२७ फरवरी २०१३को दिन साहित्यकार उदय थुलुङलाई अभ्यर्थना जनाइने

Uday Thulung
मङपु२२फरवरी(केशर मोक्तान): मङपुका प्रतिष्ठित युवा कवि एवं कथाकार उदय थुलुङ आफ्नो कथासंग्रह एकान्तबासको निम्ति साहित्य अकादमी पुरुस्कार २०१२ले सम्मानित भईसकेका छन् |  भारतेली २४ भाषाका साहित्यकारहरु बीच साहित्यकार थुलुङलाई १९ फरवरीको दिन नयाँ दिल्लीमा साहित्य अध्यक्ष विश्वनाथप्रसाद तिवारीको बाहुलीबाट २०१२को साहित्य अकादमी पुरुस्कार प्रधान गरियो | यसै प्रसंगमा मङपु अभ्यर्थना समितिले मङपुको साहित्यकार उदय थुलुङलाई आगामी २७ फरवरी २०१३को दिन स्थानीय रवीन्दभवनमा दिउसो १ बजे देखि एक अभ्यर्थना कार्यक्रमको आयोजना गरेर सम्मान जनाइने जानकारी आयोजक समितिको पक्षमा साहित्यकार सुरेन्द्र थिंङले दिएका छन् | उक्त कार्यक्रमको सभापति अगावै साहित्य अकादमी पुरुस्कारले सम्मानित मङपुका बरिष्ट साहित्यकार मोहन ठकुरी रहने छन् भने प्रमुख अथितिको रुपमा जी.टी.ए. बन बिभागक कार्यकारिणी सभासद रतन थापा उपस्थित रहने भएको छ | त्यस समारोहमा कथाकार उदय थुलुङको कथा एकान्तबास माथि बरिष्ठ कबि मनप्रसाद सुब्बाले बक्तब्य राख्नेछन् भने कार्यक्रममा मङपु कै नारी हस्ताक्षर एवं कवयित्री रेमिका थापाले पनि सहभागिता जनाउनेछिन | उक्त कार्यक्रममा मङपु देखि बाहिरका बरिष्ठ साहित्यकारवर्गको पनि बिशेष उपस्थिति रहने भएको छ भने कार्यक्रममा कालिम्पोङ अनि सिलिगुडीका सागीतिक टोलीले गीत तथा लोकनृत्य प्रस्तुत गर्ने भएको छ | कथाकार उदय थुलुङलाई राष्ट्रिय अकादमी पुरुस्कार प्राप्त भएकोमा समग्र मङपुबासीमा हर्षको लहर छाएको छ अनि उदय थुलुङले राष्ट्रिय साहित्य अकादमी  पुरुस्कार प्राप्त गरेर मङपुको साहित्यिक गरिमालाई सदैव उच्च स्थानमा राख्न सफल भएकोमा स्थानीय साहित्य अग्रजगणले उनलाई धेरै बधाई दिएका छन्/यस अभ्यर्थना समारोहामा आयोजक समिति सबैलाई हार्दिक स्वागत गर्दछ | 

मङपुका प्रतिष्ठित युवा कवि एवं कथाकार उदय थुलुङले आफ्नो कथासंग्रह एकान्तबासको निम्ति साहित्य अकादमी पुरुस्कार २०१२ले सम्मानित भईसकेका छन्/

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.