कालेबुङ कलेजको आयोजनामा तीन दिवसिय सृजनात्मक लेखन कार्यशालाको आयोजना

कालेबुङ, 13 अक्टोबर। कालेबुङ कलेजको आयोजनामा स्वर्ण जयन्ति उत्सवको अवसरमा आजदेखि तीन दिवसिय सृजनात्मक लेखन कार्यशाला प्रारम्भ भएको छ। यस अवसरमा उक्त कार्यक्रममा कालेबुङ कलेज, खरसाङ महाविद्यालय, दार्जीलिङ सरकारी महाविद्यालय, सोनादा डिग्री कलेज, जोरबङ्लो डिग्री कलेज, सिलगडी शैलसेन कलेज आदिका बिद्यार्थीवर्गले भाग लिएका थिए। उक्त कार्यक्रमको आज पहिलो दिन कलेजको भवनमा औपचारिक उद्घाटन पछि शुरु भएको छ भने यस अवसरमा बिषय बिशेषज्ञको रुपमा त्रिभुवन विश्वविद्यालयका प्रो माधव पोख्रेल, प्रो रिमी बी च्याटर्जी उपस्थित रहेकी थिईन भने बिशिष्ट अतिथिका रुपमा कालेबुङका बिधायक तथा समालोचक डा हर्कबहादुर छेत्री, डा राजेन्द्र भण्डारी, जुब्लि हाईस्कूलका प्रधान अध्यापक जे बी राई, कवि सुधिर छेत्री, कथाकार ज्ञान सुतार आदि उअपस्थित रहेका थिए।  कार्यक्रमको औपचारिक उद्घाटन पछि कलेजका प्राचर्य डा आर पी ढकालले स्वागत सम्बोधन राखे भने कार्यक्रमको दोस्रो चरणमा स्रोत व्यक्तिहरुले सृजनात्मक लेखनको तक्निकी पक्षहरुबारे अवगत गराए। यसै सिलसिलामा स्रोत व्यक्ति प्रो रिमी बी च्याटर्जीले एउटा घटनाको उदाहरण प्रस्तुत गर्दै उक्त घटना बिषयमा विद्यार्थीवर्गलाई आ आफ्नो सृजना गर्ने व्यवहारिक ज्ञान समेत दिए। प्रत्येक विद्यार्थीवर्गहरुमाझ आन्तरिक प्रतिभालाई बाहिर परिस्कार बनाएर निकाल्न सृजनात्मक लेखनको ज्ञान हुन पर्ने बताउँदै सृजनात्मक लेखनको निम्ति आफुहरुले ध्यान दिन पर्ने बिषयमा पनि स्रोत व्यक्तिहरुले विद्यार्थीवर्गलाई जानकारी गराए। यस अवसरमा त्रिभुवन विश्व बिद्यालयबाट स्रोत व्यक्तिका रुपमा बिशेषरुपले उपस्थित रहेका प्रो माधव पोख्रेलले सृजनात्मक लेखन बिषयमा तक्निकी पक्षहरुमा बिद्यार्थीवर्गले ध्यान दिन पर्ने बिषयहरु बारे अवगत गराए। यस अवसरमा उक्त संगीतकार मधुसुधन लामा अनि अधिवक्ता अन्मोल प्रसादको नेतृत्वमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। कुनै पनि व्यक्तिमा सृजना गर्ने क्षमता भए पनि उक्त सृजनालाई परिस्कृत सृजनाको रुपमा अघि ल्याउँन के कस्ता कुराहरुमा बिद्यार्थीवर्गले ध्यान दिन आवश्यक छ भन्ने बिषयमा सम्पन्न उक्त अन्तर्क्रियामा विद्यार्थीवर्गले खुबै उत्साह साथ भाग लिएका थिए। यस अवसरमा प्रो माधव पोख्रेलले पत्रकारहरुसंग कुराकानी गर्दै सृजनात्मक लेखनको निम्ति आयोजना भएको उक्त तीन दिवसिय कार्यक्रमले स्थानीय नवआगन्तुक लेखनहरुलाई खुबै फाईदजनक पुग्ने बताए। सृजना गर्नु मानिस भित्र भएको कला बताउँदै उक्त सृजनालाई परिस्कृत गर्न यस्ता कार्यशालाहरु आवश्यक रहेको तिनले अझ बताएका छन। “अहिलेसम्म कवि लेखकहरु आफ्नै प्रतिभाको बलले साहित्य सृजना गर्दै आईरहेका छन। तिनीहरुमा कति अघि बडेर गएका छन भने कति आधाबाटोमा पुगेर अलपत्र परेका छन। यस्तो अवस्थामा तिनीहरु भित्र रहेका प्रतिभालाई सहि दिशाबोध गराउँन यस्ता कार्यशालाहरु महत्वपूर्ण हुन्छन अनि यो कार्यशालाले भविष्यमा गुणात्मक साहित्य सृजना हुने कुरामा निश्चित छ” प्रो माधव पोख्रेल भने।

कालेबुङ कलेजको आयोजनामा स्वर्ण जयन्ति उत्सवको अवसरमा आजदेखि तीन दिवसिय सृजनात्मक लेखन कार्यशाला प्रारम्भ भएको छ।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.