मंग्पू/२५ दिसम्बर : क्रिसमस २५ दिसम्बरमा सम्पूर्ण विश्वमा इशाई सम्प्रदायको महान चाड हो | पहाडको विभिन्न स्थानहरुमा झैँ मंग्पू प्रशंसा मण्डलीमा पनि भब्यपूर्ण क्रिसमस चाड मनाइयो | उक्त प्रशंसा मण्डलीको चर्चमा आरधना अनि प्रशंसा संगै आमा झुण्ड द्वारा स्वागत गीत प्रस्तुत गरी क्रिसमस कार्यक्रम अझ रोचक बनाए | यस पर्व विषय छोटो रुपमा दर्पण गुरुङले संभाषण स्वरुप प्रवचन व्यक्त गरे भने रिभीरिर्यान ब्यान्डबाट गीतहरु प्रस्तुत गरियो | कार्यक्रमको क्रममा युवा झुण्डले मण्डलीका गुरुजनलाई उपहार प्रदान गरेपछि सन्डे स्कूलका नानीहरुलाई पुरस्कार जोनसन कार्थक अनि भविन सन्यासीको बाहुलीबाट प्रदान गरियो | कार्यक्रममा एल्डर के० आर० सन्यासीले क्रिसमस सम्बन्धि दुई शब्द राखे | धन्यबाद कार्यक्रमलाई दर्पण गुरुङले राखेपश्चात विभिन्न प्रार्थना गर्दै यस बडा दशैँ क्रिसमसको बधाई शुभकामना प्रकट गर्दै कार्यक्रम समाप्त गरे पास्टर एडमण्ड कार्थकले |
Post a Comment
We love to hear from you! What's on your mind?