सडक दुर्घटनामा चारजनाको मृत्यु दुईजना गम्भिर घाईते

डी के वाइबा,कालेबुङ 6 नोभेम्बर। आज दिउँसो लगभग 2 बजेतिर यहाँको छोटा भालुखोप नजिक लोवर नेवार गाउँमा मारुती भ्यान डब्ल्यु बी 74 – 1782 दुर्घटना ग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाईते भएका छन। जानकारी अनुसार उक्त वाहनमा सवार यात्रीहरु उक्त गाउँको एउटा मरौ घरमा पुगेर कालेबुङ बजार आईरहेको थिए भने सोहि समय वाहन सामेल भीरबाट तीनसय फिट मुनि झरेर दुर्घटना ग्रस्त बनेको छ। दुर्घटनाको कारण वाहनमा सवार धजे भालुखोप निवासी शान्ति शेर्पा (५५) को घटना स्थलमा नै मृत्यु भएको छ भने उक्त गाउँकै तरुणा राई ५५) को कालेबुङ महकुमा अस्पतालमा ल्याइएपछि मृत्यु भयो। अन्य दुईजना गम्भिर घाईतेहरु भालूखोप अलैँचीखोप निवासी पाल्देन तामाङ (४०) लाई सिलगडी लैजॉंदै गर्दा बाटोमा मृत्यु भयो भने धजे निवासी सन्ध्या राई (६०)को पनि केहीबेरमा मृत्यु भएको खबर प्राप्त भएको । यता चालक ध्रुव थापा (२४) लाई सामान्य चोट लागेकोले उनी कालेबुङ महकुमा अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ। यता इस्टमेन नोड निवासी राजु राई(४४) लाई पनि गम्भिर अवस्थामा नै सिलगडी लगिएको छ। दुर्घटनाको कारण अझसम्म पत्तो लागन नसके पनि दुर्घटना स्थलमा बाटो साँघुरो साथै धेर उकालो भएको कारण उक्त वाहन चडन नसक्दा सिधै पछि बगेर भीरबाट झर्न पुगेको स्थानीय मानिसहरुले बताएका छन। स्थानीय चालक बिकास राईले दिएको जानकारी अनुसार भीर मुनीबाट कसैले गुहार मागिरहेको सुनेपछि तिनले हेर्न जाँदा दुर्घटना भएको देखेपछि तत्काल घाईतेहरुको उद्धार कार्य गरेर महकुमा अस्पतालमा उपचारको निम्ति ल्याईएको बताए। तिनले दुर्घट भएको ठाउँमा बाटो अत्यन्तै भीरालो भएको बताउँदै त्यहाँ कुनै प्यारापेट समेत निर्माण नगरिएको कारण यस्तो दुर्घटना भएको थप बताए। उक्त स्थानमा पहिले पनि दुर्घटना भएर एकजना व्यक्तिले ज्यान गुमाएको बताउँदै अझसम्म पनि सुरक्षाको निम्ति प्यारापेट निर्माण नगरेको जनाउँदै सम्बन्धित बिभागले यथाशिघ्र प्यारापेट निर्माण गर्नुपर्ने माग गरेका छन।

आज दिउँसो लगभग 2 बजेतिर यहाँको छोटा भालुखोप नजिक लोवर नेवार गाउँमा मारुती भ्यान डब्ल्यु बी 74 – 1782 दुर्घटना ग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाईते भएका छन।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.