निर्दलीय प्रार्थी सञ्चबीरलाई बिसञ्चो पारेर गोजमुमो पार्टीको भयो कल्याण

डी के वाइबा, कालेबुङ, 2 अगष्ट: जीटीए चुनाउको आज फलाफल निस्कने साथ जीटीए सभाको सम्पूर्ण सिटहरु गोजमुमो पार्टीको दखलमा पुगेको छ। कालेबुङ महकुमा क्षेत्रको मोठ 9 वटा आशनहरुमा सम्पन्न चुनाउमा पनि अन्तत: मोर्चाले नै आधिपत्य जमाउँन सक्षम बनेको छ। कालेबुङको मोठ 13 वटा समष्टिहरु मध्ये 9 वटा समष्टिमा चुनाउ भए पनि यहाँको 8 वटा समष्टिहरुमा मोर्चाको जीत निश्चित रहेको थियो। तर 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिमा भने मोर्चाले बिजय हासिल गर्न कडा संघर्ष गर्नु पर्‍यो। गोजमुमो अध्यक्ष बिमल गुरुङले खडा गरेका प्रार्थी कल्याण देवानलाई चुनावी मैदानमा चुनौति दिदै मोर्चाकै स्थानिय नेता सञ्चबीर सुब्बा निर्दलीय प्रार्थीको रुपमा खडा भएको कारण मोर्चाले उक्त समष्टिमा कडा संघर्ष गर्नु परेको हो।
 जीटीए चुनाउमा सबैको केन्द्रबिन्दु बनेको 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिबाट मोर्चा प्रार्थी कल्याण देवान नै बिजयी बन्न पुगेका छन। उक्त समष्टिमा मोठ 7 हजार 7 सय 77 मदान भएको थियो भने गोजमुमो प्रार्थी कल्याण देवानले 4 हजार 95 मतदान पाएका छन। यता निर्दलीय प्रार्थी सञ्चबीर सुब्बाले मोठ 3 हजार 4 सय 18 मदान प्राप्त गरेका छन भने तृणमूल कङ्ग्रेस प्रार्थी ब्रुनो लेप्चाले 2 सय 64 मतदान प्राप्त गरेका छन। मोर्चा प्रार्थी कल्याण देवानले प्रतिपक्षी निर्दलीय प्रार्थी सञ्चबीर सुब्बालाई 6 सय 77 मतदानको व्यवधानले पराजित गरेर उक्त समष्टिबाट बिजय दर्ता गरेका छन। आज यहाँको एसयुएमआई बिद्यालयमा समपन्न मतगणना कार्यमा सबैको ध्यान कल्याण देवान अनि सञ्चबीर सुब्बा माथिनै रहेको थियो। उक्त समष्टिको मतगणनाको पहिलो चरणको फलाफल निस्कन्दा सञ्चबीर सुब्बाको बिजय निश्चित रहेको देखिएको थियो तर दोस्रो चरणमा सम्पूर्ण अडकलबाजी समाप्त गर्दै कल्याण देवानले बिजय हासिल गरे। तीनजना प्रार्थीहरु रहेको उक्त समष्टिको पहिलो चरणको मतगणनाको फलाफलमा सञ्चबीर सुब्बाले 3 हजार 51 मतदान प्राप्त गरेका थिए भने कल्याण देवानले पहिलो चरणमा केवल 1 हजार 9 सय 17 मतदान प्राप्त गरेका थिए। पहिलो चरणको फलाफल घोषणा हुँदा मोर्चा प्राथी कल्याण देवान 1 हजार 1 सय 34 मतदानले पछि परेका थिए। यस अवधी मतगणना स्थानमा पुरै सन्नाटा छाएको थियो। अन्य समष्टिहरुबाट मोर्चा प्रर्थीहरु बिजय बनेर बिजयको नाराबाजी लगाईरहेको समयमा एकाएक सञ्चबीर सुब्बाले मोर्चा प्रार्थी कल्याण देवानलाई पछि पार्दा सबैको एकाएक मुटुको धडकन बड्नुको साथै सबैको बोली समेत बन्द भएको थियो। तर उक्त सन्नाटा धेरै समय सम्म रहन नपाउँदै दोस्रो चरणको मतगणानको फलाफल घोषणा हुँदा सबै मोर्चा समर्थकहरु संगै कल्याण देवान पनि खुशिले जनता अघि हाल हल्लाउँदै पुगेका थिए। मोर्चा प्रार्थी कल्याण देवान बिजय बनेको घोषणा हुनसाथै एकाएक मतगणना परिसरमा गोजमुमो पार्टी समर्थकहरुले “कल्याण देवान जिन्दाबाद, गोजमुमो जिन्दाबाद” को नाराहरु लगाए।
यता प्रतिपक्षी निर्दलीय प्रार्थी सञ्चबीर सुब्बालाई चुनावी मैदानमा पराजित गरेपछि पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो उपाध्यक्ष कल्याण देवानले बिजयको श्रेय जनता अनि गोजमुमो पार्टीलाई दिए। तिनले आफ्नो जित निश्चित रहेको थियो भन्दै यो जनताको जित हो भनि दाबी गरे। तिनले आफ्नो बिजयमा जनता खुशि बन्नु पर्ने बताउँदै जनताको खुशिनै आफ्नो अनि पार्टीको खुशि हो भनि बताएका छन। तिनले उक्त समष्टिका जनताहरु निर्दोश रहेको बताउँदै जनतालाई न्याय दिने आफ्नो कर्तब्य रहेको बताउँदै कुनै पनि जनतालाई गोजमुमो पार्टीले अवहेलना नगर्ने बताएका छन। यसै क्रममा तिनले सञ्चबीर सुब्बा आफ्नो आत्मिय भाईरहेको बताउँदै केवल तिनले पार्टीको आचार सहिता पालन नगरेको कारण नै आज यस्तो परिणाम निस्केको पनि बताएका छन। यता यसै सन्दर्भमा गोजमुमो स्टडी फोरममा सदस्य एव 42 नम्बर रेली समथार समष्टिका बिजयी प्रार्थी डा आर्बी भुजेलले पनि उक्त बिजय जनताको बिजय रहेको बताउँदै सञ्चबीर सुब्बाको पछि लाग्ने जनतालाई भिक़्टिम गरिनेछ भन्ने कुरा केवल अफवाह मात्र हो भनि बताएका छन। कुनै पनि जनतालाई गोजमुमो पार्टीले लत्याउँने कार्य गर्दैन भन्दै केवल निर्दलीय प्रार्थी सुब्बालाई मात्र पार्टीको नियम बिरुद्ध कार्य गर्दा पार्टीबाट निश्कासित गरेको जानकारी गराए।
अर्कोतिर चुनाउको परिणाम निस्केपछि निर्दलीय प्रार्थी सञ्चबीर सुब्बासित सम्पर्क गर्दा तिनले चुनावी मैदानमा आफ्नो पाराजय भए पनि जताको भने जित रहेको दाबी गरेका छन। तिनले दार्जीलिङ पहाडको 41 नम्बर समष्टिमा आफुले गणतन्त्रलाई कायम राख्न सकेको बताउँदै कतिपय पुलिङ बुथहरुमा आफ्नो पुलिङ एजेन्ट राख्न नसक्दा पराजयको सामना गर्न परेको बताएका छन। आफुले पुलिङ एजेन्टहरु राखेको बुथहरुमा निस्पक्ष चुनाउ भएको अनि उक्त समष्टिहरुमा जनताले निर्धक्क मतदान स्वेच्छाले गरेको कारण उक्त बुथहरुमा जनताले आफुलाई नै मतदान गरेको दाबी गर्दै केवल पुलिङ एजेन्ट नराखेको बुथहरुमा मात्र आफ्नो पक्षमा मतदान नभएको दाबी गरेका छन। पुलिङ एजेन्ट नराखेको बुथहरुमा जनताले अप्रत्यक्ष धम्किहरुको सामना गर्नु पर्दा आफ्नि पक्षमा मतदान नभएको बताउँदै यदि सबै बुथहरुमा जनताले स्वेच्छाले मतदान गर्ने अवसर पाएका भए आफ्नो बिजय निश्चित हुने बताउँदै यस कुराले यहाँ आफुलाई कुनै फरक नपार्ने अनि आफ्नो हारमा पनि ईमान्दार जनताहरुको बिजय रहेको दाबी गरेका छन। यस अवसरमा तिनले सम्पूर्ण जनतालाई आभार व्यक्त पनि गरेका छन।
कालेबुङ महकुमा समष्टि क्षेत्रको मोठ 9 वटा समष्टिहरुमा कसले कति भोट पाए ?
समष्टिको नाम
गोजमुमो प्रार्थी
प्राप्त मतदान
तृणमूल प्रार्थी
प्राप्त मतदान
 
प्राप्त मतदान
छिबो टाँसीडिङ
काजिम छिरिङ भोटिया
7578
महेन्द्र गजमेर
923
 
 
अलगडा दलप्चन्द
कल्पना तामाङ
8353
सुकबहादुर सुब्बा
896
 
 
लाभा लिङ्से
सी पी पौड्याल
5943
सी पी शर्मा
343
 
 
पेदोङ
दावा लेप्चा
7737
छेवाङ भोटिया
324
 
 
निम्बोङ गितडाब्लिङ
कल्याण देवान
4095
ब्रुनो लेप्चा
264
सञ्चबीर सुब्बा
3418
रेली समथार
आर्बी भुजेल
9620
माईकल लिङदामो
600
 
 
गोरुबथान
चन्द्र योञ्जन
14242
प्रेम अधिकारी
1057
 
 
कुमाई समसिङ
सामुएल गुरुङ
6285
उर्गेन शेर्पा
382
 
 
रोङगो जलढका
लोब्साङ लामा
8773
पेमा दोर्जे मोक्तान
413
 
 
गोजमुमो पार्टीलाई प्राप्त मतदान
तृणमूल कङ्ग्रेसलाई प्राप्त मतदान
निर्दलीय
मोठ मतदान
72626 (89.39%)
5202 (10.60%)
3418 (4.20%)
81246 (100%)

जीटीए चुनाउको आज फलाफल निस्कने साथ जीटीए सभाको सम्पूर्ण सिटहरु गोजमुमो पार्टीको दखलमा पुगेको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.