गैरीबास २९जून(केशर मोक्तान): हिज स्थानीय
गैरीबास उच्चतर माध्यमिक
बिद्यालय भवनमा जनमुक्ति कर्मचारी
संगठनको सभा सिन्कोना केन्द्रीय
समिति सभापति सी.पी.शर्माको
अध्यक्षतामा सम्पन्न भयो | सभामा
ज.क.स.सिन्कोना केन्द्रीय समिति
सचिव प्रेम शेर्पाले सम्बोधन
गर्दे सिन्कोना उध्योगमा सिन्कोना(Cinchona)
कै खेती बढाएर लान पर्ने र अन्य
खेती सुन्तलाहरू(Orange Plantation) लगाएर सिन्कोना
उध्योगको विकल्प नहुने बताए | श्रमिक
कर्मचारीवर्ग सानो सानो निहु
गरेर हाम्रो संगठन देखि भंगालिएर
अन्यत्र पार्टीको संगठनमा
जाने प्रयाश गर्दैछन तर यसो
कसैले पनि गर्नु नहुने बताउदै
सबैजना श्रमिक कर्मचारीवर्ग
आफ्नो समस्या लिएर जनमुक्ति
कर्मचारी संगठन मार्फत अघि
आउने र सबैको समस्य आपस्तमा
मिलेर समाधान गर्ने अनि यस्तो
सुन्दर संगठनलाई छोडेर आफ्नै
भविश्य अन्धकारमय नबनाउने
सुझाव राख्दै सचिव शेर्पाले
पहिला पहिला पनि हाम्रो मान्छेले
बंगालको शासक दलहरुलाई सहयोग
नापुराएको होइन तर खोइ त्यती
बेला हाम्रो यो सिन्कोना उद्योगको
उन्नति भएको भनि प्रश्न राखे | संगठन
मार्फत यस्तो सभा अब चाड़ै सिन्कोना
बगानको सबै युनिट युनिटमा हुने
उनले बताए | सभालाई सम्बोधन गर्दे
अर्का बक्ता जनमुक्ति कर्मचारी
संगठनकै सदश्य कृष्ण कुमार
थापाले आफ्नो नाम तृणमुल पार्टको
सल्हाकारमा लगाएकोमा यो सरासर
गलत हो भन्दै मलाई थाहा नभई
मेरो नाम समाचार पत्रमा दिएकोमा
म घोर बिरोध जनाउदछु भनि सभामा
लिखित रुपमा दिए | असिम शर्मा
र शेखर छेत्रीले संचालन गरेको
सभामा लाटपन्चर सिन्कोना युनिट
सचिव सन्तकुमार राई,मन्सोंग
युनिट सभापति एस.टी.शेर्पा,रोंगो
युनिट सचिव विजय राईले सभालाई
सम्बोधन गर्दे सिन्कोना कर्मचारीवर्गले
कार्य संस्कृतिलाई अझै ध्यान
दिएर बगानलाई सुद्रिड बनाउने
अपिले गरे | बक्ताहरुले २००७
साल अघि सिन्कोना बगानको अवस्था
रुघ्न थियो भने २००७ साल देखि
यता गोजामुमो स्थापना काल देखि
सिन्कोना उद्योगमा धेरै उन्नति भएर गएको र बदली काम अनि
पदोन्नती लगायत कर्मचारिवर्ग
अन्य सहुलियतहरु पनि दार्जीलिंग
तराई डुवार्स प्लान्टेसन र
जनमुक्ति कर्मचारी संगठनले
पुरा गरिदिएका बताए | संगठन गैरीबास
शाखा सचिव प्रसाद रहेंपलीले
स्वागत सम्भासण राखेको सभामा
दा.ता.डु.पला.ले.यू. रोंगो साखा
सचिव सन्तोष खवास अनि गोजामुमो
४५ नम्बर समष्टि सयोजक बिराट
गुरुङले पनि सभामा सम्बोधन
गरे भन्ने जानकारी जकस सिन्कोना
केन्द्रीय समिति सहसचिव बिष्णु
खरेलले प्रेस विज्ञप्ति मार्फत
जानकारी दिएका छन |
सुन्तला बगान सिन्कोना उध्योगको विकल्प हुन नसक्ने
29Jun2013
Post a Comment