जीटीए सम्झौता दिवसलाई टास्क फोर्सले कालो दिवसको रुपमा पालन गर्‍यो

कालेबुङ 18 जुलाई: जीटीए सम्झौता भएको ठीक एक वर्ष पछि गोजमुमो पार्टीले सम्झौता दिवस पाल गर्न अघिनै बिभिन्न राजनैतिक पार्टीहरुको सयुक्त मञ्च गोर्खाल्याण्ड टास्क फोर्स (गोटाफो)ले जीटीए सम्झौता दिवसलाई ‘कालो दिवस’ को रुपमा पालन गर्‍यो। टास्क फोर्सले आज जीटीए सम्झौता दिवसलाई कालो दिवसको रुपमा पालन गर्दै यहाँको बिभिन्न स्थानहरुमा जीटीएको बिरोध गर्दै पोष्टरिङ गरेको छ। लकभक साढे एघार बजेतिर टास्क पोर्सका कार्यकर्ताहरु यहाँको महकुमा कार्यलय अघिदेखि थाना डाँडा, बसस्ट्याण्ड अनि डम्बर चौकमा भेला भएर गोजमुमो पार्टीले सम्झौता गरेको जीटीएको बिरोध गर्दै पोष्टरिङ गरेको छ। टास्क फोर्सले जीटीए बिरुद्ध पोष्टरिङ गर्दा कुनै गोजमुमो पार्टीसित झडप हुने सम्भावनालाई मध्यनजर राखेर पुलिस फोर्स ब्यापक रुपले तैनाथ गरिएको थियो। सर्बभारतीय स्तरमा सम्पूर्ण गोर्खाहरुलाई 18 जुलाईको दिन जीटीएको सम्झौता भएर महाधोखा भएको टास्क फोर्सले पोष्टरमा दाबी गरेको छ भने 22 अगष्ट 1988 मा दागोपापमा सम्झौता हुँदा पहिलोपल्ट धोखा भएको थियो भने 18 जुलाई 2011 मा दोस्रोचोटि धोखा भएको दाबी गरिएको छ। जीटीए पछि गोर्खाल्याण्ड हुनेछ भनेर गोजमुमो प्रमुख बिमल गुरुङले भनेको कुरालाई व्यङग गर्दै टास्क फोर्सले कविताको लयमा मिलाएर भालेमुङ्ग्रो डायनोसर हुन सक्दैन भन्दै जीटीए गोर्खाल्याण्ड हुनै सक्दैन भनि पोष्टरमा दाबी गरेको छ। यहाँको बिभिन्न स्थानहरुमा टास्क फोर्सले एकाएक जीटीएको बिरोध अनि गोर्खाल्याण्डको माग गर्दै पोष्टरिङ गर्न थाले पछि पोष्टर पड्नेहरुको भीड जमेको थियो। यस अवसरमा तिनीहरुले जीटीए बिरुद्ध पर्चाहरु पनि बितरण गरे। टास्क फोर्सले बिभिन्न स्थानहरुमा पोष्टरिङ गरेर गए पछि मानिसहरुले पोष्टर लकभक आधा घण्टा सम्म मात्र पड्न पाए। किन भने पोष्टरिङ गर्नेहरु बाटो लाग्न साथै अपरिचित मानिसहरुले एका एक आएर उक्त पोष्टरहरु च्यातेर फ्याँकिदिएका छन। यस अवसरमा पुलिसहरु उक्त स्थानमा तैनाथ हुँदा हुँदै पनि उक्त अपरिचित व्यक्तिहरुले पोष्टर च्यातेर आफ्नो बाटो लागे। यता पोष्टरिङ गरे पछि यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै टास्क फोर्सका अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले जीटीएले सम्पूर्ण गोर्खाहरुको आकाक्षा पुरा गर्न नसक्ने दाबी गर्दै गोर्खाहरुको बिरुद्धमा राज्य, केन्द्र अनि मोर्चा माझ भएको जीटीए सम्झौता दिवसलाई आज टास्क फोर्सले कालो दिवसको रुपमा पालन गरेको स्पष्ट रुपमा बताएका छन। “22 अगष्ट 1988 मा सुवास घिसिङले दागोपापमा सम्झौता गर्दा पहिलो पल्ट गोर्खाहरु माथि धोका भएको हो। यस कार्ययलाई गोजमुमो पार्टीले दोहोर्‍याएका छन। घिसिङले धोका दिएको कुरालाई मोर्चाले 44 महिना आन्दोलन गरेर जीटीएको सम्झौता गर्न अघि चटक्कै भुलेको कारण यसपल्ट पुन: गोर्खाहरु माथि महाधोका भएको छ” – प्रधानले भने। तिनले भरतभरि छरिएर बसेका गोर्खाहरुको चाहना केवल छुट्टै राज्य गोर्खाल्याण्ड मात्र रहेको बताउँदै जीटीएलाई सरकारले खारेज गर्नु पर्ने माग गरेका छन। यसै क्रममा तिनले गोर्खा जनमुक्ति मोर्चाले चलाएको 44 महिने छुट्टै राज्यको आन्दोलनमा निता खवास, बिक्कि लामा, बिमला राई, अकबर लामा अनि प्रमिला शर्माले जीटीएको निम्ति आफ्नो प्राण त्यागेको थिएन भन्दै आज मोर्चाले शहिदहरुको बलिदानलाई लत्याएर जीटीएको सम्झौता गरेको कारण नै यस दिनलाई कालोदिन भनेर टास्क फोर्सले घोषणा गरेको पनि एनोसदास प्रधानले बाताएका छन।
अर्कोतिर टास्क फोर्सका सहयोगि राजनैतिक दल क्रामाकपा पार्टीका उपाध्यक्ष जे बी राईले शहरमा पोष्टर च्यात्नेहरु प्रति कटाक्ष गर्दै गोर्खाल्याण्डको समर्थनमा गरेका पोष्टहरु च्यात्नु खुबै दुर्भाग्यपूर्ण रहेको बताए। तिनले जीटीए बिरुद्ध टाँसिएका पोष्टरहरु च्यात्ने कार्य मोर्चाले नै गरेको आरोप लगाउँदै आफुहरुले गोजमुमो पार्टीलाई जीटीए सम्झौता गरेर गोर्खाल्याण्ड साट्यो भन्दा तिनीहरुले जीटीएको सम्झौतामा गोर्खाल्याण्ड ड्रप गरेको छैन भन्दै उल्टा आफुहरुलाई नै तथानाम भनेको बताउँदै आज यसरी गोर्खाल्याण्डको मागमा गरेका पोष्टरहरु किन च्यातियो भनि प्रश्न गरे। गोर्खाल्याण्डको माग गरिएको पोष्टरहरु च्यातिनु खुबै दुर्भाग्यपूर्ण रहेको बताउँदै पोष्टर च्यात्ने गोजमुमो पार्टीले आफ्नो अडान स्पष्ट पार्नुपर्ने तिनले जनाएका छन। तिनले जीटीए भारतिय गोर्खाहरुको चाहना बिरुद्ध सम्झौता गरिएको बताउँदै यसले गोर्खाहरुको राष्ट्रिय चिन्हारी र राजनैतिक सुरक्षा प्रदान गर्न सक्दैन भनेर नै यसको प्रतिवाद गरिरहेको बताएका छन। एकातिर बङाल भङग हुँदैन भनेर गोजमुमो नेताहरुकै अघि मुख्यमन्त्री ममता ब्यानर्जीले हुँकार कसेर जानेगर्छ भने अर्कोतिर छुट्टै राज्य माग्ने राजनैतिक दलहरुलाई भने मोर्चाले शत्रुलाई जस्तै व्यवहार गरिरहेको बताउँदै यस बिषय़मा मोर्चाले आफ्नो अडान स्पष्ट पारेर तिनीहरु गोर्खाल्याण्डको पक्षमा छन कि गोर्खाल्याण्डको बिरोधमा भन्ने जनता अघि स्पष्ट अडान राख्नु पर्ने राईल सुझाव दिएका छन।

जीटीए सम्झौता भएको ठीक एक वर्ष पछि गोजमुमो पार्टीले सम्झौता दिवस पाल गर्न अघिनै बिभिन्न राजनैतिक पार्टीहरुको सयुक्त मञ्च गोर्खाल्याण्ड टास्क फोर्स (गोटाफो)ले जीटीए सम्झौता दिवसलाई ‘कालो दिवस’ को रुपमा पालन गर्‍यो।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.