स्व मदन तामङको श्रद्धाञ्जली कार्यक्रममा बोलाए बिधायकको हैसियतमा जानेछु तर पार्टी जोईन गर्नु होईन – डा हर्कबहादुर छेत्री

डी के वाइबा: कालेबुङ 17 मई : अभागोली नेता स्व मदन तामङको दार्जीलिङमा हुने श्रद्धाञ्जली कार्यक्रममा पहाडको शक्तिशाली राजनैतिक दल गोजमुमो छोडेर अन्य सबै दलहरु एकत्रित हुने कुराबारे कालेबुङका बिधायक डा हर्क बहादुर छेत्री संग जान्न चाँहदा तिनले उक्त एकत्रित हुने कुरा स्वागत योग्य हो भनि जनाएका छन। तिनले पत्रकारहरुसित कुराकानी गर्दै स्व मदन तामङसित आफुले संगै बसेर 29 वर्ष काम गरेको बताउँदै तिनको श्रद्धञ्जली कार्यक्रममा आफुलाई निमन्त्रणा पठाएको खण्डमा बिधायक भएको नाताले पनि श्रद्धाञ्जली जनाउँन सहभागी बन्ने बताएका छन। तिनले मदन तामङको पुण्यतिथीमा बिभिन्न दलहरु एकत्रित हुने कुरा स्वागतयोग्यको बताउँदै प्रजातन्त्रमा एउटा दल मात्र हुनु हुँदैन भन्दै राम्रो बिपक्षीदल हुनपर्छ भने। प्रजातन्त्रमा एक्लो दल ठिक होईन त्यसैले बलियो बिपक्षी दल हुन आवश्यक छ। बिपक्षी दलहरु राम्रो भए कामकुरा पनि राम्रो हुन्छ। राम्रो बिपक्षी दलहरुले यहाँको मुद्दालाई समेत अघि बडाउँने काम गर्नुपर्छ। आज मदन तामङको पुण्यतिथीमा सबै दलहरु एक हुने कुरा गर्दैछ यो राम्रो हो तर, मृत ब्यक्तिको काँधमा बन्दुक राखेर राजनीति गर्नु भने हुँदैन। किन भने मृत व्यक्तिको काँधमा बेताल मात्र चडछ- डा छेत्रीले भने। यसै सिलसिलामा तिनले पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिदै यदि मदन तामङको पुण्यतिथीलाई बिपक्षी दलहरुले पुन: जुर्मुराएर उठने राजनीति गरेको हो भने म त्यहाँ गएर किन ओईलाएको झारमा पानी हाल्ने काम गर्नु ? भनि उल्टै प्रश्न गरे। यदि आफुलाई उक्त श्रद्धाञ्जली कार्यक्रममा नबिलाएअ] पनि स्व मदन तामङलाई श्रद्धाञ्जली जनाउँने बताउँदै मदन तामङ र आफ्नो सम्बन्ध दाजु भाईको थियो भनि पत्रकारहरुलाई डा छेत्रीले बताए। यसि क्रममा तिनले यदि मदन तामङको श्रद्धाञ्जली कार्यक्रममा बोलाएर गाए आफु केवल श्रद्धाञ्जली जनाउँन मात्र जाने तर कुनै राजनैतिक पार्टीमा समावेश हुन नजाने कुरा पनि सबैलाई स्पष्ट रुपमा बताए। मदन तामङको श्रद्धाञ्जली गर्नु राम्रो रहेको बताउँदै तिनको श्रद्धाञ्जली कार्यक्रमको बहना बनाएर यदि कसैले राजनीति गर्न चाहेका हुन भने तिनीहरुले मदन तामङकद नाममा राजनीति नगरेर आफ्नै बुँतामा गरी जनताको विश्वास जित्नु भनि सुझाव दिएका छन। आज पहाडमा बलियो बिपक्षी दलहरु हुन नसक्नु बिपक्षी दलहरुको कुनै राम्रि कार्यक्रम नभएको साथै जनताको अघि कुनै कार्यक्रम नभएर विश्वास जित्न नसकेको दाबी गर्दै राजनीति गर्नेहरुले पहिले जनताको बिश्वास जित्न आवश्यक छ भनि जनाए। यसै क्रममा तिनले पत्रकारहरुले सोधेको प्रश्नको जवाद दिदै तराई डुवर्सको निम्ति गठित सामुएल सेनको रिपोर्ट सार्बजनिक भए जनता आतङकित हुनेछ भनेर माकपा पार्टीले घरि घरी लगाईरहेको आरोप निराधार रहेकोप दाबी गर्दै उक्त रिपोर्ट आए पछि माकपाले तराई डुवर्समा गोर्खाहरु छेन भनि दाबी गरिरहेको कुरा झूटो साबित हुने डरले माकपा पार्टीनै वास्तवमा आतङकित बनिरहेको उल्टो आरोप लगाएका छन। अर्कोतिर मदन तामङको श्राद्धाञ्जली कार्यक्रमा सबै राजनैतिक दलहरुलाई बोलाएको भएता पनि सबै दलहरु आउँला के भन्ने प्रश्न गर्दै यदि आएर एउटै मञ्चमा बसे उनीहरु पदको निम्ति झगडा गर्न सक्ने बताउँदै यसले जीटीएलाई कुनै प्रभाव पार्न नसक्ने पनि दाबी गरेका छन।

अभागोली नेता स्व मदन तामङको दार्जीलिङमा हुने श्रद्धाञ्जली कार्यक्रममा पहाडको शक्तिशाली राजनैतिक दल गोजमुमो छोडेर अन्य सबै दलहरु एकत्रित हुने कुराबारे कालेबुङका बिधायक डा हर्क बहादुर छेत्री संग जान्न चाँहदा

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.