
कालेबुङ ११ नोभेम्बर : डी के वाइबा।
“हामीले ४४ महिनाको आन्दोलन नगरपालीका चुनाव लड्नुलाई गरेको होइन। आज नगरपालीका चुनावमा धेर खुशियाली मनाउँनु पर्ने कुनै कारण छैन। यो ६ महिना पनि नचल्नु सक्छ वा धेर भन्दा धेर वर्षदिन मात्र चल्न सक्छ । नगरपालीका चुनाव चौकिदार मात्र हो। गोर्खाल्याण्डको आन्दोलन सकेको छैन अझै बाँकि नै छ। कुनै पनि समय गोर्खाल्याणडको आन्दोलन म शुरु गर्न सक्छु। मैले जीटीएमा बंगाल सरकारलाई हात काटेको छुइन । त्यसैले जनता नगरपालीका चुनावमा भन्दा गोर्खाल्याण्ड बारेमा धेर सचेत भएर बस्नु पर्छ”- उक्त कुरा गोजमुमो अध्यक्ष बिमल गुरुङले यहाँको रामकृष्ण रंगमञ्चमा नगरपालीका चुनावको टिकट बितरण गर्दै भनेका हुन्। तिनले वार्डहरुमा एकाधिक उम्मेद्वारहरु उठेको कारण मोर्चा नेतृत्व बर्गलाई टिकट दिनु समस्या भएको बताउँदै एकार्कमा मेल मिलाप नितान्त आवश्यक रहेको जनाए। तिनले मोर्चा भित्र नै नगरपालीका चुनावको निम्ति टिकट पाउँन होडबाजी भएको कारण निकै ठुलो सम्यास्या सृजना भएको बताउँदै आफूले कसैलाई काखी च्याप्ने कार्य नगरेको पनि बताए। जनताकै हितमा पार्टीले टिकट पनि जनताले चुनेकै प्रतिनीधिलाई दिएको पनि जनाए। बिगतका दिनहरुमा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा (गोरामुमो)ले सीके प्रधान र छत्रै सुब्बालाई एकार्क माझमानै झगडा गराएर हिंसा फैलाउने कार्य गरेको बताउँदै गोजमुमोले कहिले पनि आफ्नो मान्छेहरुलाई एकार्कमाझ झगडा गराउँने कार्य नगरेको पनि गुरुङले बताए। तिनले अब नगरपालीकामा मनमानी हुन नदिने पनि बताउँदै प्रत्येक वार्डहरुमा शाखा प्रशाखको मानिसहरु चुनेर एउटा समिति पनि बनाईदिने पनि बताए। अब चुनिने वार्ड पार्षदहरुले कुनै पनि कार्य आफुखुशी गर्न नपाउँने बाताउँदै पहिला समितिको सहमति लिएर मात्र काम गर्नु पर्ने पनि गुरुङले बताए। यदि कसैले आफुखुशी कार्य गरे तत्काल पार्षदबाट खारेज गरिने पनि स्पष्ट बताए। तिनले दार्जीलिङमा पानीको राजनीति हुने बाताउँदै पानीको राजनीति होइन ड्रग्स खोरहरुलाई कसरी समापन गरेर राम्रो समाज निर्माण गर्न सकिनेछ भनेर सोच्नु पर्ने पनि तिनले जनाए। जनमुक्ति मोर्चा जनतालई मुक्ति दिन आएको बताउँदै नगर पार्षद आफ्नो बिल्डिङ र आफन्तहरुलाई कामदिनु मात्र बनाएको होइन भन्ने कुरा पनि गुरुङले स्पष्ट पारे। गुरुङले अहिले नगरपालीकाको चुनाव भए पनि जीटीएको चुनाव भने पहिला क्षेत्रको डिमार्केसन भएपछि मात्र हुने पनि तिनले जनाए। तिनले नगरपालीका चुनावमा उठ्ने पार्थीहरुले यदि कुनै पनि शाखा प्रशाखाको ओहदामा छ भने राजिनामा समेत दिएर साधारण सदस्यको रुपमा मात्र बस्नु पर्ने पनि स्पष्ट पारे।
Post a Comment