पहाडमा जीटीए तराई डुवर्समा जीएटीए हुनेछ – बिमल गुरुंग

डी के वाइबा: कुमानी 4 दिसम्बर
जीटीए र जीएटीएको खिँचातानीमा गोर्खाल्याण्डको आन्दोलन के हुने हो भन्ने बिषयमा मानिसहरुको ध्यान केन्द्रित बनेको बेला मोटामोटी अब सबै अड्कल्बाजीहरु समाप्त भएको छ। गोजमोमो अनि आबिपका नेताहरुको उपस्थितिमा आज कुमानीमा भएको जनसभाले सबै अडकल बाजीहरुलाई समाप्त पार्दै पहाडको निम्ति जीटीए अनि तराई डुवर्सको निम्ति जीएटीए हुनपर्ने बिषयमा अबको आन्दोलन अघि बड्ने भएको छ। गोजमुमो प्रमुख बिमल गुरुंगले जनसभालाई सम्बोधन गर्दै पहाडलाई जीटीए ठिकै रहेको अनि तराई डुवर्सको निम्ति जीएटीए बनिनुपर्ने कुरा गर्दै यसैको निम्ति अबको आन्दोलन डुवर्समा हुने घोषणा गरे। तिनले बिगतमा आदिवासी र गोर्खाहरु नमिलेको भए पनि अहिले आएर जीएटीएको निम्ति सहमत बनेको अनि सरकारले पनि यसैलाई महत्व दिएर गोर्खा आदिबासीवर्गको हितलाई ध्यान राख्दै चाडो गठन गर्नुपर्ने माग गरे। अबको तराई डुवर्समा हुने आन्दोलनमा गोर्खा आदिबासीको एकता र जीएटीएको निम्ति जनाधार देखाई दिने घोषणा गर्दै नगर्कटा, बिरपाडा अनि जय गाउँमा बिराट जनसभा गर्ने पनि घोषणा गरे। यसको निम्ति आगामी दिनमा मोर्चा र आबिप बैठक गरेर मिति तय गर्ने पनि बताए। तराई डुवर्समा जीएटीएको जनाधार सरकारलाई देखाउँन आगमी 10 दिसम्बरको दिन मोर्चाको भातृ संगठन मजदुर युनियनले बिराट –याली निकाल्ने पनि घोषणा गरे। उक्त –यालीमा जीएटीएको सम्रर्थनमा आबिप र गोर्खाहरुको ब्यापक उपस्थिति देखाएर सरकारलाई चुचुनौति दिने पनि घोषणा बिमल गुरुंग़ले गरे। तिनले गोर्खा आदिबासीहरु नंग र मासु रहेको बताउँदै टिस्टा र रंगीत जस्तै मिलेर अघि बड्ने पनि बताए। पहाडको निम्ति जीटीए प्राप्त भईसकेको बताउँदै यसमा तराई र डुवर्सका मानिसहरु नछोडियोस भन्ने चाहना लिएरनै आफुले कार्य गरेको पनि बताए। तराई डुवर्समा आदिबासीहरु बेघर रहेको अनि आजसम्म सरकारले यसको निम्ति कुनै कार्य नगरेको आरोप लगाउँदै गणतंत्रमा आफ्नै देशका जनताहरु भोकै र बेघर हुँदा पनि सर्कार मौन बस्नु दुखदायी कुरा रहेको छ। यसको निम्ति सक्छौ भने सरकारले कार्य गरेर देखाउ भन्दै गुरुंगले चुनौति पनि दिए। यस्तो कार्य मोर्चाले गरेको छैन तर सरकारले नै गरेको अनि सोहिकुरालाई ध्यान दिएर आदिबासी मानिसहरुको हितमा पनि कार्य गर्न आफु मैदानमा आएको पनि गुरुंगले किटान गरे। तिनले युवाहरुलाई जीएलपीमा भर्ना गरेर रोजगार दिएको बताउँदै कसैको पनि अन्याय सहन नगरिने पनि बताए। आफु कुमानीमा गरे। ब्यानर्जीलाई गाली गर्न नाअएको बताउँदै तराई र डुवर्सको शाषण प्रणाली अब गोर्खा आदिबासीको हातमा हुनपर्ने पनि माग गरे। गोर्खाहरुले जीटीएमा आफ्नो क्षेत्र पाईसकेको तर आफ्नो स्वार्था मात्र नहेरेर आदिबासीहरुको पनि समान बिकाश हुनपरछ भन्ने कुरामा मोर्चाले जोड दिएको अनि यसमा सबैले साथ दिनुपर्ने पनि आह्वान गरे। आफुहरु खोल्सा खोल्सा मिलाएर नदी बनाउँने कर्यमा लागिपरेको बताउँदै अघिका कतिपय नेताहरु पैसाको पछि कुदेको पनि आरोप लगाए। यस्ता पैसाको पछि कुद्नेहरुलाई लाखेस भन्दै पैसाको पछि कुद्नेहरुले कहिले पनि जनताको हितमा कार्य नग्रेको बताए। आब तराई डुवर्सको निम्ति जीएटीए हुने बताउँदै पहाडको निम्ति जीटीए नै हुने पनि गुरुंगले घोषणा गरे। जोन बारलालाई आबिपका नेताहरुले संगठन बिरोधी कार्य गरेको आरोप लगाउँनेहरुले कहिले पनि आदिबासीको हितमा कार्य नगरेको पनि तिनले आरोप लगाए। मोर्चा आबिपको सम्झौता हुन अघिनै पहिला दिल्लीमा बैठक भएको बताउँदै दिल्लीमा नै छल फल गरेर डुवर्समा आएर सम्झौता गरेको बिमल गुरुंगले खुलासा पनि गरे। यसमा कतिपय आबिपका नेताहरुले जोन बारलालाई दोष देखाएर राजनैतिक करियर बनाउँन खोजेको बताउँदै यो ठिक कार्य नभएको अनि अब जीएटीएको समर्थनमा डुवर्समा लाखौ जनता सडका निकालेर देखाईदिने पनि तिनले घोषणा गरे। जनसभालाई सम्बोधन गर्दै तिनले जोन बार्लालाई गोर्खा आदिबासीको नेता रहेको बताउँदै पहाडमा जसरी आफुलाई साथ दिन गोर्खाहरु अगि आए त्यसरीनै तराई डुवर्समा गोर्खा आबिप सबै अघि आउँनु पर्ने आह्वन गरे। तराई डुवर्सको निम्ति आबिप र मोर्चा सम्झौता हुने कुरा आबिप नेता बिर्सा तिर्कीलाई सबै थाह रहेको कुरा रहेको अनि दिल्लीमा मोर्चा आबिप बैठक हुँदा बिर्सा तिर्की पनि रहेको खुलासा पनि गुरुंगले गरे। तर अहिले आएर मोर्चा आबिपको सम्झौताबारेमा झुटो टिप्पणी गर्नु सहि नरहेको बताए। बिर्साको तिर्कीको नाम नलिईकन गुरुंगले आफ्नो पोलिटिकल करियर बनाउँने कार्यले जनताको भलाई नहुने पनि जनाए। अब डुवर्सको नगरकटा, बिरपाडा अनि जयगाउँमा हुने जीएटीएको जनसभाहरुमा अडाईलाख जनता थुपार्ने पनि किटान गरे। बिगत दिनमा सिब्सुमा शहिद भएको स्थानमा आगमी 8 फरवरीको दिन बिराट कार्यक्रम गर्ने घोषणा गर्दै 13 फरवरीको दिन पुराण पनि आयोजना गर्ने तिनले घोषणा गरे। तराई डुवर्सको निम्ति जोन बार्ला एण्ड कम्पनीलाई जिम्मेवारी दिएको बताउँदै यसमा जनताको साथ चाहिएको पनि बताए। अहिले सम्म सबै कार्य बंगालको अधिनमा हुने गरेको कारण यहाँका मानिसहरु अव्हेलित बनेको बताउँदै अबको बागडोर मोर्चा आबिपको हातमा हुनपर्ने बताउँदै यसो भएमात्र यस क्षेत्रको बिकश कार्य अघि बड्ने पनि तिनले दाबी गर्दै जोन बार्ला गोर्खा आबिपको नेता हो भनि घोषणा गरे।

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.