मंग्पू विभागीय फूटबल एकाडेमीको प्रशिक्षण शिविर शुरु

मंग्पू/केशर मोक्तान; विगत वर्ष झैँ नयाँ वर्ष २०१२ को शुरुवात मै भेटरेन कालेबुंग फूटबल एशोसिएशन तथा मंग्पू विभाग, मंग्पू  फूटबल एकाडेमीको सहयोगितामा मंग्पू विभागीय खेलकुद मैदानमा स- साना नानीहरु १५ वर्ष देखि कम्ति उमेरकाहरुको निम्ति फूटबल खेल प्रशिक्षण शिविर फूटबल खेलाडी तथा कालेबुंग फूटबल एशोशिएशनका बिसेष सदस्यगण भाष्कर थापा र लाक्पा शेर्पाको अतिथित्यमा अनि उहाँहरुको बाहुलीद्वारा यस शिविरको उद्घाटन गरी यस वर्षको प्रशिक्षण शुरु भएको घोषणा गरे | ज्ञात रहोस मंग्पू भेक स साना नानीहरुलाई बिशेष फूटबल खेलप्रति आकर्षित गर्दै यस ठण्डा महिनाको विदाका दिनहरु भरी दुई महिना कालेबुंग फूटबल एशोशिएशनको सत्प्रयाशमा धेरै भविष्यका असल खेलाडी बनाउने प्रयाशमा रहेका छन् | यस प्रशंसनीय कार्यलाई मंग्पू विभागबासीले के० एफ० ए० प्रति बिशेष कृतज्ञता जाहेर गरेका छन् | भारतवर्षको राष्ट्रिय फूटबलका कप्तान भाइचुंग भुटिया तथा सुनिल छेत्री, श्याम थापाहरु यी अन्जान नानीहरुको बर्तमान आदर्श बनेका छन् | यस कार्य प्रति मंग्पू  विभाग फूटबल एकाडेमीको सभापति प्रकाश चन्द्र राई शारदा उच्च विधालय प्रधान अध्यापक तथा सचिव किशोर थापा मंग्पू विभागीय प्रा० पा०को भगीरथ प्रयाशलाई बिर्सन्न सकिन्न , यी दुई व्यक्तिहरुको प्रयाशलाई हातेमालो गर्दै सधै प्रवेश गुरुङ सचिव मंग्पू विभाग खेलकूद समिति सभापति बुध थापा अनि दयानन्द राई, सुजम छेत्री, दिल बहादुर साल्मे, अजय राई, भाष्कर थापा, बुध कुमार थापा तथा २६ जना प्रशिक्षनार्थी नानीहरुको उपस्थिति रहेको थियो | 
इच्छुक १६ वर्ष मुनिका नानीहरुलाई प्रत्येक दिनको बिहान ७ बजे उपस्थित भइ नाम दर्ता गर्न सक्ने बताएका छन्  भने उक्त प्रशिक्षण कार्यक्रम बिहान ७ बजे देखि ९ बजेसम्म प्रतिदिन हुनेछ |
Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.