शिक्षक नियुक्तिको अवसरबाट बञ्चित राखेर बङ्गाल सरकारले पहाडवासीको भबिष्यसंग खेलवाड गरिरहेको छ – क्रामाकपा

डी के वाइबा, कालेबुङ 9 नोभेम्बर। दार्जीलिङ पहाडको तीनवटा महकुमा क्रमैले दार्जीलिङ, कालेबुङ अनि खरसाङलाई छोडेर सिलगडीसम्म पश्चिम बङ्गाल सरकारको शिक्षा बिभागले प्राथमिक शिक्षक नियुक्ति गर्ने अधिसुचना जारी गरे पछि पहाडका शिक्षित बेरोजगारहरु पुन: एकचोटी रोजगारको अवसरबाट बञ्चित बनेका छन। पहाडमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको गठन पछि राज्य सरकारले प्राथमिक शिक्षक नियुक्ति गर्ने अधिसुचना जारी गरे पनि जीटीए क्षेत्र भने पूर्णरुपले छोडिएको छ। यस समबन्धमा माकपाले जोडदार बिरोध जनाएको छ भने माकपा पछि क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)ले पनि बिरोध जनाएको छ। यस सम्बन्धमा आज क्रामकपा उपाध्यक्ष जे बी राईले पत्रकारहरुसंग कुराकानी गर्दै पहाडमा शिक्षकहरुको नियुक्ति नगर्नुमा राज्य सरकार दोषी रहेको दाबी गरेका छन। “पहाडमा दागोपाप गठन भए पछि नै राज्य सरकार आफ्नो दायित्वदेखि बारम्बार भाग्ने कार्य गरिरहेको छ। राज्य सरकारले राज्यभरी शिक्षक नियुक्तिको निम्ति स्कूल सर्भिस कमिसन गठन गर्दा दागोपापमा पनि यसको लागु गरियो। तर दुर्भाग्य भने यहाँ शिक्षक नियुक्तिको निम्ति एसएससीले परिक्षा गरेर पनि नियुक्ति भने गरेन। गोरामुमो पार्टीले राजनैतिक स्वार्थ पूर्तिको निम्ति शिक्षकहरुको नियुक्ति गर्ने कार्य नगर्दा पहाडको शैक्षिक स्तर डामाडोल बन्दै गएको हो। यसमा राज्य सरकारले आफ्नो दायित्व सम्झेर शिक्षक नियुक्ति गर्नुपर्ने थियो तर राज्य सरकार आफ्नो दायित्वबाट भगेको कारण त्यसो हुन सकेन” – जे बी राईले स्पष्ट भने। तिनले यसको निम्ति राज्य सरकार दोषी रहेको ठहर गर्दै दागोपाप अनि गोरामुमोइ पार्टी पनि उत्तिकै दोषी हुन भने। सोहि क्रममा क्रामाकपा उपाध्यक्ष राईले अहिले घरी पहाडमा नयाँ व्यवस्थाको रुपमा सञ्चालन भएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा रिजनल एसएससी गठन हुने बताए पनि उक्त रिजनल एसएससीले समस्या समाधान गर्छ भन्ने कुरामा बिश्वस्त हुन नसक्ने बताए। राज्य सरकारले जीटीएमा रिजनल एसएससी गठन गर्ने कुरा गरे पनि अहिलेसम्म यहाँ बिभागहरुनै अपुरा हस्तान्तरण गरेर जीटीएलाई सम्पूर्ण क्षमता प्रदान गरेको छैन भन्ने दाबी गर्दै जीटीएको नाममा शुरु भएको नयाँ व्यवस्थाले रिजनल एसएससीलाई लिएर कुनै योजना नबनाएको आरोप लगाए। यसै सन्दर्भमा बोल्दै तिनले यदि रिजनल एसएससी जीटीएलाई दिएको खण्डमा पनि पुरानै दागोपापमा भएको एसएससी जस्तैउ हुन सक्ने तिनले आशंका व्यक्त गरे। “पहाडमा अधिकांश प्राथमिक पाठशालाहरु दिन दिनै शिक्षक बिहिन बन्दै गईरहेको छ। यदि बुनियादी शिक्षा कुनै पनि जातिको बिकाशको निम्ति मेरुदण्ड हो भने यहाँ पहाडवासीलाई बुनियादी शिक्षाबाट नै बञ्चित राखेर राज्य सरकारले पहाडवासीको भविष्यसंग खेलबाड गरिरहेको छ” – राईले भने। तिनले अहिले पहाडमा गोजमुमोले आफुहरुले छुट्टै राज्यको मागलाई छोडेको छैनौ भन्ने दाबी गर्दै आन्दोलनरत छौ भनिरहेको भए पनि राज्यसरकारले पहाडवासीलाई हरेक क्षेत्रमा बञ्चित राख्ने कार्य गर्दा पनि बिरोध गर्नुको साटो राज्यसरकारकै गुनगान गाउँने कार्य गरिरहेको पनि क्रामाकपा उपाध्यक्ष राईले आरोप लगाएका छन। जीटीएको मार्फप पहाडवासीले केही मात्रमा पैसा र सहुलियत पाउँन सके पनि सम्पूर्ण पहाडवासीको समस्याको समाधान भने हुन नसक्ने पनि राईले दाबे गरे।

दार्जीलिङ पहाडको तीनवटा महकुमा क्रमैले दार्जीलिङ, कालेबुङ अनि खरसाङलाई छोडेर सिलगडीसम्म पश्चिम बङ्गाल सरकारको शिक्षा बिभागले प्राथमिक शिक्षक नियुक्ति गर्ने अधिसुचना जारी गरे पछि पहाडका शिक्षित बेरोजगारहरु पुन: एकचोटी रोजगारको अवसरबाट बञ्चित

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.