राष्ट्रिय
राजमार्ग ५५ को वैकल्पिक सडकको
रुपमा मानिने मङपु पी.डब्लु.डी. स्टेट हाईवे(Mungpoo.PWD state Highway)को अवस्था कतिवटा
ठाउँमा एकदमै जीर्ण भइरहेको
छ | घरि घरि परिरहने मुसुलधारे
पानीको कारण सडकको ड्रेनहरु
ठीक नभएकोले नै बाटोमा पानी
बगेर सडकको आवस्था जीर्ण भएको
यात्रीहरुको भनाइ छ | बिशेष मङपु
देखि रम्बी बजार सम्म जोड्ने
सड्कको धेरै ठाउँमा अलकत्र
उप्किएर सडक बगरमा परिणत भएको
छ | यहाँको पी.डब्लु.डी.(स्टेट
हाईवे)को निर्माण एवं मर्मत
कार्य सठीक प्रकारले नभएको
कारण नै अलकत्र उप्किएर सडक
भत्किएको चालकहरुको गुनासो
रहेको छ | कुवापानी नजिकको ड्रेनहरु
सहि तरिकाले काम नभएकोले नै
बाटोको अवस्था जीर्ण रहेको
छ साथै सडक जीर्ण भएकोले यस ठाउँमा कुनै पनि समय ठुलो दुर्घटना
हुने प्रबल सम्भावना देखा परेको
छ | यस्तै गरि डाईभर्सन रोड मङपु
चौरस्ता नजिक पनि सड्क जीर्ण
भएकोले बर्खामासमा पानी जमेर
पोखरी हुने गरेकोले वाहन हाक्न
साथै बिध्यार्थी अनि स्थानीय
जनसाधारण मानिसहरुलाई हिड्न
धेरै नै अशुबिस्ता भईरहेको
गुनासो छ | राज्यका मुख्यमन्त्री
ममता ब्यनेर्जी अनि कुनै पनि
मन्त्री अनि विभागीय अधिकारी
पहाडमा आउदा मात्र मन्त्रीहरूको
आखा छल्न ठेकदारहरुले हतार
हतार उक्त उप्किएको सडक अनि
कज्बाईहरुमा बालुवा र मिसाली
लगाएर सडक मर्मत गरेको चालकहरुको
आरोप छ | राष्ट्रिय राजमार्ग
५५ को वेकल्पिक सडकको रुपमा
मङपु पी.डब्लु.डी. (स्टेट हाईवे)लाई
मानिने भएको अनि रोहिणी मार्ग
भत्किएको समयमा पनि सिलगुडी
देखि दार्जीलिंग आवत जावत गर्ने
वाहनहरु यसै मार्ग भएर महिनौं
दिन सम्म चल्ने हुनाले यस सडकलाई
सही तरिकाले मर्मत गरिदिने
स्थानीय जनताले मांग गरेका
छन | त्यती मात्र नभएर सड्क कार्य
मर्मत भएको समयमा पी.डब्लु
विभागीय अधिकारीवर्गले पनि
सही प्रकारले निर्माण कार्यको
जाँच गरे मात्र असल दंगमा सडक
मर्मत हुने देखिन्छ |
मङपु पी.डब्लु स्टेट हाइवे बगरमा परिणत
27Jun2013
Post a Comment