बिशेष प्रतिनिधी: देरादुन 6 मार्च: दार्जीलिङ पहाडको शक्तिशाली दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पार्टीले अन्य राज्यहरुमा पनि आफ्नो संगठन बिस्तार गरेर पार्टीलाई राष्ट्रिय स्तरमा बलियो बनाईरहेको दाबी गरिरहेको छ। यसै सिल सिलामा यस चोटि मोर्चाले उत्तर खण्डमा सम्पन्न बिधानसभा चुनावमा उम्मेद्वार समेत खडा गरेर शक्ति प्रदर्शन गरेको थियो। उत्तर खण्डको मसुरी बिधानसभा क्षेत्रबाट गोजमुमोले चुनावी मैदानमा जगदिश चौहानलाई खडा गरेर बिजय हासिल गर्ने दाबी समेत गरेको थियो तर, आज घोषणा भएको चुनाव परिणाममा मोर्चा प्रार्थी जगदिश चौहानको झोलिमा भने केवल ४ सय ४३ मत खसेर लाजमर्दो हारको सामना गर्नु परेको छ। मोर्चाले प्रथम पल्ट अन्य राज्यमा सम्पन्न चुनावमा आफ्नो प्रार्थी खडा गरेर जित्ने दाबी सामेत गरेको थियो अनि प्रार्थी चौहानको चुनाव प्रचारमा स्वंय गोजमुमो प्रमुख बिमल गुरुङ समेत पुगेका थिए। आज उत्तरखण्डमा मतगणना सुरु हुन साथै दार्जीलिङ पहाडक मानिसहरुको पनि ध्यान मसुरी क्षेत्रको परिणाममा केन्द्रित बनेको थियो। मोर्चाले पनि आफ्नो उम्मेद्वारले बिजय हासिल गर्ने कुरामा आशावादी बनेर मत गणनामा गिद्धे नजर गाडेको थियो तर अन्तिम क्षणमा मोर्चा प्रार्थी चौहानको झोलिमा ४ सय ४३ भोट परे पछि निराश बन्न परेको छ। लाखौंको संख्यामा गोर्खा भोट रहेको उक्त क्षेत्रमा यसचोटि मोर्चाले निश्चय पनि बिजय हासिल गर्ने दाबी गरेको हुँदा हुँदै पनि अन्तिम क्षणको चुनाव परिणामले मोर्चाको दाबी पूर्ण झूटो रहेको साबित भएको छ। उक्त क्षेत्रमा गोजमुमोले आफ्नो उम्मेद्वार खडा गर्नुको साथै गोर्खा डेमोक्रेटिक फ्रण्ट (जीडीएफ)लाई समेत चुनौति दिंदै चौहानको जित निश्चित रहेको दाबी गरे पनि जीडीएफ प्रार्थी भुपेन्द्र छेत्रीको झोलिमा भने मोर्चाको भन्दा धेरै भोट खसेको छ। जीडीएफ प्रार्थी भुपेन्द्र छेत्रीले मोठ २ हजार ६ सय १९ भोट पाएका छन भने मोर्चा पार्थी भन्दा २हजार १सय ७६ भोटले अघि रहेका छन्। उक्त क्षेत्रबाट भाजपा प्रार्थी गणेष जोसिले २८हजार ७ भोट प्राप्त गरेर बिजय बनेका छन् भने कङ्ग्रेस प्रार्थी जोत्सिङ धनसोला १८ हजार २ सय ८१ भोट पाएर दोस्रो स्थानमा रहेका छन। यता निर्दलीय प्रार्थी गोदावरी थापली(थापा)ले ९हजार ३सय ३ भोट पाएर तेस्रो स्थानमा पुगेका छन् भने गोजमुमो प्रार्थी आठौं स्थानमा रहेका छन्। यस सम्बनधमा जीडीएफका अध्यक्ष सुर्यबिक्रम शाहीले टेलिफोनिक कुराकानी गर्दै चुनावमा आफ्नो प्रार्थीको हारमा कुनै गुनासो नरहेको बताउँदै यसपल्टको चुनावमा गोर्खा जातिको परिचय गराउँन सकेको दाबी गरे। तिनले चुनावमा हारे पनि समाज बिकास अनि गोर्खाहरिको राष्ट्रिय राजनैतिक सुरक्षाको निम्ति संधै अग्रसर बनेर काम गरिरहेने जानकारी दिए। यसपल्ट अनुकुल परिस्थिति नभएको कारण चुनावमा आफ्नो प्रार्थीको हार भएको बताउँदै आगमी चुनवहरुमा जीडीएलले महत्वपूर्ण भूमिका निभाउँने दाबी गरे। यसै सन्दर्भमा तिनले गोजमुमो प्रार्थीको पराजयबारे प्रश्न राख्दा गपोजमुमो पार्टीको उत्तर खण्डमा कुनै अस्तित्व नरहेको दाबी गर्दै मोर्चाले आफ्नो समर्थनमा मान्छे नपाएर नै उम्मेद्वार समेत अगोर्खा खडा गर्न बाध्य बनेको दाबी गरे।
अर्कोतिर उत्तखण्ड क्रान्ति दलका नेता सञ्जय मल्लले टेलिफोनिक कुराकानी गर्दै गोजमुमोले पैसाको बलमा आफ्नो उम्मेद्वार चुनावी मैदानमा उतारेको दाबी गरे। तिनले जगदिश चौहान बिगत उत्तखण्ड क्रान्ति दलका नेता नै रहेको जानकारी दिंदै तिनी मौकावादी नेता रहेको दाबी गरे। जगदिश चौहान नितान्त गोर्खा बिरोधी रहेको कारण तिनको समर्थनमा कोहि मानिसहरु नभएको बताउँदै मोर्चाले यस्तो मौकावादी मानिसहरुको पछि लागेर राम्रो कार्य नगरेको बताए। गोर्खाहरुकलो राष्ट्रिय राजनैतिक सुरक्षाको निम्ति उत्तखण्ड क्रान्ति दल संधै तत्पर रहेको बताउँदै गोजमुमो पार्टीको वास्तमा उत्तरखण्डमा कुनै जनता नै नरहेको दाबी गरे। तिनले जगदिश चौहानले बिगत दिनहरुमा गोर्खा बिरोधी काम गरेको कारण तिनलाई गोर्खाहरुको नेता मानेर मोर्चाले खडा गर्नु भूल धारणा रहेको बताउँदै गोजमुमो पार्टीले यस्ता गोर्खा बिरोधी मानिसहरुलाई प्रोत्साहन दिन नहुने तिनले बिचार व्यक्त गरे। गोजमुमोले केवल पैसाजको भरमा यहाँ चुनाव लडेको दाबी गर्दै पैसाको बलमा चुनाव लड्नु कुनै ठूलो कुरो होईन भनि सञ्जय मल्लले थप बताए।
Post a Comment
We love to hear from you! What's on your mind?