माउन्टेनर एस्सोसियसन अफ कृष्णनगर नदियाका एडभेन्चर ग्रुपले १२ मई मङपुमा निशुल्क चिकित्सा जाँच शिवीर गर्ने

माउन्टेनर एस्सोसियसन अफ कृष्णनगर नदियाबाट आएका एडभेन्चर ग्रुपले मङपु रबीन्द्र भवनमा आगामी १२ मई आइतबारको दिन निशुल्क स्वास्थ्य जाच शिबिर राखिएको छ | उक्त निशुल्क स्वास्थ्य जाच शिबिरमा यस क्षेत्र वरिपरिका सम्पूर्ण बिरामीहरुले सबै प्रकारको बिमार जाच गर्न सक्ने छन् | उनीहरुले त्यस दिन बिरामीहरुलाई निशुल्क रुपमा औषधी पनि वितरण गर्ने भएको छ | त्यस निशुल्क स्वास्थ्य जाच शिबिरमा स्त्री विशेसज्ञ  डा.पी.दास महापात्र अनि कोलकत्ता,सिलगढी अनि दार्जीलिंगबाट पनि फिजिसियन साथै  ई.एन.टी. डक्टरहरुको पनि उपस्थिति रहने आयोजक पक्षले जानकारी दिएका छन | त्यस निशुल्क चिकित्स जाच शिबिरमा जी.टी.ए.बन विभागका कार्यकारिणी सभासद रतन थापा पनि उपस्थित रहने भएको छ | बिशेष उक्त माउन्टेनर एस्सोसियसन अफ कृष्णनगर समुह ११ औ नेचर स्टडी समर क्याम्प २०१३को निम्ति  मङपुमा आएका हुन् र यसै अवसरमा उक्त निशुल्क जाच शिबिरको पनि प्रबन्द गरिएको छ उक्त टोलीमा ३५जना विद्याथीहरु अनि ५ जना ग्रुप लीडर रहेका छन भने उनीहरुले कालेबुङ अनि दलगाउँ क्षेत्रहरुमा परिभ्रमण गरिसकेको बताउदै भोली मङपुको जोगीघट,अर्किड नर्सरी अनि सीरेल बंगलो भ्रमण गर्ने बताएका छन् | माउन्टेनर एस्सोसियसन अफ कृष्णनगर टोलीले माउन्ट एवेरेस्ट,कन्चनजंगा  अनि माउन्टआनापूर्णमा पनि पर्वतारोहण गरिसकेका छन | मङपु भ्रमण आएको ती टोलीले यस क्षेत्र पर्यटनको निम्ति धेरै सम्भावनाहरु रहेको बताउदै पर्यटनको निम्ति एकदम उपयुक्त ठाउँ रहेको मन्तव्य जाहेर गरे | यदपी यहाँ प्लाष्टिक प्रदुसन एकदमै ज्यादा रहेको कारण यस बिषयमा स्थानीय जनताले ध्यान दिनु पर्ने बताए | ९ मईको दिन मङपु प्रवेश गरेको ती टोली ५ दिन पछि नदिया फर्किने जानकारी प्राप्त भएको छ |

माउन्टेनर एस्सोसियसन अफ कृष्णनगर नदियाबाट आएका एडभेन्चर ग्रुपले मङपु रबीन्द्र भवनमा आगामी १२ मई आइतबारको दिन निशुल्क स्वास्थ्य जाच शिबिर राखिएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.