कालेबुंग/ डी० के० वाइबा: दार्जीलिंग, खरसांग पछि आजदेखि कालेबुंगमा चारदिनव्यापी चिया अनि पर्यटन उत्सव शुरु भयो | यस अवसरमा मेजर जेनेरल बबी मेथ्यु मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए भने जिल्लापाल सुमित्र मोहन, महकुमा अधिकारी एल० एन० शेर्पा, अतिरिक्त पुलीस निरीक्षक एस० लेप्चा, बन विभागका जिल्लापाल एस० गजमेर विशिष्ट अतिथिका रुपमा उपस्थित रहेका थिए | मुख्य अतिथिको बाहुलीबाट झण्डा हल्लाएर कार्यक्रमको शुरुवात भयो | यस अवसरमा शहरमा विभिन्न जातीय समुदायका मानिसहरुले झाँकी निकालेर र्याली निकालेको थियो | यसै क्रममा शहरमा सेनाका जवानहरुले ब्याण्ड डिस्प्ले गरेका थिए |
दार्जीलिंग पहाडमा पर्यटनलाई बढवा दिने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम आगमी २९ दिसम्बरसम्म हुने भएको छ | आज कालेबुंगको आकशबाट हेलीकप्टरले पुष्प बर्साएर कार्यक्रमको उद्घाटनलाई रोचकता प्रदान गरेका थिए | कालेबुंगको सडकमा मनोरंजनको निम्ति रिक्सा पनि गुडाएको थियो | शहरमा निकालिएको उक्त र्यालीमा मानिसहरुको व्यापक सहभागिता रहेको भएतापनि वेदेशी वा स्वदेशी पर्यटकहरु भने शुन्य प्राय नै रहेको थियो | यहाँको मेला ग्राउण्डमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि सामान्य भयो | सांस्कृतिक कार्यक्रममा मनिपूर लगायत अन्य स्थानका मानिसहरुले आ- आफ्नो सांस्कृतिक प्रस्तुती गरेका थिए | मेला ग्राउण्ड लगायत यहाँको टाउन हल आदि स्थानहरुमा हस्तकला, शिल्पकला, कष्ठकला , चित्र प्रदर्शनी आदि प्रदर्शनीहरु पनि राखिएको छ |
एकातिर चिया अनि पर्यटन उत्सव शुरु भएको छ भने अर्कोतिर यस उत्सव सम्बन्ध क्रामाकपाले प्रतिक्रिया जनाएको छ | क्रामाकपा युवा एकाईका महा सचिव अरुण घतानीले आज पत्रकारहरुसित कुराकानी गर्दै एकातिर चिया बगान बन्द अवस्थामा रहेको छ भने यो उत्सव मालिकहरुलाई प्रोत्साहन दिने कार्य भएको तिनले आरोप लगाए | यो उत्सवले चिया अनि पर्यटनलाई बढवा पुग्नको साटो उल्टा जनतालाई मर्का पर्ने कार्य भएको क्रामाकपाले आरोप लगाए |
Post a Comment
We love to hear from you! What's on your mind?