कृषि मेलामा सिन्कोनाबाट औषधीय पौधा अनि पुष्प प्रदर्शन गरिने

मंग्पू | केशर मोक्तान: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा सम्पन्न भइरहेको कृषि मेलामा सिन्कोना विभागले औषधीय   पौदाहरु तथा पुष्प प्रदर्शन गर्ने भएको छ | जामुने, दल गाउँ र जोगिघाट कृषि मेलामा सिन्कोना विभागबाट सिन्कोना, एपिकेक, रबर, सुन्तला, चिरौतो, सिम्पोडीयम अर्किड लगायत अन्य औषधिमूलक पौधाहरु प्रदर्शन गरिने जानकारी बगान निर्देशक डा० जी० सी० सुबाले दिएका छन् | 
आगमी १४ जनवरी देखि १९ जनवरी सम्म सम्पन्न हुने जोगीघाट कृषि मेलामा निर्देशक सुबा पनि उपस्थित रहने बताएका छन् | यदी मेला अवधिमा सिन्कोना तथा अन्य औषधि पौधाहरु सम्बन्धि कोही पनि इच्छुक व्यक्तिहरुले प्रशिक्षण लिन चाहे बगान व्यवस्थापनले उनीहरुलाई सहयोग गर्ने निर्देशकले बताएका छन् | कृषकहरु संग सम्बन्धित कृषि मेला रहेको हुँदा कृषकहरुले चासो दिएर मेलाको फाइदा लिन पर्ने तिनले बताएका छन् भने जोगीघाट, जामुने अनि दल गाउँका कृषि मेलाहरुमा सिन्कोना बाहेक स्पेनबाट ल्याएर बगानमा लगाईएको खोर्सानी तथा बहिरा देशबाट ल्याईएको अन्य औषधीय पौधाहरु पनि प्रदर्शनीमा राखिने भएको छ |

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा सम्पन्न भइरहेको कृषि मेलामा सिन्कोना विभागले औषधिय पौदाहरु तथा पुष्प प्रदर्शन गर्ने भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.