कुमानीको जनसभामा उठेन गोर्खाल्याण्डको कुरा

डी के वाइबा: कुमानी 4 दिसम्बर :

एकातिर युवा मोर्चा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बडाउँने ताकमा लगिपरेको छ भने अर्कोतिर मोर्चा र आबिपको मिलन रोचक बनेको छ। यस्तो अववस्थामा पहाडको राजनैतिक हावा कता बग्ने हुन भन्ने कुरामा मानिसहरु आ आफ्नै अडकलबाजी लगाई रहेका छन। युवा मोर्चाको आन्दोलनलाई मोर्चा प्रमुख बिमल गुरुंगले के भन्ने हुन भन्ने चासो बडीरहेको समयमा आज कुमानीमा केहि खुलासा हुने सम्भावना रहेको थियो तर कुनै सुईँको समेत मानिसहरुले पाएनन। गुरुंग़ले कुमानीबाट युवामोर्चाको आन्दोलनबारे केहि बोल्न सक्ने सम्भावना रहे पनि तिनले यसबारेमा कुनै कुरा बोलेनन। सबैको ध्यान यसै बिषयमा अडेको भए पनि जन सभामा भने गोर्खाल्याण्डबारे कुनै कुरा नै उठेन। जनसभामा जीटीए र जीएटीए बारे त तिनले बोल्छनै तर युवा मोर्चाको आन्दोलनबारे पनि बोल्ने कुरा मानिसहरुले आशा राखेका तिए तर यसबारे तिनी मौन बसेर एउटा अर्को रह्स्य बनाईदिएको छ। प्रत्येक जनसभामा गोर्खाल्याण्डको राग अलाप्ने मोर्चा प्रमुख यस्पल्ट किन मौन बसे कसैलाई पनि थाह हुन सकेको छैन। कतै गोर्खाल्याण्डबारे बोल्दा केहिदिन अघि मात्र मोर्चा संग हात मिलाउँन आईपुगेका आबिप नेताहरु बाटो बिराएर अर्को बाटो लाग्ने डर भएकै कारण मौन बसेका हुन कि भन्ने प्रश्न अहिले गम्भिर बनेर बसेको छ। गुरुंगले प्रत्येक जनसभाहरुबाट कुनै पनि समय गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने संकेत दिदै आएको भएपनि यसपल्टको जनसभामा भने यसबारे नबोल्नु कुन अदृष्य शक्तिले रोकेको छ भन्ने कुरा निकै चासोको बिषय बन्न पुगेको छ। तिनले आजको जनसभामा केवल तराई र डुवर्सका आदिवासीहरुको बिकास होस भन्ने कुरामा मोर्चाले ध्यान दिएकै कारण जीएटीएको कुरामा आन्दोलन गरिने बताए। आफुले चाहे गोर्खाहरुलाई जंगल फाडेर पनि राख्न सक्ने बताउँदै तर गोर्खाहरु संगै आदिबासीहरुको पनि समान बिकासमा मोर्चाले चाह राखेको पनि बताए। य्सैको निम्ति अब मोर्चा आबिप मिलेर आन्दोलन गर्नेकुरा पनि तिनले सार्बजनिक गरे पनि छुट्टै राज्यको प्रसंगमा भने कुनै कुरानै बोलेनन। यता मोर्चाकै भातृ संगठन युवा मोर्चा भने छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई तिब्रता दिन संगठन बलियो बनाउँने तर्खरमा लागेको छ। मोर्चाले गोर्खाल्याण्डको मुद्द ड्रप गरेको छैन अनि यहीँनै गठन गर्न गोजमुमो पार्टीको उदय भएको कुरालाई अघि लगाएर अहिले युवा मोर्चा आन्दोलनलाई अघि बडान लागेको छ भने मोर्चा प्रमुख भने अहिले सम्म यस कुरामा मौन बसेको छ। उता आबिपका नेताहरुले भने मोर्चासित हात मिलाएकै दिन गोर्खाल्याण्डको कुरा उठे सम्झौता तोडिदिने स्पष्ट घोषणा गरेको छ। कतै आबिपको सोहि कुरालाई ध्यानमा राखेर आबिपका नेताहरुको उपस्तिथि रहेको मंचबाट गुरुंगले गोर्खाल्य़ण्डको कुरा नगेरेका हुन कि भन्ने प्रश्न खुबै चासोको बिषय बनेको छ।

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.