मंग्पू लाठ पन्चर समष्टि गोजमुमोबाट बिजनबारी पूल दुर्घटना पिडितहरुलाई रु० २,५०,०३६ सहयोग

मंग्पू/केशर मोक्तान : बिजनबारी पूल दुर्घटनाका पिडित परिवारहरुलाई मंग्पू - लाठ पन्चर समष्टि गोर्खा जनमुक्ति मोर्चा प्रतिनिधिहरुले भेट गरेर सहानुभुति व्यक्त गरेका छन् भने  संयोजक  तथा सांगठनिक सचिव रतन थापा लगायत मंग्पू लाठ पन्चर समष्टि भित्र पर्ने दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियन,नारी मोर्चा , युवा मोर्चाका प्रतिनिधिहरुले  पिडितहरुलाई आर्थिक सहोग गर्न अध्यक्ष बिमल गुरुङलाई पातले बाँस कार्यलयमा भेट गरे | यसै भेटमा सिन्कोना केन्द्रिय समिति तथा रोंगो मन्सोंगका युनियन प्रतिनिधिहरुले पनि भेट गरे | भेट घाटमा १८ दिसम्बरको मंग्पूको युवा मोर्चाको जन सभा बिषयमा सरसल्लाह पनि भयो भने सम्पूर्ण व्यवस्थापनको निम्ति अध्यक्षले मंग्पू लाठ पन्चर समष्टि संयोजक रतन थापालाई उतरदायित्व पनि सुम्पेका छन् | भेट घाटमा बिजनबारी पुल दुर्घटना पिडित मानिसहरुका दुखमा मंग्पू लाठ पन्चर समष्टिले गहिरो दुख प्रकट गर्दै उनीहरुको दुखमा समष्टिबासी सदैव साथ रहेको जानकारी गर्दै सिंहमारी स्थित गोजमुमो कार्यलयमा मंग्पू लाठ पन्चर समष्टिको पक्षमा आर्थिक अनुदान स्वरुप दुई लाख पचास अनि छत्तीस रुपियाँ (२५०,०३६ रु ) संयोजकको अगुवाईमा प्रदान गरियो | यस भेटमा रतन लामा, गगन राई, गोपाल रुचाल,सुर्यमणि राई,प्रदीप छेत्री,शेखर थापा, दयानन्द राई, सुजम छेत्री, कैलाश खवाश,बुध कुमार थापा,तथा विभिन्न शाखा - प्रशाखा, युवा मोर्चा,दातडुपलालेयु , नारी मोर्चाहरुको उपस्थिति थियो भने मंग्पू जोन कोषाध्यक्ष अर्जुन दाहाल पनि टोलीमा समावेश रहेका थिए |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.