१९ लाख रुपियाँमा रबर बिक्री भएको १५ दिनपछि १० करोड रुपियाँमा सिन्कोना बोक्रा बिक्री

केशर मोक्तान | मंग्पू : विश्व बजारमा सिन्कोना बोक्रा ( कुइनेन) को बढ्दो मागको फलस्वरूप मलेरियाको रामवाण औषधि सिन्कोना बोक्रा हालमा सम्भवत: दश करोड रुपिया बराबरको मूल्यमा बिक्री भएको जानकारी सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बाले दिएका छन् | गत २१ जूनको दिन मंग्पू  सिन्कोना निर्देशालयमा सिन्कोना बोक्राको लिलामी( टेन्डर) भएको थियो भने सिलिगुडीका अग्रवाल कन्स्ट्रकसन अनि महाकाल एक्सपोर्ट एजेन्सीले प्रति किलो सिन्कोना बोक्राको मुल्य ८९  रुपिया गरेर टेन्डर हालेको जानकारी निर्देशकले दिएका छन् | हालमा मंग्पू , रोंगो, मंसोंग र लाठ पन्चरमा १२ हजार टन सिन्कोना बोक्रा गोदामहरुमा राखिएको छ भने सिन्कोना विभागले यसपल्ट दश हजार टन सिन्कोना बोक्रा बिक्री गरेको जानकारी छ | उक्त दुई वटा कम्पनीहरुले जूलाई महिनाको अन्तदेखि सिन्कोना बगानबाट दश हजार टन सिन्कोना बोक्रा लाने भएको छ | बिक्री भएको सिन्कोनाको बोक्राको मूल्य राज्य सरकारलाई जाने बगान निर्देशक डा० सुब्बाले जनाएका छन् | पहिले एकपल्ट ३८ रुपियाँ र पछिबाट ५० रुपियाँ प्रति किलो सम्म बिक्री भएकोमा सिन्कोना बोक्रा यसपल्ट ८९ रुपियाँ प्रति किलो ग्राम बिक्री भएकोमा निर्देशक डा० सुब्बाले हर्ष प्रकट गर्दै सिन्कोना खेती अझ बृहत रुपमा बढाउने बताए | यहाँबाट सिन्कोना बोक्रा कम्पनीले लैजान साथ पुरानो सिन्कोना रुखलाई उगलाई गरेर त्यस ठाउँमा बृहत रुपमा नयाँ सिन्कोनाको बोट लगाउने योजना रहेको बगान निर्देशकले बताएका छन् | बगानमा अन्य औषधीय पौदाहरु र फल फूलहरु संगै सिन्कोनाको खेती पनि अब उसो बृहत रुपमा गर्ने बताउँदै  हालमा पनि बगानको खाली जमीनहरुमा सिन्कोनाको खेती गरिरहेको उनले बताएका छन् |
अर्कोतिर  १५ दिन अघि मात्र १९ लाख रुपियाँमा रबर बिक्री गरिएको जानकारी बगान निर्देशकले दिए भने हालमा सिन्कोना बगानमा रबरको खेती पनि राम्रो सित भइरहेको बताउँदै गतवर्ष बगानमा लगाएको रबर खेतीबाट १४ लाख मूल्य बराबरको रबर बिक्री भएको थियो भने यसपल्ट १९ लाख रुपियाँमा रबर बिक्री भएकोले आफू यसमा सन्तुष्ट रहेको पनि निर्देशक सुब्बाले जानकारी दिएका छन् | आगमी वर्ष सिन्कोना बगानमा लगाइएको रबर खेतीबाट ३० लाख रुपियाँ सम्मको रबर उत्पादन हुनसक्ने बताउँदै प्रत्येक वर्ष रबर खेतीको उत्पादन सिन्कोनामा बढ्दै गएको उनले बताए | 
अर्कोतिर रोंगोमा अवस्थित डायोजेंनिन कारखानालाई पनि आधुनिकरण गरेर चलाउने आफ्नो प्रयास र सरकारको पनि योजना रहेको बताउँदै यसै कारखानाबाट अन्य डाइबेटिनका औषधिहरु बनाउने योजना पनि रहेको उनले जनाए | 
विश्व बजारमा सिन्थेटिक कुइनेंन निस्केको कारण देखाएर पूर्ण रुपमा सरकारले यहाँको कुइनेन सिन्कोना बोक्राको हजारौ टन बिक्री हुदैन भनेर यहाँ कै गोदामहरुमा आजसम्म कुहाएर राखिरहेको थियो भने बगानमा भुमिपुत्र निर्देशक डा० ज्ञानचन्द्र सुब्बा भारप्राप्त निर्देशकको पदमा पदभार सम्हालेर आएदेखि यता सिन्कोना
बोक्रा, एपिकेक तथा रबर लगायत अन्य औषधिमूलक पौदाहरु बिक्री उचित मुल्यमा भएको थाहा लागेको छ | सिन्कोना बगान निर्देशकको साथमा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनको प्रतिनिधिहरुले सरकारसित बारम्बार लडाई गरेर नै बगानमा सुधार भइरहेको र श्रमिकवर्गले पनि सहुलियतहरु पाइरहेको तितो सत्य आज कसैको नजरबाट ओझेल भएको छैन | यसरी बगानमा रहेको हजारौं टन सिन्कोनाको बोक्रा कडोरौँ  रुपियाँमा बिक्री भएको कर भने राज्य सरकारलाई नै जाने अनि  आफूले  राज्य सरकारलाई धेरै सालदेखि बन्द अवस्थामा रहेको मंग्पू सिन्कोना कारखाना तथा रोंगो सिन्कोना बगानमा अवस्थित डायोजेनिन कारखाना चाडै नै आधुनिकरण गरेर खुलाउन पर्ने सन्दर्भमा सरकारलाई माग गर्ने  तथा सिन्कोना बगानका भुइचालो पिडित परिवारले पनि सरकारबाट राहत पाउन पर्ने विषयमा कुरा राख्ने निर्देशक सुब्बाले बताएका छन् |


विश्व बजारमा सिन्कोना बोक्रा ( कुइनेन) को बढ्दो मागको फलस्वरूप मलेरियाको रामवाण औषधि सिन्कोना बोक्रा हालमा सम्भवत: दश करोड रुपिया बराबरको मूल्यमा बिक्री भएको जानकारी सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बाले दिएका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.