Darjeeling is Smiling Now - Mamata Banerjee

कोलकोता| केशर मोक्तान: हाम्रो सरकारले एक वर्ष भित्रमा जंगल महल सिन्गुर र पहाडको समस्या समाधान गरेको छ | दार्जीलिंग इज स्माइलिंग नाउ " Darjeeling is Smiling Now" भन्दै प्रगति मेला समारोहलाई सम्बोधन गर्दै मुख्य मन्त्री ममता ब्यनार्जीले बताइन | यसै घरी राज्यपाल एम० के० नारायणले पनि एक वर्ष भित्र यस सरकारले तीनवटा ठाउँ सिन्गुर, जंगल महल र पहाडको समस्या समाधान गरेको बताए | मुख्यमन्त्रीले एक वर्ष भित्रमा राज्यमा थुप्रै विकाश गरेको कुरा बताउँदै त्रिन्मुल सरकारले शुन्यबाट शुरु गरेर धेरैवटा बिकासमूलक कार्य गरेको बताए | सिन्गुरमा जमीन अधिग्रहण गरेका कृषकहरुलाई एक वर्षसम्म प्रत्येक महिना एक हजार रुपियाँ गरेर राज्य सरकारले दिने घोषणा मुख्यमन्त्रीले गरिन | पहाडबारे बोल्दै मन्त्रीले पहाडमा बिकासमूलक कार्यहरु गरिरहेको र पहाडको समस्या त्रिन्मूल सरकारले समाधान गरेको ठोकुवा गरिन , उनले दार्जीलिंग पहाडमा राम्रो पर्यटन स्थल बनाउने घोषणा पनि गरिन | राज्य सरकारले एक वर्षभित्रमा सफलतापूर्वक बिकास कार्य गरेकोमा आज प्रगति उत्सव पालन गरिएको बताउँदै यस प्रगति उत्सव मिलन मेलामा सरकारले ७२ विभाग मध्ये ७० विभागको इस्टल तथा यहाँ ल्याएको बताए | राज्यपाल तथा मुख्यमन्त्रीले दीप जलन गरेर शुरु गरेको यस १७ देखि २६ मई सम्म सम्पन्न हुने यस उत्सव मेलाको अवलोकन सबैले गर्ने मन्त्रीले जनाइन | मन्त्री समर घोषले स्वागत संभाषण राखेको मेलामा राज्यका श्रमिक तथा केन्द्रिय रेल मन्त्री मुकुल रोय, शिक्षा मन्त्री, पार्थ च्याटर्जी, नर्थ बंगाल बिकास मन्त्री गौतम देव लगायत सम्पूर्ण विभागका मन्त्री तथा सचिवहरु उपस्थित रहेका थिए | 

हाम्रो सरकारले एक वर्ष भित्रमा जंगल महल सिन्गुर र पहाडको समस्या समाधान गरेको छ | दार्जीलिंग इज स्माइलिंग नाउ " Darjeeling is Smiling Now"

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.