यस अन्तरदलीय प्रतियोगितामा रविन्द्र दल प्रथम ५९ अंक, दोश्रो सिद्धार्थ,तेश्रो गान्धी अनि चौथो तेरेजा भए |
अन्तमा स्कूलको प्रधान अध्यापक निला राईले सम्पूर्ण अतिथिवर्गलाई धन्याबाद दिदै स्कूलले सधै नानीहरुको सर्वांगीण बिकाशको निम्ति अघि बढिरहने बचन दिईन | सभापति के० बी० योन्जनले सर्वश्रेष्ठ अंक प्राप्तकर्ता प्रज्वल राई अनि म्रीनल थापा तथा सम्पूर्ण नानीहरुको प्रदर्शनलाई बधाई दिदै कार्यक्रमलाई समाप्त भएको घोषणा गरे |
सिद्धार्थ मेमोरियल स्कूल मंग्पूको वार्षिक खेलकूद सम्पन्न
मंग्पू/केशर मोक्तान : मंग्पू विभागीय कुइलेंनबारी अवस्थित सन् १९९१ सालमा स्व तिलक राई द्वारा स्थापित सिद्धार्थ मेमोरियल स्कूल मंग्पूले समाज सेवक के० बी० योन्जनको सभापतित्वमा स्कूलको वार्षिक खेलकुद कार्यक्रम मंग्पू जन मैदानमा सम्पन्न गर्यो |यस खेलकुद कार्यक्रममा प्रथम सम्पूर्ण अतिथिवर्गमा खादा माला अर्पण गर्दै स्वागत संभाषण बिजय राईले गरे | पासांग भुटियाले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि के० बी० योन्जन , प्रकाश चन्द्र राई साथै समाजका वरिष्ठ व्यक्तिहरु ए० के० गुरुङ , एस० एम० राई , सुजम छेत्री, बुध कुमार थापा ,उदय थुलुंग , दयानन्द राई ,आर बी सुब्बा ,सरिता सुब्बा, सुमित्रा राई ,शंखपाल थापा, गगन राई, प्रेम माया गुरुङ ,विशाल राई तथा अन्य अन्या अतिथिगण, अभिभावकवर्ग लगायत भूतपूर्व विधार्थीवर्गको बिशेष उपस्थिति रहेको थियो | कार्यक्रमको प्रारम्भमा के० बी० योन्जनले दिप जलन, प्रकाश चन्द्र राई द्वारा मैदानमा रिबन काटे तथा मसालको जलन कार्य ए० एम० राईले गरेका थिए | यस वार्षिक क्रिडा संगममा स्कूलको चारवटा दलहरु सिद्धार्थ , गान्धी,रविन्द्र अनि तेरेजा माझ प्रतियोगिता सम्पन्न भयो | रिले रेस , विभिन्न दौड , भाले जुझाई अनि द्रीलको प्रस्तुती संगै नानीहरुले नृत्य पनि प्रस्तुत गरे | स्कूलका विधार्थीहरुका अभिभावकवर्ग साथै अतिथिहरु माझ संगीतमय खेल पनि समपान भयो |
12Dec2011
Post a Comment