जीटीए सभाको 17 वटा आसनमा शतप्रतिशत मोर्चाको जीत

2 अगस्त (कालेबुङ)प्रदीप लोहगुन :- जीटीए सभाको 17 वटा आसनको निम्ति भएको चुनाउमा मोर्चाले शतप्रतिशत जीत हासिल गरेको छ। यी 17 वटै आसनहरुमा मोर्चा प्रार्थीहरुले तृणमूल कंग्रेसका आफ्ना प्रतिद्वन्द्विहरुलाई धेरै मतको व्यवधानले पराजित गरेका छन। जीटीएको 41 नम्बर समष्टिमा भएको त्रिकोणीय चुनावी लडाईमा पनि मोर्चा उम्मेद्वार कल्याण देवान बिजयी बनेका छ्न। जीटीएको 17 वटा समष्टिमा भएको चुनाउमा यस समष्टिमा मात्र मोर्चाले एकजना निर्दल उम्मेद्वारबाट कडा टक्करको सामना गर्नु परेको छ। यस समष्टिमा मोर्चाबाट कल्यान देवान, तृणमूलबाट ब्रुनो लेप्चा अनि निर्दलबाट मोर्चाका बिक्षुब्ध कार्यकर्ता सञ्चबीर सुब्बाबीच प्रतिस्पर्धा भएको थियो। कल्याण देवान र सञ्चबीर सुब्बाबीच कडा टक्कर भए पनि चुनाउ परिणाम मोर्चाको पक्षमा गएको छ। यस समष्टिमा मोर्चाका कल्याण देवानले निर्दल सञ्चबीर सुब्बालाई 677 मतको व्यवधानले पराजित गरेका छन। यस समष्टिमा कल्याण देवानले 4095, सञ्चबीर सुब्बाले 3418 अनि ब्रुनो लेप्चाले 264 मत प्राप्त गरेका थिए। दार्जीलिङ महकुमाअन्तर्गत चारवटा अनि खरसाङ महकुमा अन्तर्गत मिरिकमा चार आसनमा पनि मोर्चा प्रार्थीहरु बिजयी बनेका छन। कालेबुङको कूल नौवटा आसनमा छिबो-टासीडिङ 33 नम्बर सम्ष्टिबाट काजिम छिरिङ भुटिया, अलगडा-दलपचन्द 37 समष्टिबाट कल्पना तामाङ, लाभा-लिङ्से 38 नम्बर समष्टिबाट सीपी शर्मा, पेदोङ 40 नम्बर समष्टिबाट दावा लेप्चा, गीतडाब्लिङ- निम्बोङ 41 नम्बर समष्टिबाट कल्याण देवान, रेली-समथार 42 नम्बर समष्टिबाट आर बी भुजेल, गोरुबथान 43 नमबर समष्टिबाट चन्द्र कुमार लामा, कुमाई-सामसिङ 44 नम्बर समष्टिबाट सामुएल गुरुङ अनि रोङ्गो- जलढका 45 नम्बर समष्टिबाट लोपसाङ लामा बिजयी बनेका छन। यसरी नै दार्जीलिङ सदर 4 बाट तरङ्ग पण्डित, घूम जोरबङ्लोबाट पी टी ओला, तामसाङ-चुङ्थुङबाट तिलक चन्द्र रोका अनि पोखरेबुङ-चामुङबाट दीपेन माले बिजयी भएका छन। मिरिकको चारवटा समष्टिहरु सियोक-ओकाइटीबाट फूबी राई, मिरिक-थर्पुबाट अरुण घिसिङ, सौरेनीबाट अरुण सिग्ची अनि सुकुना-पानीघट्टाबाट चम्पा बिभार बिजयी बनेका छन।
17 वटा आसनको निम्ति मत गणना बिहान आठ बजीदेखि शुरु भएको थियो। मतगणना केन्द्रहरुमा मोर्चाका उम्मेद्वार र कार्यकर्ताहरुबाहेक अन्य कुनै दलका मानिसहरु उपस्थित थिएनन। बिहान लगभग 11 बजीसम्म 17 वटै आसनको परिणाम घोषणा भई सकेको थियो। मोर्चाले 17 वटा आसनमै जीत हासिल गरेपछि पार्टी समर्थकहरुले पटेका पड्काएर आफ्नो खुशी ब्यक्त गरे। दलको बिजयीले उत्साहित पार्टी समर्थकहरुले बिमल गुरुङको पक्षमा नाराबाजी गर्दै शहरमा बिजयी जुलुश पनि निकालेका थिए।

जीटीए सभाको 17 वटा आसनको निम्ति भएको चुनाउमा मोर्चाले शतप्रतिशत जीत हासिल गरेको छ। यी 17 वटै आसनहरुमा मोर्चा प्रार्थीहरुले तृणमूल कंग्रेसका आफ्ना प्रतिद्वन्द्विहरुलाई धेरै मतको व्यवधानले पराजित गरेका छन।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.