भुँईचालोले शुरु ग-यो झगडा | कलम - कागज चल्ने पंचायत कार्यलयमा लात घुस्सि चलेपछि पाँचजना घाईते

डी के वाइबा: कालेबुंग  11 दिसम्बर :
     भुईँचालो पिडीतहरु पंचायत कार्यलयमा सरकारबाट आएको पैसा खोज्न जाँदा पंचायत कार्यलय नै रणभूमिमा परिणत भयो। जसमा 5 जना मानिसहरु गम्भिर घाईते भएका छन। घाईते हुनेहरुमा एकजना पंचायत सहकर्मी रहेका छन। उक्त घटना कालेबुंग शहरदेखि लकभग 58 किलो मिटर टाडा अवस्थित लिंगसे ग्राम पंचायत अनतर्गत म्ंगलबार दिउँसो साडे दुईबजे भएको हो। जानकारी अनुसार लिंगसे ग्राम पंचायतमा भुईचालो पिडीतहरुका निम्ति क्षतिपूर्ति पैसा आएको थियो। उक्त पैसा क कसले कति कति पाउँनेहुन भन्ने बिषयमा मानिसहरुले पंचायत कार्यलयमा जानकारी मागेका थिए। सोहि कारण कार्यलयमा सभा राखिएको थियो। सभामा पिथामचिनका मानिसहरुले कुनै कुरा नै नबुझि आक्रमण गरेको पंचायत कर्मी रोहित छेत्रीले आरोप लगाए। उक्त घटनामा घाईतेहुनेहरु करमैले पंचायत सहकर्मी सोनाम टाँसी भोटिया, मनबहादुर सुब्बा, भीमलाल सुब्बा, पासंग तेम्बा शेर्पा, मुक्तिनाथ शर्मा रहेका छन। उक्त घाईतेहरु मध्ये सोनाम टाँसी भुटिया अनि मनबहादुर सुब्बालाई सिलगडी रेफर गरिएको छ भने अन्य घाईतेहरु यहाँको महकुमा अस्पतालमा उपचाराधीन रहेको छ। घाईतेहरुले आफुहरुलाई कुनै कारण बिनानै पिथामचिनका मानिसहरुले सय भन्दा अघिका संख्याको आएर आक्रमण गरेको आरोप लागाएका छन। यस बिषयमा लिंगसे ग्राम पंचायतका कर्मी रोहित छेत्रीले पिथामचिनका मानिसहरुले सय भन्दा अधिकका संख्यामा आएर भुँचालो पिडीतहरुको पैसा सबैले बराबरी पाउँनुपर्ने दाबी गरेको जनाए। तिनले सरकारबाट पूर्ण क्षतिग्रस्त बनेका घरहरुको निम्ति 35 हजार अनि आंशिक क्षतिग्रस्त घरहरुको निम्ति 5 हजार आएको बताउँदा सबैले त्यो कुराको बिरोध गरेको अनि सबैले बराबरीको माग गरेको बताए। उनिहरुलाई सरकारबाट आएको पैसाबारे जानकारी दिदा समेत त्यसको वस्ता नगरेर विवाद बडेपछि बिनाकारण आक्रमण गरेको बताए। यस बिषयमा तिनले गाउँलेहरुलाई यदि कसै भुईँचालो पिडीतहरुको नाम छुटे लिखित दिनुपर्ने माग गर्दा समेत वास्ता नगरि अचानक लात घुस्सिको प्रहार गर्न सुरु गरेको जनाए। यसरीनै गोजमुमो लाभा लिंगसेका महकुमा समिति सदस्य सी पि दहालले पिथामचिनका मानिसहरुले कुनै कुरा नबुझि आक्रमण गरेको आरोप लगाए। तिनले आफु घटना स्थलमा रहेको बताउँदै भुँचालो पिडीतहरुको निम्ति सरकारबाट जसरी पैसा आएको छ त्यो बारे जानकारी दिँदा कुनै वास्ता नगरी सबैलाई भुँचालो बराबरी आएको भन्दै पैसा पनि बाराबरी पाउँनु पर्ने माग गरेपछि विवाद सृजना भएर झगडा सुरु गरेको आरोप लगाए। तिनले आक्रमणकारीहरुलाई समाजका कुतत्वहरु रहेको बताउँदै तिनीहरुको नाममा थानाम प्राथमिकी दर्ता गरेको जानकारी दिदै यथाशिघ्र दोषीहरुको पक्राव गर्नु पर्ने माग ग्रे। यसै क्रममा तिनले ति मानिसहरुले पिथामचिन एम एस के बिद्यालयको भान्साघर भत्काएको पनि आरोप लगाएका छन। यता पिडित सोनाम टाँसी भोटियाले पनि आफुहरुमाथि बिनाकारण कुटपिट गरेको आरोप लगाए।
      अर्कोतिर यता घट्नाबारे पिथामचिनका मानिसहरुले भुँईचालो पिडीतहरुको निम्ति सरकारबाट आएको पैसा ब्यापक हिना मिना गरेको आरोप लगाएका छन। सरकारबाट भुँईचालोले पूर्ण क्षति पु-याएको घरहरुको निम्ति 35 हजारबाट पंचायत कर्मीहरुले 5 हजार अनि आंशिक क्षति भएकाहरुको निम्ति आएको 5 हजारबाट 5 सय रुपियाँ काट्ने गरेको पिथामचिनका मानिसहरुले आरोप लागाएका छन। पिथामचिन गोजमुमो शाखा अध्यक्ष एस बी शेर्पाले पंचायत कर्मीहरुले पिडीतहरुको निम्ति पैसा ब्यापक हिना मिना गरेको कारण मानिसहरु आक्रोशित भएर धक्का धक्की भएको जनाए। तिनले आफुहरुले कसैलाई आक्रमण नगरेको बताउँदै गाउँलेहरुको आक्रोस देखेर भाग्दा लडेर घाईते बएको जनाउँदै आरोप झुटो रहेको दाबी गरे। तिनले लिंगसे ग्राम पंचायतमा ब्यापक भ्रष्टचार र्हेको दाबी गर्दै यसपल्ट मानिसहरुले आक्रोष ब्यक्त गरेको अनि यस्तो अत्यचार सहन नगर्ने बताए। ग्राम पंचायत कर्मीहरुले गरिबहरुको निम्ति आएको पैसा बिनाकाण काट्ने गरेको अनि त्यसको जानकारी माग्दा कुनै जानकारी समेत नदिएको आरोप लगाउँदै यसमा ब्यांक कर्मीहरु मिलेको आरोप लगाएका छन। पंचायत कर्मीहरुले ब्यांकबाट विड्रल फारम भर्न लगाएर पासबुक समेत आफैहरुले राख्ने गरेको आरोप लगाउँदै यसमा ब्यांक कर्मीहरु मिलेको दाबी गरे। यस्तो शोषण अब जनताले कुनै पनि हालतमा सहन नगर्ने बताउँदै यसबारे आफुहरुले ग्राम पंचयातमा भईरहेको भ्रष्टचारबारे ख्ण्डबिकास अधिकारीलाई आज नै लिखित अर्जी दिएको जनाए।

जकसले घट्नाको निन्दा गर्दै अनिश्चितकालीन खण्डबिकास कार्यलय र ग्राम पंचायात कार्यलय बन्द डाक्यो
डी के वाइबा: कालेबुंग  11 दिसम्बर :
      लिंगसे ग्राम पंचायतमा भएको झगडा बिषयलाई लिएर जनमुक्ति कर्मचारी संगठनले घोर भर्त्सना जनाएको छ। पंचायत सहकर्मी माथि भएको हमलाको निन्दा गर्दै जकसका अध्यक्ष खडकबिक्रम सुब्बले दोषिहरुलाई यथाशिघ्र पक्राउ गर्नु पर्ने माग गरेका छन। तिनले पंचायत कर्मी माथि भएको हमला निन्दनिय रहेको जनाउँदै भोलिदेखि कालेबुंग महकुमा भित्र रहेको तीनवटा खण्ड बिकास कार्यलय अनि 41 वटा ग्राम पंचायत कार्यलयहरु अनिश्चितकालीन बन्द गर्ने घोषणा गरे। भुँईछलो पिडीतहरुले न्याय क्षति पूर्ती पाउँनु पर्छ तर आशिक क्षति भएका र क्षति नै नभएकाहरुले पैसाको माग गर्दै कर्मचारीलाई कुटपिट गर्नु राम्रो नभएको बताए। यसता सामाजिक कुतत्वहरुलाई पुलिसले यथाशिघ्र पक्राउ गर्नु पर्ने माग गर्दै घटनाको बिरोधमा कार्यलयहरु अनिश्चितकालीन बन्द गर्ने जानकारी दिए। यदि यसो गर्दा समेत पुलिस प्रशासनले दोषिहरु पक्राउ नगरे सम्पूर्ण पहाडभरीकै सरकारी कार्यलयहरु बन्द गर्ने चेतावनी दिए। तिनले जबसम्म पुलिसहरुले पंचायत कर्मीमाथि भएको हमलाको जाँच गरेर दोषि पक्राउ गर्दैन तबसम्म कालेबुंग महकुमाको 3 वटा खण्ड बिकाश कार्यलय र 41 वटा ग्राम पंचायत कार्यलयहरु बन्द राख्ने बताएका छन।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.