डी के
वाइबा: कालेबुङ 21 मई: गोजमुमो
पार्टीले सम्झौता गरेको जीटीएमा दुई दर्जन भूल छ भनेर गोर्खाल्य़ाण्डा टास्क
फोर्सले दबी गरेपछि सुरु भएको टास्क फोर्स अनि मोर्काको वाकयुद्ध रोकिने कुनै छाँट
देखिएको छैन। टास्क फोर्सले सम्झौता पत्रमा भूल रहेको दाबी गरेपछि गोजमुमो सहसचिव
बिनय तामङले टास्क फोर्सलाई चुनौति उक्त भूल 15
दिन भित्र सार्बजनिक गर्नुपर्ने नत्र टास्क फोर्सलाई टिस्टामा बगाउँनु भनि डम्बर
चौकबाट जनसभामा भनेका थिए। यसका साथै तिनले सम्झौता पत्रमा रहेको भूल सार्बजनिक
गर्न प्यानल डिस्कसन समेत गर्नु भनेर चुनौति दिएपछि टास्क फोर्सले मोर्चाको
चुनौतिलाई स्वीकार गर्दै उक्त प्यानल डिस्कसन दिल्लीको कन्सटिट्युसन क्लबमा आयोजना
गर्न मोर्चा सहसचिव बिनय तामङलाई पत्रचार गरेको छ। टास्क
फोर्सले मोर्चाको सम्झौता पत्रमा रहेको भूल अनि जनता गोर्खाल्याण्डको पक्षमा छ
अथवा गोर्खाल्याण्डको पक्षमा छ भन्ने कुरा समस्त देशभरीका बुद्धिजीविहरुलाई लिएर
आयोजना गर्ने बताए पछि मोर्चा सहसचिव बिनय तामङले दिल्लीमा प्यानल डिस्कसन होईन
दार्जीलिङ पहाड अथवा तराई डुवर्सको कुनै पनि ईलाकामा राख्नु भनेका थिए। यसका साथै
तिनले टास्क फोर्सले प्यानल डिस्कसनमा मोर्चालाई कुनै निमन्त्रणा दिएको छैन भनेर
केहि दिन अघि भने पछि आज टास्क फोर्सका महासचिव मुनिष तामङले मोर्चालाई पठाएको
पत्र सार्बजनिक गरेका छन। तिनले मोर्चा सहसचिव बिनय तामङलाई पठाएको सार्बजनिक गरेर
तिनले दिएको चुनैतिलाई टास्क फोर्साले स्वीकार गरेर प्यानल डिस्कसन दिल्लीको कन्सटिट्युसन
क्लबमा राखेको पत्रमा लेखेका छन। टास्क फोर्सले आयोजना गरेको प्यानल डिस्कसनमा गोजमुमो
पार्टीका अध्यक्ष अनि तिनले चुनेका एकजन प्रतिनिधी साथै टास्क फोर्सका अध्यक्ष अनि
एकजना थप प्रतिनिधी रहनेछन भनेर पत्रमा लेखेका छन। यस अवसरमा उक्त प्यानल डिस्कसनमा
दुवै पक्षमाझ तर्क भए पछि अन्तमा सबै बुद्धिजीविहरुले तर्कमाभग लिनेछन भनेर पत्रमा
स्पष्ट लेखेका छन। तर यता केहिदिन अघिमात्र मोर्चा सहसचिव बिनय तामङले पत्र नपाएको
बताए पछि टास्क फोर्सका महासचिव मुनिष तामङले उक्त कुरा हाँस्यस्पद रहेको बताउँदै बिनय
तामङले पत्र नपाएको कुरा झूटो रहेको दाबी गरेका छन।
टास्क फोर्सले मोर्चालाई पठाएको पत्र सार्बजनिक गर्यो
21May2012
Post a Comment