मंग्पू | केशर मोक्तान: वर्षौ देखि प्रतिक्षामा रहेको मंग्पूदेखि तक्दाह सम्म जोड्ने सडकको उद्घाटन आज रंग्बी बिच्कमान दोकान डांडामा जीटीए वन विभागको कार्यकारी सभासद एवं लाब्दा मंग्पू समष्टिका सभाषद रतन थापाको बाहुलीबाट गरियो | यस समष्टिमा जीटीए मार्फत प्रथम चोटि जनमुखी विकाशको कार्य शुरु भएको छ | उक्त सडक ९ करोड ३६ लाख रुपियाँ लागतमा निर्माण हुनेछ भने मंग्पू रम्बी विचकमान दोकान डांडा देखि तक्दाह बाँसधुरा सम्म ९.६ कि० मी० को पक्की सडक दुई वर्षको अवधिमा बनिने जानकारी जीटीए इन्जिनियर विभाग प्रमुख सह अभियन्त सुदर्शन कुमार छेत्रीले दिएका छन् | उक्त पक्की सडक जीटीए स्पेसियल इन्जिनियर विभाग अधिनस्थ निर्माण हुनेछ | मंग्पू देखि तक्दाह जान हालसम्म ३० कि० मी० गाडीमा यात्रा गर्न पर्ने थियो भने अब सम्भवत २० कि० मी० मा मंग्पू तक्दाहको यात्रा गर्न सकिने छाँट देखिएको छ | उक्त सडक निर्माण कार्य समाप्त भएपछि मंग्पूबासीलाई तक्दाह आवत जावत गर्न धेरै नै सजिलो पर्नेछ | मंग्पू क्षेत्रको खण्ड विकाश कार्यलय अनि पुलिस थाना तक्दाह रंगली रंग्लियटमा पर्ने हुनाले यहाँको स्थानीय जनताले हालसम्म दिनभरी आफ्नो समयलाई माया मारेर तीन माइल हुँदै तक्दाह खण्ड बिकाश कार्यलय जान बाद्य थियो भने उक्त सडकले मंग्पूबासीको यो दुखलाई पनि समाप्त गर्ने छाँट देखिन्छ | उक्त सडकको निर्माण कार्य आगमी सप्ताह देखि आर० के० गोयल कम्पनी सिलिगुडीले शुरु गर्ने जानकारी प्राप्त भएको छ | उक्त पक्की सडक उद्घाटन समारोहका प्रमुख आतिथि सभासद रतन थापाले सम्बोधन गर्दै आजको दिन मंग्पूबासीको निम्ति महत्वपूर्ण दिन रहेको बताउँदै यो सडक निर्माण हुन स्थानीय बासिन्दाहरुको ठूलो उपलब्धि रहेको बताए | यसरी स्वागत संभाषण राख्दै गोजमुमो रम्बी बिज्कमान शाखा सचिव सुजित तामांगले धेरै वर्षको अन्तरालमा यस क्षेत्रमा पक्की सडक निर्माण हुन गइरहेको भने उक्त श्रेय पार्टीलाई जानेछ भनी बताए | अर्का वक्ता मोर्चा मंग्पू जोन मूल सचिव रतन लामाले उक्त सडक निर्माण कार्यमा कसैले पनि वाधा नदिने आह्वान गर्दै यस सडक निर्माण कार्यमा स्थानीयहरुलाई पनि रोजगार व्यवस्था गरिदिने बचन दिए भने आज कार्यक्रम गोजमुमो रामबी विभागका सभापति राजवीर पाख्रीनको अध्यक्षतामा सम्पन्न भएको थियो | कार्यक्रममा मोर्चा जोन सभापति प्रदीप छेत्री पनि उपस्थित रहेका थिए |
९ करोड ३६ लाख रुपियाँको लागतमा मंग्पू देखि तक्दाह जोड्ने सडकको उद्घाटन
26Nov2012
Post a Comment