मंग्पू | केशर मोक्तान: बिगत वर्ष झैँ यस वर्ष पनि रम्बी बजारमा खुल्ला नृत्य प्रतियोगिता "खोज प्रतिभाको" ("Khoj Pratibha ko " Dance Competition at Rambi Bazar)कार्यक्रम सम्पन्न हुने भएको छ | रम्बी युनाइटेड माइनोरीटी स्पोर्ट्स वेलफेयर एकाडेमीको तत्वधानमा खुल्ला नृत्य प्रतियोगिताको पहिलो राउण्ड अडिसन ७ फरवरीमा हुनेछ भने फाइनल राउण्ड १४ फरवरीको दिन स्थानीय रम्बी सार्वजनिक भवनमा हुने भएको छ | उक्त नृत्य प्रतियोगिताको फर्म आगमी १२ जनवरी देखि लिएर ६ फरवरीसम्म एकाडेमीका सभापति मनजीत दर्नाल द्वारा रम्बी बजारमा वितरण गरिनेछ | प्रतियोगितामा सोलो डान्स, कमेडी साथै हिन्दी, नेपाली गीतका डान्सहरुलाई मान्यता दिइनेछ | फाइनल राउण्डका विजय प्रतियोगीलाई २०,००० रुपियाँ नगद राशी, ट्रफी साथै प्रमाण पत्र वितरण गर्ने भएको छ भने प्रतियोगिता भरिमा सर्वश्रेष्ठ नृत्यकारलाई नगद राशी सहित ट्रफी अनि प्रमाण पत्र दिइने भएको छ | स्थानीय नृत्यकारहरुलाई आफ्नो कला प्रदर्शन गराउन र हौसला दिने उदेश रहेको आयोजक पक्षका सभापति मनजीत दर्नाल बताउँछन् | यस प्रतियोगितामा सम्पूर्ण नृत्यकारहरुलाई हार्दिक स्वागत जनाउदछ |

Post a Comment
We love to hear from you! What's on your mind?