कालेबुङ १६ नोभेम्बर : डी के वाइबा-पहाडको तीनवटा नगरपालीकामा गोजमुमोले निर्बिरोध बिजय हुने मौका पाए पनि आज नामङकन पत्र जाँचको पहिलो दिन यहाँको ४ नम्बर वार्डको मोर्चा प्रार्थीको नामङ्कन पत्र रद्द भयो। उक्त वार्डबाट तारा लोहार लेप्चाले नामङ्कन पत्र भरेका थिए। तिनको नामङ्कन पत्र रद्द भए पनि मोर्चालाई कुनै खति भने भएन। तारा लेप्चा लोहारको कतिपय आवश्यक कागज पत्र समयमा जमा हुन नसक्दा नाम,कन पत्र रद्द भएको मोर्चाको स्टडी फोरमका सदस्य डा आर बी भुजेलले जानकारी दिए। तिनको नामङकन पत्र रद्द भएपछि तिनका डोमीका रुपमा नामङकन पत्र भरेका जायन लेप्चाको नामङ्कन पत्र स्वीकार भएको पनि भुजेले जानकारी दिए। गोजमुमोले ४ नम्बर वार्डको निम्ति लेप्चा समुदायको निम्ति सिट आरक्षण गरिदिएको थियो अनि उक्त सिटबाट तारा लोहार लेप्चालाई मोर्चा प्रमुख बिमल गुरुङले टिकट थमाएका थिए। आज तिनको नामङकन रद्द भए पछि तिनकै पति जायन लेप्चाको नामङकन पत्र स्वीकार भएको पनि भुजेलले थप जानकारी दिए।
Post a Comment
We love to hear from you! What's on your mind?