मंग्पू | २८ मार्च: मंग्पू निर्मला स्वनिर्भर दलको तत्वधानमा सनराइज नर्सरी स्कूल नाली डाँडा (Sunrise Nursery School, Nalidara, Mungpoo) मा एचआइभी जस्ता संक्रामक रोग माथि सचेतना कार्यक्रम सम्पन्न भयो | सीआइएनआई( एनजीओ) को प्राजोजनामा उक्त रगत जाँच शिविर सम्पन्न भएको थियो भने एचआइभी जस्तो रोग माथि सीआइएनआइका अधिकारीवर्गले चेतना मुलक जानकारी गराए | यस शिविरमा ८१ जना मानिसहरुले आफ्नो रगत जाँच गराए | उक्त कार्यक्रममा मंग्पू सरकारी अस्पताल( Mungpoo Govt. Hospital) डाक्टर र कर्मचारीवर्गले पनि सहयोग पुराएका थिए | त्यस कार्यक्रममा सीआइएनआइ बाट प्रिय छेत्री, मनिषा राना, लाक्पा तामांग र प्रतिक राई उपस्थित रहेका थिए भने निर्मला स्वनिर्भर दलका संयोजक सुबास तामांगले आगमी दिनमा पनि सीआइएन आइ र स्वनिर्भर दलको संयुक्त प्रयासमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिने जानकारी दिएका छन् |
मंग्पूमा रगत जाँच र एचआइभी एड्स बारे चेतना मुलक कार्यक्रम
28Mar2012
Post a Comment