जीटीए राज्य सरकार अनि गोजमुमो पार्टी मिलेर गोर्खाल्याण्डको आन्दोलन दबाउन रचेको नाटक हो – अरुण घतानी

बिशेष प्रतिनीधि,कालेबुङ 3 अगस्त: एकातिर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले जीटीए चुनाउमा मोठ 45 वटा आसनहरुमा आधिपत्य जमाईसकेको छ भने अर्कोतिर क्रामाकपाको युवा संगठनले भने जीटीए खारेज गर्नुपर्छ अनि भारतभारी छरिएर बसेका गोर्खाहरुको एकमात्र चाहना छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नुपर्छ भनि जन्तर मन्तरमा धर्ना दिने भएको छ। गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा केवल गोर्खाल्याण्डले मात्र पुरा गर्नसक्छ भन्ने दाबी गर्दै अनि भारतको संविधानको धार 3(क) अन्तर्गत छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नुपर्ने क्रामाकपाको माग रहेको छ। यसै सिलसिलामा जीटीए चुनामा 45 वटा आशनहरुमा मोर्चाले आधिपत्य जमाए पनि क्रामाकपाले भने शहरको बिभिन्न स्थानहरुमा पोष्टरिङ समेत गरेको छ। छुट्टै राज्य गोर्खाल्याण्डको दाबी सगै देशभरी फैलिरहेको भ्रष्टचारको बिरोध अनि शिक्षा र रोजगार प्रति सरकारको अदासिन नीतिलाई औल्याउँदै आगामी 8 अनि 9 अगष्टको दिन उक्त धर्ना हुने भएको छ। यस सम्बन्धमा क्रामाकपा युवा संगठनका महासचिव अरुण घतानीले कुराकानी गर्दै गोर्खाहरुको समस्या जीटीएले समाधान गर्दैन सोहि कारण गोर्खाहरुको दिर्घदिन देखि रहेको समस्या छुट्टै राज्य गठन गरेर समाधान गर्नुपर्छ भन्ने क्रामाकपाको माग रहेको बताएका छन। उक्त धर्ना कार्य क्रामाकपाले आईसासित मिलेर गर्ने जानकारी दिदै धर्नामा बेरोजगारी र शिक्षा बिषयक समस्याहरुलाई पनि उठान गर्ने बताए। तिनले गोजमुमो प्रति आलोचना गर्दै जीटीए गोर्खाहरुलाई मुद्दाबाट बञ्चित पार्न दिएको खेलौना हो भने। तिनले गोजमुमो पार्टी अनि यसभित्र रहेका मिरजाफरहरुले गोर्खाल्याण्डको मुद्दालाई बेचेर गोर्खाहरुलाई घात गर्ने कार्य गरेको बताउँदै क्रामाकपा अनि यसका युवा संगठन गक्रायुमोले भने बाराम्बार गोर्खाल्याण्डको मुदालाई उठान गरिरहेको दाबी गरे। तिनले आगमी 5 अगष्टको दिन गक्रायुमोका 26 जनाको टोली दिल्ली जाने जानकारी दिदै 8 तारिक गोर्खाल्याण्ड राज्यको दाबीमा जन्तरमन्तरमा धर्ना दिने जानकारी गराउँदै उक्त धर्ना प्रदर्शनमा आइसाका हज्जारौं समर्थकहरूले पनि अंशग्रहण गर्नेछन्‌ भनि बताए सोहिक्रमामा आगमी 9 अगष्टको दिन भने बिभिन्न मुद्दाहरूमा गक्रायुमोले आइसाको धर्नामा अंशग्रहण गर्नेछ भनि बताए। घतानीले बताए अनुसार भारतको संविधानको भाग एक धारा 3 को उपधारा क अनुसार छुट्टैराज्य गोर्खाल्याण्डको निम्ति दशकौंदेखि आन्दोलन भइरहेको छ। तर सरकारले यो आन्दोलनलाई पेनकिलर खुवाउँदै दबाउने काम गरिरहेको छ। घतानीले यसको उदाहरण 1988 को गारमुमोले ग्रहण गरेको दार्जीलिङ गोर्खा पार्वत्य परिषद्, 2005 मा सम्झौता बएको छैटौं अनुसूची अनि 2011मा सम्झौता भएको जीटीएलाई दिएका छन्‌। जनताको व्यापक समर्थन पाएर पनि जनताको आकांक्षामा कुल्चिने काम थाकथित आन्दोलनकारी दलहरूले बारम्बार नै गर्दै आइरहेको तिनले आरोप लगाए। तिनले भने, अहिले विपक्षद्वारा अस्वीकार गरिएको जीटीएको चुनाउमा तृणमूल कंग्रेस अनि गोर्खा जनमुक्ति मोर्चा मिलेर नाटक गरिरहेको छ भन्दै दुवै दल छुट्टैराज्यको विरोधी हुन्‌ भनि आरोप लगाएका छन् तिनले पहाडका जनता जीटॆईको पक्षमा पटक्क नभएको दाबी गर्दै लाखौं जनताको विरोध रहेको भए पनि जीटीएको चुनाउ बङगाल सरकार अनि मोर्चा मिलेर गरेको पनि घतानीले आरोप लगाएका छन।

एकातिर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले जीटीए चुनाउमा मोठ 45 वटा आसनहरुमा आधिपत्य जमाईसकेको छ भने अर्कोतिर क्रामाकपाको युवा संगठनले भने जीटीए

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.