कालेबुंग/डी के वाइबा -दार्जीलिंग खर्सांग अनि मिरिक नगरपालीको निम्ति गोजमुमोले प्रार्थीहरुको नामहरु घोषणा गरिसकेपछि आज कालेबुंग नगरपालिकाको निम्ति पनि उम्मेदवारहरुको नामावली सार्वजानिक गर्यो | कालेबुंग नगरपालीकाको मोठ २३ वटा वार्डहरुमा नै मोर्चाले चुनाव लड्ने भएको छ | आज यहाँको राम कृष्ण रंग मन्चबाट मोर्चाले २३ जना प्रार्थीहरुको नामवली घोषणा गर्नुको साथै मोर्चा प्रमुख बिमल गुरुङको बाहुलीबाट प्रार्थीहरुलाई पार्टीको टिकट थमाइयो | २३ वटा वार्डहरुमा मोर्चाले प्रार्थीहरु खडा गर्नको निम्ति नगरपालीका चुनाव अघि नै चुनाव समेत गर्नु परयो | कालेबुंग नगरपालीकाको २३ वटै वार्डहरुमा प्रार्थीहरु चयन गर्नुको निम्ति मोर्चाले उम्मेदवार चयन समिति बनाएको थियो | उम्मेदवार चयन समितिले विभिन्न वार्डहरु उम्मेदवार चयनको निम्ति सार्वजानिक सभाहरु समेत डाकेको थियो | चयन समितिले उम्मेदवार चयनको निम्ति थुप्रै कसरतहरु गर्नु परेको थियो | यसका साथै केवल १० वटा वार्डहरुबाट मात्र निर्विरोध उम्मेदवार छान्न सकेको थियो | अन्य रहल १३ वटा वार्डहरुमा भने चुनाव प्रार्थिको रुपमा एकाधिक नामहरुको प्रस्ताव आएपछि अन्तमा मोर्चा नेतृत्ववर्गले प्रार्थिको रुपमा टिकट दिन अघि स्वम प्रार्थीहरु बीच चुनाव गराउनु परयो | मोर्चा प्रमुख बिमल गुरुङले समस्याको सुत्र निकाल्दै एकाधिक नामहरु प्रार्थिको रुपमा आउनेहरु बीच नै बात गरेर कसैले उम्मेदारिताको प्रस्ताव फिर्ता लिने आग्रह गरे | मोर्चा प्रमुखको आग्रह पछि उम्मेदवारको रुपमा आएका मानिसहरु एकार्कामा बात गरेपनि कसैले पनि प्रस्ताव फिर्ता नलिने घोषणा गरे | यस्तो समस्या वार्ड नम्बर १९, २१, २३,१३,१४,२,७,८,४, १०, ११, १ अनि ५ मा भएको थियो | मोर्चा प्रमुख बिमल गुरुङले समस्याको समाधान निकाल्दै वार्डबासीहरुको बहुमत हेर्दै जनताको भाग्य भने चिठा मार्फत उठाएर प्रार्थिको रुपमा चयन गरे | तिनले यस्तो प्रक्रिया प्राय जसो मतेक्य हुन नसकेको वार्डहरुका प्रार्थीहरुको निम्ति अपनाए | गुरुङले प्रार्थीहरुको नाम चिठा मार्फत घोषणा गर्न अघि चिठा स- साना नानीहरुलाई टिप्न लगाएर एकार्काको विरोधाभास समाप्त गरे | तिनले यस्तो प्रक्रिया अपनाए पनि अन्तमा वार्ड नम्बर ५ को समस्या भने यस प्रक्रियाले पनि समाधान हुन सकेन | समाधान नभएपछि अन्तमा उम्मेदवारहरुको पक्षमा लिखित मत खसाले पछि मात्र उम्मेदवार चयन गर्न सक्षम भएको थियो |
कालेबुंग नगरपालीका चुनावको निम्ति गोजमुमो प्रार्थीहरुको नामवली यस प्रकार रहेको छ -
वार्ड नम्बर -उम्मेदवारको नाम
१) दावा डोमा लामा
२)शान्ति लामा
३) आनन्द गार्ग
४)तारा लोहार लेप्चा
५)देविका मोक्तान
६)कुन्दन बानिया
७)बुद्ध लामा
८) रिन्जी भोटिया
९) सोमा सुब्बा
१०)रबी प्रधान
११)प्रदीप प्रसाद
१२)निलिमा तिरुवा
१३) ज्यान्ग्बो शेर्पा
१४)मृदुला सुब्बा
१५)गंगा गुरुङ
१६)बरुण खवास
१७)इन्द्र गजमेर
१८)मुन्ना लामा
१९)मुन्ना तामांग
२०)ज्योति राई
२१) प्रशान्ति सिंह
२२)एल बी परियार
२३)सुमन थापा
कालेबुंगबाट नगरपालीको निम्ति गोजमुमो प्रार्थीहरुको नाम घोषणा अनि नामावली
11Nov2011
Post a Comment