Mungpoo Cinchona and medicinal Plant to participate in Milan Mela Kolkota
मंग्पू | केशर मोक्तान: राज्य सरकार द्वारा कोलकातामा आयोजित मिलन मेलामा मंग्पू सिन्कोना बगानबाट पनि औषधीय पौदाहरु अनि पुष्प प्रदर्शन गर्ने भएको छ | उक्त मेलाको उद्घाटन राज्यका मुख्य मन्त्री ममता ब्यनार्जीले १९ मई बेलुकी चार बजे सल्ट लेकमा गरिने जानकारी पाइएको छ | आज मंग्पूबाट सिन्कोना एवम अन्य औषधीय पौदाहरुका निर्देशक डा० जी० सी० सुब्बा ज्ञान चन्द्र सुब्बाको अगुवाईमा २२ जनाको टोली कोलकता प्रस्थान गरेका छन् | सिन्कोना बगान निर्देशकले बताए अनुसार पहाडमा हुने औषधीय बनस्पति पौदाहरु जस्तै सिन्कोना, एपिकेक, डाइसकोरिया, रबर, सुन्तला, झ्यांग्रे सल्ला साथै एरोमेटिक प्लान्ट मेंथा अनि पचौली प्रमुख रहेको छ भने फूलहरुमा अर्किडलाई प्रमुखता दिएको छ | जम्मा २२ देखि ३० वटा फल फूल तथा औषधीय पौदाहरु सिन्कोनाबाट मिलन मेलामा प्रदर्शनीको निम्ति लागिएको जानकारी बगान निर्देशकले दिए | यस भन्दा अघि पनि भारतको विभिन्न ठाउँहरुमा सिन्कोनाको पक्षबाट फल फूल तथा औषधीय पौदाहरु प्रदर्शन गरेर सिन्कोनाले धेरै प्रसंसा साथै पुरस्कार हत्याएको छ भने गत फरवरी महिना २०१२ मा भारत सरकार द्वारा हावडामा आयोजित बोटानिकल सोर्स अफ इन्डिया " कार्यक्रम अन्तर्गत सिन्कोनाले ९ वटा पुरस्कार हत्याउन सक्षम बनेको जानकारी सिन्कोना निर्देशकले दिएका छन् | यसपल्ट पनि सिन्कोनाबाट फल - फूल साथै औषधीय पौदाहरुको प्रदर्शनीमा पुन: सफलता हात पार्न सिन्कोना निर्देशक टोली विश्वास्त रहेको छ | यसरी सरकारले बारम्बार यस्तो प्रदर्शनी कार्यक्रमहरु आयोजना गरेकोले कृषकहरुलाई धेरै नै हौसला प्राप्त भएको छ | साथै मंग्पू सिन्कोना बगान निर्देशक डा० सुब्बाले स्थानीय युवाहरुलाई पुष्प प्रदर्शनीमा लगेर उनीहरुको व्यवसायमा नयाँ जोश थप्ने काम गरेको स्पष्ट बुझिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?