मङपुमा सोनाम ल्होछार पालन

मङपु१४जनवरी(निस): मङपू वरिपरिका  तामांग  सन्तानले हर्सोल्लासको साथ सोनाम लोछार पालन गरे | बौद्ध संस्कृति एवं तामांग सम्प्रदायमा ११ फरवरी देखि (ल्हो छार)अर्थात् नयाँ वर्षा शुरु भएको छ | यस बर्ष डुलल्हो अर्थात(नागबर्ग/साँप बर्ष) शुरु भएको छ | यस ल्होछार सँगै २८४९ सम्बत शुरु भएको छ | सोनाम ल्होछारमा तामांग जातिले नयाँ वर्ष संगै ५ दिन सम्म दशैँको रुपमा पनि पालन गर्दै आईरहेका छन् | ५ दिन सम्म तामांग सन्तानहरु एक अर्काको घरमा गई ठुला बडाको हातबाट कोकोम्हेन्दोको टिका लगाई  आशीर्वाद थाप्ने चलन छ | मङपुको बिभिन्न सार्बजनिक बौद्ध गुम्बामा हर्षौल्लासकको साथ ल्होछार पर्व पालन गरिएको समाचार छ | नयाँ पिडीलाई आफ्नो रिति रिवाज,धर्म, रिमठिम,भाषा,साहित्य,संस्कृति,संस्कार आदि बारे जानकारी गराउने उदेश्यले पनि सोनाम ल्होछार भब्यताको साथ पालन गरिएको जानकारी मङपु अखिल भारतीय तामांग बौद्द संघ अन्चालिक कमिटिका  सहसचिव प्रकाश मोक्तानले दिएका छन् | अखिल भारतीय तामांग बौध संघ रंग्बी बीचकमान शाखाले पनि दिनछेन थक्रालिंग सार्वजनिक बौद्द गुम्बा अनि झोकछेन कुन्चुक सार्वजनिक बौद्ध गुम्बामा हर्शौल्लासको साथमा सोनाम ल्होछार बिधिवत रुपमा पालन गरिएको जान्नमा आएको छ | यसतै गरि लाब्दा दोङ्गा छोयलिंग सार्वजनिक बौद्द गुम्बामा पनि सोनाम ल्होचारको पर्बमा पूजा अर्चना गरियो | मङपु स्थित नालीडाड़ा दिन्छेन शेरप छोइलिंग गुम्बामा पनि लामाहरु द्वारा पूजा अर्चना सहित  ग्याल्बो लोसार पालन गरिएको समाचार छ |

मङपू वरिपरिका तामांग सन्तानले हर्सोल्लासको साथ सोनाम लोछार पालन गरे | बौद्ध संस्कृति एवं तामांग सम्प्रदायमा ११ फरवरी देखि (ल्हो छार)अर्थात् नयाँ वर्षा शुरु भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.