दावा शेर्पा पुन:अभागोलि मै फर्किन सक्ने सम्भावना

डी के वाइबा: कालेबुङ, 4 मार्च।अखिल भरतीय गोर्खालिग (अभागोलि) पार्टीका पुर्वा कार्यकारी अध्यक्ष दावा शेर्पा पुन: पार्टीमा फर्किन सक्ने सम्भावना रहेको छ। तिनलाई पार्टीले दल निकाला गरिरहेको समयमा 25 अप्रेल 2011 को दिन पार्टबाट राजीना दिएका थिए। अहिले तिनलाई पार्टीमा पुन फर्काई ल्याउँन प्रयास भईरहेको थाह लागेको छ। शेर्पालाई दलमा फर्किने अपील गर्दै 2 मार्चको दिन लिगले पत्र पठाएको सूत्रले बताएको छ। लीगले पठाएको पत्रमा तिनलाई बिगत दिनमा लगाईएका सबै आरोपहरु फिर्ता गरेको जनाएको छ। बितेको विधानसभा चुनाउमा गोर्खालिग कार्यकारी अध्यक्ष दावा शेर्पाले पार्टीको पक्षमा धेरै सक्रियता देखाएको भए पनि तिनलाई पार्टीको हितमा चुनाउ प्रसारप्रचारमा सक्रियता नदेखाएको आरोप लगाइएको थियो। यसबेला निक्कै विवाद चलेको भए पनि दावा शेर्पाले त्यस सम्बन्धमा खासै प्रतिक्रिया गरेका थिएनन्‌। तिनले त्यसबेला भनेका थिए, मैले गर्नुपर्ने सबै गरिदिएको हुँ। दावा शेर्पा अनि मनोज देवानले 25 अप्रेल 2011को दिन पार्टी छोडेका थिए। त्यसको ठीक दस महिनापछि गोर्खालिग अध्यक्ष भारती तामङले दावा शेर्पा अनि मनोज देवानलाई संयुक्तरुपले पत्र लेख्दै उनीहरूलाई लगाइएको आरोप फिर्ता गरिएको  जनाइएको सूत्रले बताएको छ। त्यही आरोप र राजीनामामाथि भारती तामङको अध्यक्षतामा बसेको बैठकमा छलफल गरिएको अनि चुनाउ सम्बन्धमा लगाइएको आरोप फिर्ता लिएको अनि राजिनामा पनि अस्वीकृत गरिएको पत्रमा लेखिएको सुत्रले जनाएको छ। सुत्रले जानकारी दिए अनुसार शेर्पालाई पार्टीमा आएर कार्यबार सम्हालिदिने पत्रमा अपील छ। यस सम्बन्धमा दावा शेर्पासित जान्न चहॉंदा तिनले यसबारेमा केही नबोल्ने बताए। यद्यपी तिनले  पत्र आएको सॉंचो हो भनि जानकारी दिए। तिनले  यस बारे म अहिले नै विचार गर्न सक्दिन भन्दै अहिले नै केही भन्न सक्दिन भनि तिनले जनाए। तिनले लिगभित्र आउने नआउने सम्बन्धमा अहिले नै कुनै पक्का उत्तर दिएनन्‌।
Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.