दिपराजलाई फाइनलसम्म पुर्‍याउन भोट गर्ने अपील

कालेबुङ । राष्ट्रिय च्यानल कलर्सबाट हरेक शनिवार र आइतवार राति प्रशारण हुने रियाल्टी शो इण्डियाज गट्‌ ट्‌यालेन्टको(Deepraj Rai on India's got talent semi final ) सेमी फाइनलसम्म आफ्नो गायन कलाले पुग्न सफल बनेका दिपराज राईका फ्यान्स क्लबले  फाइनलसम्म पुर्‍याउन भारी सं‘यामा एसएमएस गरिदिने अनुरोध गरेको छ। फ्यान्स कल्बका संयोजक प्रवीण खालिङले यहां पत्रकारहरूसित कुराकानी गर्दै भने, इण्डियाज गट्‌ ट्‌यालेन्टको सेमी फाइनलसम्म दिपराज आफ्नो योग्यताले पुग्न सफल बने भने अब उनको भाग्य निर्धारण एसएमएसमाथि निर्भर रहने छ। उनले आफ्नो गायन कला प्रस्तुत गरेर उनी उक्त राष्ट्रिय स्तरको मञ्चका लागि योग्य छन्‌ भन्ने प्रमाणित गरिसकेका छन्‌ भने निर्णायकहरूको मन जिती सकेका छन्‌। अब उनलाई फाइनलसम्म पुर्‍याउन उनको गायन कलाका साथै भारी मात्रामा एसएमएस र प्रार्थनाको आवश्यकता रहेको छ।
। 12 वर्षिय दिपराज पूर्व सिक्किमको लुम्से निवासी हुन्‌ भने उनी तादोङस्थित साई गुरूकूल स्कूलका कक्षा 6 का छात्र हुन्‌। उनी सानैदेखि विशेष साई भजनहरू गाउने गर्थे भने विभिन्न प्रतियोगिताहरूमा पनि भाग लिनुका साथै अन्य सांगीतिक कार्यक‘महरूमा पनि हिस्सा लिने गर्थे। यस्तै एउटा कार्यक‘ममा आफ्नो गायन कला प्रस्तुत गर्दै गरेको वीडियो कलाकार रूसमा राईले इण्डियाज गट्‌ ट्‌यालेन्टमा पठाइ दिएपछि दिपराजको यात्रा शुरू भयो।

अहिले दिपराज सेमी फाइनलमा पुगिसकेका छन्‌ भने उनलाई फाइनलसम्म पुग्न अधिक भन्दा अधिक भोटको खॉंचो आइपरेको छ। संयोजक  खालिङले भने अहिले  मुम्बईमा दीपराज  उनको पिता दिलीप राईसँग रहेको तथा दीपराजको प्रतिभाले गर्दा नै निर्णायकहरूको  मन जित्न सफल भएको भए पनि अब सेमीफाइनलदेखि एसएमएस  भोटको आवश्यक रहेको हुनाले अब प्रतिभालाई उकास्न एसएमएस नै जरूरी भएको छ। 

संयोजक खालिङले जानकारी गराए अनुसार उक्त कार्यक‘म आगामी शनिवार र आइतवार राति 10 बजेदेखि कलर्स च्यानलमा प्रशारण गरिने छ। दिपराजलाई भोटको लागि आफ्नो मोबाइलमा  डीईई लेखेर 56882 मा पठाउन पर्ने छ। वेबसाइट ब्ल्यूडब्ल्यूडब्ल्यू.कलर्स.ईन.कम्‌-बाट पनि एसएमएस पठाउन सकिन्छ।

राष्ट्रिय च्यानल कलर्सबाट हरेक शनिवार र आइतवार राति प्रशारण हुने रियाल्टी शो इण्डियाज गट्‌ ट्‌यालेन्टको(Deepraj Rai on India's got talent semi final ) सेमी फाइनलसम्म आफ्नो गायन कलाले पुग्न सफल बनेका

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.