमीका खेलाडी जर्सी नम्बर ०९ ले आफ्ना समर्थकहरुलाई निराश पारेनन्। तिनले दोस्रो हाफको खेल शुरु भएको १५औं मिनटमा पाएको सुन्दर मौकालाई सोझै गोलपोष्टमा छिराएर टोलीलाई १-०को बडत दिलाए। एक गोल खाए पछि घाइते बाघ झै बनेका साईका खेलाडीहरुले पनि  गोल गर्न आक्रमक खेल खेले। तर यता टाटा एकाडमीका खेलाडीहरु पनि साईको प्रत्येक रणनीति बिफल पार्न कुनै कसरत छोडेनन्। दोस्रो हाफको ३०औं मिनटमा साईले फ्रि किक पाए पछि सुन्दर सट गरेको थियो तर टाटाका गोल किप्परले खुबै चतुराई पुर्वक बचाए। यसको लगत्तै पछि टाटाका २५ नम्बर जर्सीधारी खेलाडीले सुनदर सट साईको गोल पोष्मा गरेको थियो तर यसलाई पनि साईका गोलकिप्परले गोल हुनबाट रोके। यस पछि दुवै दलका खेलाडीहरुले बिपक्षी दलमाथि गोल गर्ने प्रयास गरि रहेको समयमा खेलको ३५औं मिनटमा पाएको सुन्दर मौकालाई पुन: टाटाका जर्सी नम्बर ९ पंकजले गोल गरेर टोलीको जित निश्चित गरे। यद्यपि साईका खेलाडीहरुले गोल गर्ने प्रयास गरे पनि कुनै गोल गर्न सकेनन् । फलस्वरूप टाटा फुटबल एकाडमी जमसेदपुरले कोलकता साईलाई शुन्यको बिरुद्ध २ गोल गरेर बिजय हासिल गर्न सफल भयो।
Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.