जीटीए चुनाउको ज्वरो : मोर्चा प्रमुख बिमल गुरुङ चुनाउ प्रचारमा कालेबुङ आउने

डी के वाइबा: कालेबुङ 15 जुलाई:  आगमी  29 जुलाईमा हुने जीटीए चुनाउमा 45 वटा सिटहरु मध्ये एउटा सिटमा पनि गोजमुमो प्रार्थी पराजय भए राजनीतिबाट सन्यास लिनेछु भनि अगावै घोषणा गरिसकेका बिमल गुरुङ राजनीतिबाट सन्यास नलिनकै निम्ति चुनाउ प्रचारमा कालेबुङ आउने भएका छन। दार्जीलिङ अनि खर्साङ क्षेत्रको धेर आशनहरुमा मोर्चाले निर्बिरोध बिजय हासिल गरिसकेको भए पनि कालेबुङको 9 वटा सिटहरुमा भने तृणमूल कणग्रेसले मोर्चालाए चुनौति दिदै प्रार्थीहरु खडा गरेको छ। तृणमूल कङ्ग्रेससंग मोर्चाको कालेबुङमा सोझो टक्कर हुने भएको कारण कतिपय सिटहरुबाट पराजयको सामना गर्न पर्ने सम्भावनाले मोर्चा प्रमुख गुरुङ नै अन्तमा चुनाउ प्रचारको निम्ति आईरहेका छन। यहाँको मोठ 13 वटा सिटहरु मध्ये 4 वटा सिटहरुमा मोर्चाले अघिबाटै निर्बिरोध बिजय हासिल गरिसकेको छ भने रहल 9 वटा सिटहरुमा भने संघर्ष गर्नुपर्ने भएको छ। यसमध्ये 41 नबर निम्बोङ गितडाब्लिङ समष्टिबाट गोजमुमो पार्टीका प्रार्थी कल्याण देवानलाई चुनैति दिदै तृणमूल कङ्ग्रेस सगै मोर्चाकै निर्दलीय प्रार्थीखडा भएका छन। यस्तो परिस्थितिमा यदि कुनै एउटा सिटमा पराजयको सामना गर्नु परे मोर्चा प्रमुख बिमल गुरुङले राजनीतिबाट सन्यास लिनेछु भनेको बचनलाई पालन गर्नु नगर्नु भबिष्यकै कुरा भए पनि पराजय बनेर लज्जास्पद बन्न अघि नै तिनी मोर्चा सम्हाल्न मैदान उत्रने भएका छन। कालेबुङ महकुमा क्षेत्रको रहल 9 वटा सिटहरु पनि मोर्चाले आफ्नो झोलिमा हाल्न कम्मर कसेको छ। कालेबुङमा घरी-घरी राजनैतिक अस्थितरता आइरहने हुनाले अनि जिल्लाभरिमा कालेबुङबटा नै यसपल्ट 9 वटा आसनमा मोर्चाको प्रत्यासिको रूपाम 9 वटा आसनमा तृणूमूल प्रर्थी अनि एक आसनमा निर्दलीय उम्मेदवार पनि रहकोले मोर्चा अध्यक्षको नजर अहिले कालेबुङमा आएर अडेको छ। यसैले चुनाउ प्रचाराम उनी स्वंय कालेबुङ आउने भएका छन्‌। कालेबुङका चुनाव प्रभारी विनय तामङले भनेअनुसार 19 जुलाईदेखि 23 जूनसम्मको निम्ति विमल गुरुङ चुनाउ प्रचार गर्न कालेबुङ आउनेछन्‌। यसै क्रममा 43 नम्बर गोरूबथान समष्टिका मोर्चा उम्मेदवार चन्द्र योञ्जन, 44 नम्बर साम्‌सिङ-कुमाई समष्टिबाट सामुएल गुरुङ अनि 45 नम्बर रोङ्गो-तोदे-जलढकाका लोपसाङ लामाको भोटको अपिल गर्न यी तीनवटा समष्टीलाई लिएर विमल गुरुङले कुमानीमा सम्पन्न हुन गइरहेको 19 जुलाईको जनसाभालाई सम्बोधन गर्नेछन्‌। यसरी नै भोलिपल्ट 20 जुलाईको दिन 42 नम्बर रेली समथार समष्टिका मोर्चा उम्मेदवार डा. आरबी भुजेलको चुनाउ प्रचारको निम्ति समथारमा आयोजित जनसभामा पनि गुरुङ प्रमुख रुपमा उपस्थित रहनेछन्‌। यसरी नै कालेबुङमा अहिलेसम्मको मोर्चाको निम्ति सबैभन्दा संवेदनशील अनि चुनौतिपूर्ण क्षेत्र 41 नम्बर गीतडाव्लीङ-निम्बोङ समष्टिमा  मोर्चा उम्मेदवार कल्याण देवानको पक्षमा चुनाउ प्रचारमा 21 जुलाईमा समथारमा राखिएको जनसभामा गुरुङ उपस्थित रहनेछन्‌। यसरी नै 40 नम्बर पेदोङ, 38 नम्बर लाभा-लिङ्‌ग्से अनि 37 नम्बर अलगडा-दलपचन्द समष्टिलाई लिएर 22 जुलाईमा अलगडामा मोर्चाको जनसभा रहेको छ जुन जनसबाबाट 40 नम्बर 40 नम्बर पेदोङ समष्टिमा मोर्चा उम्मेदवार दावा लेप्चा, 38 नम्बर लाभा-लिङ्‌ग्से समष्टिका सीपी पौड्याल अनि अनि 37 नम्बर अलगडा-दलपचन्दका कल्पना तामाङको निम्ति मोर्चा अध्यक्षले सोही सनसभाबाट भोटको अपिल गर्नेछन्‌। यसरी नै 23 मा छिबो-टासिडिङ समष्टिलाई लिएर गरिने जनसभाको स्थल केही दिनमा तय हुने विनय तामाङले बताए। कालेबुङमा 9 वटा आसनमा हुने चुनाउलाई लिएर जिल्लभरिबाट नै मोर्चाको निर्विरोध उम्मेदवारहरू आजदेखि नै कालेबुङ आएऱ चुनाउ प्रचार गर्न शुरु गरेका छन्‌। जसमा रिम्बिक लोदमा समष्टिबाट निर्विरोेध उम्मेद्वार प्रकाश गुरुङ, मङ्गु लाटपञ्चरबाट रतन थापा, खरसाङ टाउनबाट योगेन राई कालेबुङमा चुनाउ प्रचारमा लागीपरेको विनय तामाङले जानकारी दिए। 44 महिना आन्दोलन गरेर ल्याएको मोर्चाको उपलब्धि जीटीए चुनाउमा यस्पल्ट मोर्चाले सय प्रतिशत सिटहरुमा निर्बिरोध चुनाउ जित्ने आशा साँचेको भए पनि राज्यको सत्तासिन पार्टी तृणमूल कङ्ग्रेसले मोर्चालाई चुनौति दिएको छ। यस्तो परिस्थिमा मोर्चाका निर्बिरोध प्रार्थीहरु कालेबुङका प्रार्थीहरुको प्रचारमा धुरिन थालेका छन भने अन्तमा गोजमुमो पार्टी प्रमुख बिमल गुरुङ समेत यहाँ चुनाउ प्रचार गर्न आउने भएको कारण कालेबुङमा चुनावी द्वन्द्व निकै गजब हुने देखिएको छ।

आगमी 29 जुलाईमा हुने जीटीए चुनाउमा 45 वटा सिटहरु मध्ये एउटा सिटमा पनि गोजमुमो प्रार्थी पराजय भए राजनीतिबाट सन्यास लिनेछु भनि अगावै घोषणा

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.