सिन्कोना निर्देशक डा जी सी सुब्बा पुत्री शोकमा

डी के वाइबा, कालेबुङ 25 सितम्बर। सिन्कोना एंव अन्य औषधीय पौधाहरु, पश्चिम बङगाल सरकारका पहिलो गोर्खे निर्देशक डा जी सी सुब्बा पुत्री शोकमा परेका छन। तिनकी छोरी प्रियदर्शनी सुब्बा (लामा)को सोम्बार राती लखनऊ कमान अस्पतालमा असमायिक निधन भयो। 7 अक्टोबर 1980 को दिन पिता डा जी सी सुब्बा अनि माता आरती सुब्बाकी कोखबाट जन्म ग्रहण गरेकी स्व प्रियदर्शनी सुब्बा मेजर सिद्धार्थ लामा संग प्रणय सुत्रमा बाधिएकी थिईन। तिनी हाल आफ्ना पतिसंग कानपुरमा रहँदै आएको जानकारी प्राप्त भएको छ भने अचानक तिनको स्वास्थ्य बिग्रेको कारण लखनऊ अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको थियो। सोही अवस्थामा तिनको राती लगभग दश बजे निधन भएको जानकारी प्राप्त भएको छ। ईञ्जिनियरिङ बिषयमा अध्ययन समाप्त गरेर एमबीए समेत समाप्त गरेकी प्रियदर्शनी सुब्बाको असमायिक निधनले सुब्बा परिवार शोकमा डुबेको छ। यता डा जी सी सुब्ब पुत्री शोकमा डुबेको खबर एकाएक सिन्कोना बगानमा फैलिएपछि सम्पूर्ण सिन्कोनाबासी स्तब्ध बनेको छ। यस सम्बन्धमा दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन केन्द्रिय समिति सिन्कोना जोनले गहिरो शोक व्यक्त गरेको छ। लेबर युनियनका अध्यक्ष गोपाल रुचालले यस सम्बन्धमा शोकित सुब्बा परिवारप्रति सम्वेदना प्रकट गरे। सोहि सिलसिलामा पुत्री शोकमा परेका डा जी सी सुब्बा अनि सम्पूर्ण परिवार प्रति कालेबुङ प्रेस क्लबले पनि गहिरो शोक व्यक्त गरेको छ। क्लबका सचिव अरुण कुमार राईले प्रियदर्शनी सुब्बाकी असमायिक निधनले तिनको परिवार पक्षमा परेको पिडालाई ईश्वरले सहने क्षमता प्रदान गरुन भन्ने बताउँदै मृत आत्माको शान्तिको कामना गरे।

सिन्कोना एंव अन्य औषधीय पौधाहरु, पश्चिम बङगाल सरकारका पहिलो गोर्खे निर्देशक डा जी सी सुब्बा पुत्री शोकमा परेका छन। तिनकी छोरी प्रियदर्शनी सुब्बा (लामा)को सोम्बार राती लखनऊ कमान अस्पतालमा असमायिक निधन भयो।

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.