डी के वाइबा: कालेबुङ १८ फरवरी : छत्र सुब्बाको समर्थनमा जनताको नाममा पोष्टर निस्कने कार्य शुरु भएको छ। मिरिकमा सुब्बालाई जनताले स्वागता गर्दै पोष्टर टाँसेको हप्तादिन बित्न नपाई कालेबुङमा पनि तिनलाई स्वागत गर्दै जनतराको नाममा पोष्टर देखा परेको छ। बिगत दिनमा सुवास घिसिङले दागोपाप थापेर २१ वर्ष बिताएको अनि मोर्चा प्रमुख बिमल गुरुङले जीटीएमा ३० वर्ष बिताउँने आरोप पोष्टरमा लगाईएको छ । सोहि कारण गोर्खाल्याण्ड आन्दोलनको निम्ति छत्र सुब्बा अघि बड, दार्जीलिङ तराई डुवर्सका जनता साथ छ भनि पोष्टरमा लेखिएको थियो। उक्त पोष्टर यहाँको डम्बर चौकमा बिहानै टाँसिएको थयो तर त्यसलाई मानिसहरुले राम्रो पडन नपाई कतिपय मानिसहरुले च्यातेर फ्याँकिदियो। पोष्टरमा जनताको नाम लेखिएको भए पनि उक्त पोष्टर कसले टाँसे भन्ने कुरा भने कसैले थाह हुन सकेको छैन। गोर्खाल्याण्ड प्रेमी जनताको नाममा लेखिएको उक्त पोष्टरहरुमा छत्र सुब्बको स्वागत गर्नु मात्र होईन तर जीटीएको समेत खुल्ला रुपले बिरोध गरिएको छ। यहाँको डम्बर चौकमा टाँसिएको गोर्खाल्याण्ड प्रेमी जनताको नाममा भएको पोष्टरमा छ्त्र सुब्बलाई गोर्खाल्याण्ड आन्दोलन अघि बडाउँने आह्वान समेत गरिएको थयो। तर उक्त पोष्टरहरु धेर समयका निम्ति भने भित्तमा टाँसिएर बस्न पाएन किन भने केहि क्षणमा नै कतिपय मानिसहरुले पोष्टर च्यातेर फ्याँकिदिने कार्य गरे।
एकातिर छत्र सुब्बाले गोर्खल्याण्डको आन्दोलन शुरु गर्ने सञ्चार माध्महरुबाट घोषणा गरेका छन भने अर्कोतिर बिभिन्न स्थानहरुमा तिनको स्वागतमा पोष्टरहरु जनताको नाममा निस्कने कार्यले पहाडको राजनीतिमा हलचल मच्चिने सम्भावना दिनो दिन बड्न थालेको छ। किन भने हाल पहाडको राजनीतिमा दुई नेताहरुमाझको वाक युद्धले समेत पहाडको राजनैतिक हावा तातिन शुरु भईसकेको छ। बिगत सुवास घिसिङ हमला काण्डको आरोपमा पक्रा परेका गोर्खाल्याण्ड आन्दोलनका जङ्गी नेता छत्र सुब्बाले गोर्खाल्याण्ड आन्दोलन ल्याउँन नसक्ने दाबी गर्दै तिनी माथि मोर्चा प्रमुख बिमल गरुङले बिभिन्न आरोपहरु लगाए पछि शुरु भएको वाक युद्धले दार्जीलिङ पहाडको राजनैतिक हावा नै एकाएक गरम गरिदिएको छ। मोर्चा प्रमुख बिमल गुरुङले लगाएको सम्पूर्ण आरोपहरुको सुब्बाले तत्काल मिडीयाको माध्यमबाट जवाब दिनुको साथै गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने घोषणाले झन राजनैतिक हावा तातिएको छ। अहिले मोर्चाले छत्र सुब्बा माथिनै आफ्नो शक्ति केन्द्रित गरेको छ भने सुब्बाले आन्दोलनलाई कसरी अघि बडाउँन सकिन्छ भन्ने कुरामा आफ्नो रणनीति तयार पारिरहेको बताएका छन। यस्तो समयमा जनताको नाममा बिभिन्न स्थानहरुमा छत्र सुब्बालाई स्वागत गर्दै पोष्टरहरु देखा पर्नुको पछि कुन अदृष्य शक्ति रहेको छ भन्ने कुरा खुबै महत्व पूर्ण बनेको छ। किन भने यता मोर्चा प्रमुख बिमल गुरुङले कालेबुङमा छत्र सुब्बाले १५-२० जना माओवादीहरु भित्राएर हतियारधारी प्रशिक्षण दिईरहेको दाबी गरेका छन अनि अर्कोतिर सुब्बाले भने आन्दोलन अघि बडाउँने खुल्ला घोषणा गरेका छन। तिनको घोषण पछि फेरि पहाडको बिभिन्न स्थानहरुमा तिनै नेताको स्वागत र समर्थनमा पोष्टरहरु देखा पर्नु कतै आन्दोलनकै रणनीति त होईनन् भन्ने प्रश्न पनि यतिखेर निकै टट्कारो बनेको छ।
Post a Comment
We love to hear from you! What's on your mind?