मंग्पू | केशर मोक्तान: प्राय: २५ वर्षको अन्तराल पछि दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन साथै मोर्चाको प्रायसमा १९८७ साल देखि सिन्कोना श्रमिकको नबढेको बेसिक पे २१.६२ पैसाबाट एकै चोटि बढेर १२७ रुपियाँ भएको छ | बढेको १२७ रुपियामा डीए जोडेर सिन्कोना श्रमिकवर्गको दैनिक हजिरा १७१ रुपियाँ यसै जून महिना देखि पाउने जानकारी आज मंग्पूमा पत्रकार सम्मेलन डाकेर दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन केन्द्रिय समिति सचिव गगन राईले बताएका छन् | सम्मेलनमा मोर्चा केन्द्रीय समिति सांगठानिक सचिव रतन थापा, मोर्चा मंग्पू जोन अध्यक्ष प्रदीप छेत्री अनि सचिव रतन लामा पनि उपस्थित रहेका थिए |
सरकारले सिन्कोना श्रमिकहरुमाथि यत्रो अन्याय गरेर राखेको हुँदा पनि पहिले कुनै पनि राजनैतिक पार्टी तथा ट्रेड युनियनले यसबारे बोलिदिएको थिएन भन्दै युनियन सचिव गगन राईले २००७ देखि गोजमुमो नेतृत्व तथा यसकै भात्री संगठन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनको लगातार प्रयासमा आज सिन्कोना श्रमिकको रोजवृदि भएको ठोकुवा गरे | राज्य सरकारले बेसिक पे बढोत्तरी भएको सरकारी आदेश जारी गरेपछि मोर्चा नेतृत्व, युनियन साथै सिन्कोनाबासी,श्रमिकवर्गमा खुशीको लहर छाएको छ | बढेको दैनिक हजिरा २७ सेप्टेम्बर २०११ देखि नै लागु भएतापनि सरकारी आदेश जारी आजदेखि भएकोले यसै जून महिनाको तलब देखि श्रमिकहरुले पाउने अनि सेप्टेम्बर देखि मई २०१२ सम्म बढोत्तरी भएको बेसिक पे बढपैसाको आधारमा चाडै नै दिने युनियन सचिव गगन राइले बताएका छन् | आज पर्यान्त सिन्कोना श्रमिकको हितमा कुनै पनि नगरेको र गोरामुमो शासनकालमा सुबास घिसिंगले सिन्कोनाबासीलाई सानी आमाको व्यवहार गरेको कारण नै सिन्कोना श्रमिकहरुले आफ्नो हक र अधिकारको निम्ति बंचित रहनु परेको कुरो मोर्चा केन्द्रिय समिति सांगठनिक सचिव रतन थापाले पत्रकारहरुलाई बताए | सचिव रतन थापाले सिन्कोना श्रमिकबर्गको हितमा मोर्चा र दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनले कानुनी तौरमा आन्दोलन गरेको फलस्वरुप: आज सिन्कोना श्रमिकको बेसिक पे मा बढोत्तरी हुनु हो र यो पार्टी र युनियनबाट ऐतिहासिक उपलब्दी पनि हो भनि बताए | गत ७ मई र १४ मईको दिन लगातार रुपमा युनियन प्रतिनिधिगण संग आफू पनि कोलकाता गएर हर्टिकल्चर विभाग मन्त्री र सचिवसित बैठक गरि सिन्कोना श्रमिकको बेसिक पे बढोत्तरी सम्बन्धमा वार्तालाप गरेको कारण नै यसै जून महिना देखि सिन्कोना श्रमिकको बेसिक पे बढेको कुरो सचिव थापाले जनाएका छन् | मोर्चा अध्यक्ष बिमल गुरुङको कुशल नेतृत्वको कारण आज उक्त कार्य गर्नमा सफल बनेको बताउँदै अध्यक्ष गुरुङ प्रति सिन्कोनाबासीको पक्षमा आभार व्यक्त गरेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?