डी के वाइबा: कालेबुंग 3 दिसम्बर :
समयको आरोह र अवरोहमा सेलाउँदै तातिन्दै गर्ने छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन अब कुन मोडतिर जानेहुन कसैलाई पनि थाहा छैन। गोजमुमो प्रमुख बिमल गुरुंगले कुनैपनि समय गोर्खाल्याण्ड आन्दोलन शुरु गर्ने संकेत थुप्रै पल्ट जनसभाहरुबाट दिए पनि अहिले आएर युवा मोर्चाले आन्दोलनलाई आफ्नो काँधमा लिएर दिसम्बर महिनादेखि अघि बडाउँने घोषणा गरिसकेको छ। युवा मोर्चाको आन्दोलनलाई मोर्चाको सबै भातृ संगठनहरुले साथ दिने भएको छ। यता मोर्चाकै केन्द्रिय नेताहरु भने अहिले जतिसक्दो जीटीए गठनको निम्ति दौडधुप गरिरहेका छन भने युवा मोर्चाको गोर्खाल्याण्ड आन्दोलनले कस्तो रुप लिने हो भन्ने कुरा पनि कुनै निश्चित हुन सकेको छैन। मोर्चा आबिपको मिलन गोर्खाल्याण्ड आन्दोलन शुरु भए के हुने हो भन्ने कुरा अहिले चासोको बिषय बनेको छ। यस्तो अवस्थामा युटीको मुद्दा पनि पुन पहाडमा चर्किन थालेको छ जुन मुद्दाले कुन रुप लिने हो भन्ने कुरा पहाडको चिसो मौसममा तातो बन्दै गइरहेको छ। गोजमुमो गठन पछि 44 महिना आन्दोलनको प्राप्ती जीटीएले गोर्खाहरुको राष्ट्रिय चिन्हारी बोक्न नसक्ने दाबी गर्दै भारतीय गोर्खा परिसंघ अहिले दलीय एकता जुटाएर गोर्खाल्याण्ड टास्क फोर्स गठन गरी राष्ट्रिय स्तरमा आन्दोलन गर्ने तर्खरमा लागेको छ। यस्तो अवस्थामा पहाडमा पुन: गोर्खाल्याण्ड आन्दोलनले जोड पक्रिने सम्भावना बडेको छ। यसपल्ट पहाडमा चर्किने छुट्टै राज्यको आन्दोलन कस्तो हुने अनि यसले कुन उपलब्धि हासिल गर्ने हुन भन्नेकुरामा मानिसहरुको नजर टिकेर बसेको छ। घरि घरि बिसाउँदै चर्किने गोर्खाल्याण्डको आन्दोलनले मानिसहरुलाई समय समय समयमा ब्यापक प्रभाव परे तापनि अनतमा गएर ठोस उपलब्धी हासिल गर्न नसक्दा जनतामा ब्यापक असंतुष्टि सृजना गर्ने कर्य गरिनै रहेको छ जुन कुरा यसपल्ट पनदोहोरिला भनेर कसैले भन्न सक्दैन। अहिले पहाडमा गोजमुमोले सम्झौता गरेको जीटीए लागु हुनमा दिनो दिन ढिलो हुँदै गरेको कारण मानिसहरु बिस्तारै गोर्खाल्याण्ड नै हुनपर्छ भन्ने कुरामा जोड दिन थालेको छ। जुन कुरालाई गोजमुमो पर्टीले पनि गहिरो संग अध्यन गरिरहेकै छ। मोर्चाले मानिसहरुको चाहना गोर्खाल्याण्ड नै हो भन्ने बुझेता पनि आफै छुट्टै राज्यको माग भने नगरेर आफ्नो भातृ संगठन युवा मोर्चालाई अघि लगाउँनमा के रहस्य लुकेको छ भन्ने प्रश्नहरु पनि उठीरहेको छ। जुन कुराको रहस्य अझसम्म कसैले खोलेका छैनन। गोजमुमोले गोर्खाल्याण्ड प्राप्तीको लडाईमा जीटीए राज्य प्राप्तीको निम्ति पहिलो सिँडी हो भन्ने पहिओलेबाटै दावी गर्दै आईरहेको छ जुन दाबी अझै पनि छोडेको छैन। राज्य प्राप्तीको निम्ति पहिले पनि गोरामुमो प्रमुख सुवास घिसिंगले दागोपाप बिसाउँने चौतारी मात्र हो भन्ने दावी गरेका थिए जुन चौतारेएमा 21 बर्ष बिताउँदा पहाडमा ब्यापक असंतुष्टी छएको थियो । तर यस पल्ट भने परिस्थिति परिवर्तन भएको छ अनि जीटीएले मानिसहरुको जनाकांक्ष पुरा गर्दैन भन्दै गोरखाहरुको राष्ट्रिय चिन्हारी गोर्खाल्याण्डले मात्र पुरा गर्न सक्ने कुरा बारम्बार बिपक्षी दलहरुले उठाँदै आईरहेको छ। यस्तो अवस्तामा कतै युवा मोर्चाको गोर्खाल्याण्ड आन्दोलन बिपक्षी दलहरुको मुक बुच्चाएर जीटीए छिराउँने खेल त होइन भन्ने प्रश्न पनि टट्कारो बनेर बसेको छ। एकातिर युवा मोर्चा गोर्खाल्याण्ड आन्दोलन गर्नलाई अहिले शाखा प्रशाखाहरुलाई दहरिलो पर्ने कार्यमा लागिपरेको छ भने अर्कोतिर छुट्टै राज्यको आन्दोलनलाई अघि बडाउँन अहिले घरि दार्जीलिंग पहाडमा एउटा दल बिशेष रुपले क्रियाशिल बनेको छ। गोर्खाल्याण्डको आन्दोलनलाई अघि बाडाउँने तर्खरमा लागेको उक्त दलले आगामी जनवरी महिनाको पहिलो सातामा नयाँ दल गठन गरेर आन्दोलनको शंख घोष गर्ने तरखरमा लागेको छ। हाल बाहिरी रुपले मौन बसेका मानिसहरु अहिले दल गठनको कर्यलाई साकार रुप दिन चुपचाप गोप्य बैठक पनि गरिहेको विश्वस्त सुत्रमार्फत थाह लागेको छ। नया दलको गठनलाई लिएर क्रियाशिल रहेको उक्त टोलिले अहिले युवा मोर्चाको गतिबिधिलाई पनि नजिकबाट हेरिरहेको पनि थाह लागेको छ भने यदि युवा मोर्चाले ईमान्दारपुर्वक गोर्खाल्याण्डको आन्दोलनलाईए अघि बडाए त्यसमा आफुहरु पनि सरिक भएर सडकमा ओर्लिने भएको पनि थाहा लागेको छ। यस्तो स्थितिमा हुने गोर्खाल्याण्डको आन्दोलनले कुन मोड लिने हो भन्ने प्रश्न अहिले खुबै चासोको बिषय बनेकोइ छ।
Post a Comment