मङपु२४फरवरी(केशर मोक्तान): आज भारत देश भरि नै ० देखि ०५ बर्ष सम्म पुगेका नानीहरुलाई पोलियो मुक्त बनाउनको निम्ति पोलियो को दुई थोपा खुराक खुवाईयो | यसरी तक्दा स्वास्थ्य खण्ड अन्तरगत मङपुको ९ वटा सेन्टरहरुमा पनि पाँच बर्ष सम्म पुगेका नानीहरुलाई पोलियोको खुराक खुवाईयो | तक्दा स्वास्थ्य खण्डका सुपरभाईजर भिम कुमार तामांग,नैनाकला राई,अनि याङछेन डोलकर अगुवाइमा मङपुको ९ वाट सेन्टरहरुमा जम्मा ८७० जना नानीहरुलाई पोलियो खुराक खुवाईयो | जसमा स्वास्थ्य कर्मी लगायत आई.सी.डी.एस.का सुपरभाइजर अनि कर्मीहरुले पनि सहयोग पुराएको जान्नमा आएको छ | छोड़िएका नानीहरुलाई भोलि देखि घर घरमा गएर स्वास्थ्य कर्मीहरुले पोलियोको खुराक खुवाइने जानकारी सुपरभाइजर भीमकुमार तामांगले दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?