अब मन्सोंग युनाइटेडले खेल्नेछ मंग्पूमा भलिबल सेमिफाइनल

मंग्पू | केशर मोक्तान: फिलिंगघारी स्व निर्भर समुह सिम्ले, मंग्पू विभाग द्वारा आयोजित हाते भकुण्डो खेल प्रतियोगिताको आज खेलिएको क्वाटर फाइनल खेलमा आर० बी० सी० बिचकमान मंग्पूलाई पराजित गरेर सेमिफानलमा प्रवेश गर्यो भने आज खेलिएको अर्को खेलमा एस० वाई० एस० मंग्पूले एन० पी० एस० सिम्लेलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गर्यो | अघि बाटै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको बी० वाई० सी०(ए ) रेसेपको भिडान्त मन्सोंग युनाइटेड संग हुनेछ भने एस० वाई० एस० को भिडान्त रेषेप बी० वाई० सी० (बी ओ ) संग हुनेछ | जम्मा २५ वटा दलहरुले अंश ग्रहण गरेको यस खेल प्रतियोगिताको आज भएको क्वाटर फाइनलको दुइवटै म्याच खुबै रोमान्चक एवं कडा प्रतिद्वन्दिताको साथ सम्पन्न भए पनि अन्तमा मन्सोंग युनाइटेड अनि एस० वाई० एस०ले सेमी फाइनलको टिकट काट्न सफल बने | भोलि हुने प्रथम सेमी फाइनल खेल एस० वाई० एस० मंग्पू विभाग बनाम बी० वाई० सी० (ए) माझ हुनेछ भने दोश्रो सेमी फाइनल खेल ९.११.२०१२ को दिन मन्सोंग युनाइटेड बनाम बी० वाई० सी०(बी) रेसेप माझ सम्पन्न हुनेछ | आगमी ११ नोभेम्बर को दिन हुने फाइनलमा विजय अनि पराजय दलहरुलाई नगद राशी संगै आकर्षक ट्रफी प्रदान पनि गरिनेछ भन्ने जानकारी समितिको पक्षमा नयन  गुरुङले एक प्रेश विज्ञप्ति मार्फत दिएका छन् | 

फिलिंगघारी स्व निर्भर समुह सिम्ले, मंग्पू विभाग द्वारा आयोजित हाते भकुण्डो खेल प्रतियोगिताको आज खेलिएको क्वाटर फाइनल खेलमा आर० बी० सी० बिचकमान मंग्पूलाई पराजित गरेर

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.