मङपू०२फरवरी(केशर
मोक्तान): तीस हजार भन्दा अधिक
जनसंख्या भएको ठाउँ मङपूमा
आज सम्म कुनै पनि बैंकको ए.टी.एम
नभएको कारण यहाँको स्थानीय
जनता ३२ कि .मि. टाड़ा दार्जीलिंग
गएर पैसा रूपिया निकाल्न बाद्य
भइरहेका छन् | अहिलेको इटरनेट
युगमा पनि यस क्षेत्रमा एउटा
सम्म पनि ए.टी.एम. केन्द्र नहुनु
दुखको बिषय बनेको छ | हालमा सिन्कोना
बगान कर्मचारीवर्गको मासिक
वेतन पनि ब्यांकबाट नै प्राप्त
गर्नु पर्ने भएको कारण मानिसहरु
८० रूपिया गाड़ी भाड़ा तिरेर
दार्जीलिंग ए.टी.एम. बाट आफ्नो
मासिक वेतन निकाल्न बाध्य भईरहेका
छन् | त्यती मात्र नभएर यहाँका
ब्यापारीवर्गलाई पनि यस क्षेत्रमा
एउटा भारतीय स्टेट बैंक साथै
ए टी एम केन्द्र नभएको कारण धेरै नै असुबिधा
झेल्न परिरहेको गुनासो छ | मङपूमा
पहाड़को दोस्रो बृहत सिन्कोना उद्योग,नजिकैमा एन.एच.पी.सी. कार्यलय साथै थुप्रै व्यवसाही
केन्द्र रहेको कारण पनि यहाँ
एउटा ए.टी.एम.को आवश्यकता रहेको देखिन्छ | यस
क्षेत्रमा ए.टी.एम. नभएको कारण
स्थानीय कृषक दाजुभाई ,सिन्कोना
श्रमिक कर्मचारी,साथै स्थानीय
नागरीकले धेरै नै समस्या भोग्न
परिरहेको गुनासो छ | यसर्थ सम्बन्धित
विभाग साथै कुनै पनि निजी बैंककिंगले
मङपूको जनताको समस्यालाई मध्यनजर
राखेर यस क्षेत्रमा एउटा ए.टी.एम
केन्द्र राखी दिए असल हुनेथियो | यस
बिषयमा सम्बन्धित विभागीय अधिकारी,सिन्कोना
बगान अधिकारी साथै स्थानीय
राजनैतिक नेतागणले पनि झट्टै
पहल गरिदिएर समस्याको समाधान गरे
असल हुनेथियो भनि स्थानीय जनताको
भनाइ छ |
Post a Comment
We love to hear from you! What's on your mind?