डी के वाइबा: कालेबुङ २५ दिसम्बर; नेपाली भाषा साहित्यमा सन् १९७५ देखि निरन्तर प्रदान गरिन्दै आएको साहित्य अकादमी पुरस्कार यसपाली नदिने घोषणा हुनसाथै अनेकौं विवाद अघि आएको छ। साहित्य अकादमी नेपाली भाषा परामर्श परिषदका संयोजक डा जीवन नाम्दुङले दुई ज्युरीहरुको टाउकोमा दोष खन्याएर आफु आरोप मुक्त हुने पाईला चालेका छन् भने यस सम्बन्धि आनेकौं टिप्पणीहरु एक पछि अर्को गर्दै अघि आउन थालेको छ। नेपाली साहित्यले अकादमी पुरस्कार नपाएको पहिलो घटना भए पनि यस पुरस्कार नपाउँने अन्य भाषा साहित्यले भने थुप्रै पल्ट साहित्य अकादमी पुरस्कार नपाएको घटना छ। तर अहिले नेपाली भाषा साहित्यले पुरस्कार नपाएको घट्नाले जुन हल्लाको जोर पक्रेको छ अन्य भाषा साहित्यले पुरस्कार नपाउँदा त्यस्तो हल्ला भएको थाह छैन। पुरस्कार योग्यको कृति नभए पुरस्कार नदिने साहित्य अकादमीको नियम रहेको छ। सोहि नियमलाई आधार बनाएर ज्युरीले यसपल्ट नेपाली साहित्यमा पुरस्कार योग्यको कृति नरहेको बताउँदै पुरस्कार नदिने घोषणा गरेको थियो। ज्युरीको उक्त निर्णय सार्वजनिक हुनसाथै नेपाली साहित्य जगतमा भुईँचालो आएको छ। यस घटनालाई लिएर अहिले पत्र पत्रिकातिर जति चर्चा भईरहेको छ त्यसको दोब्बर चर्चा फेसबुकमा भईरहेको छ। यस घटनालाई केन्द्र गरेर अधिकांश मतहरु ज्युरिको निर्णयमा सहमति जनाउँने प्रकारका रहेका छन् भने ज्युरीका मत खण्डन गरेकाहरु पनि छन्। साहित्य अकादमी पुरस्कार एकचोटि नपाउँदा नेपाली साहित्यमा कुनै खति नहुने तर पुरस्कार पाउँने कृति योग्यको नरहे अन्य भाषा साहित्यको अघि नेपाली भाषा साहित्य लाज मर्दो कुरा हुने पनि मानिसहरु तर्क अघि राखिरहेक छन्। यति मात्र होइन बिगतका दिनहरुमा साहित्य अकादमी पुरस्कारको निम्ति धाँधली हुन्थ्यो भन्ने कुराको खुलासा पनि यस घटनाले उदाँगो पारेको मानिसहरु बताईरहेका छन्। बिगतका दिनहरुमा अकादमी पुरस्कार पाएका कृतिहरुमाथि विवाद भएकै हो अनि ती घटनाहरुलाई सम्झना गर्दै एकजना साहित्यकारले यसपाली पनि शंकरदेव ढकालले साहित्य अकादमी पुरस्कार प्राप्त गर्ने हल्ला एक महिना अघि नै फैलिएको थियो। तिनले आफ्नो नाम खुलासा नगरिदिने शर्तमा भने यो कुरा कसरी एक महिना अघि नै चर्चामा आयो अनि महिना दिन पछि ज्युरीमा पुगेको पुस्तकहरुमा शंकरदेव ढकालको पुस्तक पुग्नाले यो कुरा पुष्टी भएको दाबी पनि गरे। सुत्रले बताए अनुसार शंकरदेव ढकालको कृति चयन समितिले पहिला तीनवटा पठाएको पनि थाह लागेको छ। यदि यस कुरा सत्य हो भने अकादमी पुरस्कारमा भ्रष्टचार हुने कुरा निश्चित हुने भएको छ। यस घटना सम्बन्धी सह प्राध्यपक देवचन्द्र सुब्बाले पुरस्कार नपाउनु लाजमर्दो कुरो होइन अयोग्य कृतिले पुरस्कार कसरी पायो त्यो पो लाजमर्दोको कुरो हुने बताउँदै यसपाली ज्युरीले जुन निर्णय गरेको छ त्यो अत्यन्तै सराहनीय रहेको बताएका छन। तिनले यस निर्णयले आगमी दिनहरुमा साहित्यकारहरुलाई स्तरीय लेखनको निम्ति प्रोत्साहन मिल्ने बताउँदै यस निर्णयलाई सकारात्मक लिनुपर्ने सुझाव राखेका छन्। यसै सन्दर्भमा सुजन झाङले पुरस्कार नपाउँने कृति अयोग्य नरहेको बताउँदै ज्युरीको मतमा असहमति जनाएका छन्। तिनले साहित्य अकादमी पुरस्कार इपहिले देखि नै लबि बनाएर पाउँने चलन रहेको प्रसंग झिक्दै कृतिहरु अयोग्य हुन भन्ने ज्युरिले कस्तो योग्य कृतिहरुले पुरस्कार पाउँछ भन्ने स्पष्ट पार्नुपर्ने माग गरेका छन्। अर्कोतिर युवा साहित्यकार सुधीर छेत्रीले रिपेयर गर्नु भन्दा प्रिपेयर राम्रो भनि फेसबुकमा लेखेका छन् । तिनले यो ऐतिहासिक निर्णयले केही क्षण हामीलाई बिझाए पनि पछि यसको परिणाम राम्रो हुन्छ भन्ने आशा छ भन्दै साहित्य जस्तो पवित्र क्षेत्रमा भ्रष्टाचारलाई नलुकाई सार्वजनिकरण गर्न सकेकोमा जुरी बधाईका पात्र छन् भनि बताएका छन्। यसै सिलसिलामा युवा साहित्यकार निमा ‘निची’ शेर्पा,टीका भाई, वासुदेव पुलामी, जितेन्द्र खवास ‘अमुर्त’ आदिले ज्युरीको निर्णयमा सहमति जनाएका छन्। सोहि क्रममा युवा कवि भुपेन्द्र सुब्बा, रुपेश शर्मा अशोक प्रशान्त आदिले पनि ज्युरी कै कुरामा सहमति जनाउँदै नेपाली साहित्यमा अनेकौं स्तरीय कृतिहरु प्रकाशित भईरहेको भए पनि चयन समितिले स्तरीय कृतिहरुलाई छोडेर अन्य कृतिहरु पठाएकै परिणाम यसो भएको बताएका छन्। यस सम्बन्धमा प्रो. मोहन पी. दहालसित जान्न खोज्दा आफु अकादमी सित सम्बद्ध नरहेको बताउँदै ज्युरिको निर्णय नै अन्तिम हुने भएको कारण यस सम्बन्धि केहि प्रतिक्रिया नरहेको बताए।
अकादमी पुरस्कार प्रकरण: प्रतिक्रिया फेसबुकबाट
25Dec2011
Post a Comment